ताप्लेजुङ/ फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट दुई लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । एक्लै बस्दै आउनुआएका लिम्बूको आगलागीबाट ८० हजार रुपैयाँ, ३० हजार रुपैयाँ बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करीब रुपैया एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने
बिर्तामोड / क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गरेका छन् ।हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५० कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं– ८ मा साढे चार दशकअघि बनेको कारागारमा हाल एक हजार १ सय ८४ जना कैदीबन्दी छन् । तीमध्ये एक हजार एक सय १६ जना पुरु
कर्णाली/ दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्र र वादी सङ्घर्ष समितिका तर्फबाट हिक्मत वादीले हस्ताक्षर गर्नुभएको छ ।सहमतिअनुसार प्रदेश सरकारको कार्यक्षेत्र नभएको हुँदा जमिन उपलब्ध गराइदिन प्रदेश सरकार, मन्त्रिपरिषद्बाट निर्णय
पोखरा/ “हामी र हाम्रो शान, वेगनास ताल हाम्रो आँगन” भन्ने नाराका साथ हाम्रो वेगनास ताल, राम्रो बेगनासताल प्रवद्र्धन अभियान समूह गठन भएको छ । तालैतालको शहर पोखराको लेखनाथमा रहेको वेगनासको सौन्दर्यमा थप निखार ल्याएर प्रवद्र्धन गर्ने उद्देश्यसहित अभियान समूह गठन भएको हो । तालको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनका लागि विभिन्न उमेर समूहका क्रियाशील व्यक्तिको भेलाले नवराज ओझाका संयोजकत्वमा प्रवद्र्धन तदर्थ समिति गठन गरेको हो । अभियानको तदर्थ समितिका सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जारा, केशव आचार्य, विनोद थापा, गोविन्द जलहारी, हरिबहादुर थापा, सुरेन्द्र
सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ –४ स्थित पुर्ब–पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
उदयपुर । प्रहरीले बुधबार दिउसो उदयपुरबाट २ जना र मोरङबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा –३ भुल्केका ३७ बर्षीय सहिद मियाँ, उदयपुर बेल –७ का ४० बर्षीय हस्त बहादुर राई र मोरङको लेटाङ– ५ का २४ बर्षीय प्रदिप राईलाई रहेका छन् । हिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।त्यस्तै मोरङको लेटाङ
महेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुखेसो पोखेका छन् ।बन्दाबन्दीमा गाउँमा ज्याला मजदूरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मानसिंहले आफूहरु पनि जागिर खान ईच्छुक रहेको जानकारी दिए ।‘गाउँमा ज्यालादारी पनि गर्न नसकिएपछि केही दिन जङ्गलको कन्दमूलको भरमा बाच्यौँ’, उनले भने, ‘लोपोन्मुख भन्ने तर राहत भने सरकारले दिएन् ।’ उनले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने मनसायमा
झापा / यसपटक मकैखेती गर्ने बेलामा वर्षा नहुँदा समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो हप्तादेखि मकैखेती शुरु गर्ने भए पनि अहिलेसम्म एक पटक पनि वर्षा नहुँदा खडेरी बढ्दै गएकाले मकैखेतीमा समस्या आएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् । अहिले मकैखेती गर्ने समय शुरु भए पनि एकपटक पनि वर्षा नभएपछि खेतीमा समस्या आउन थालेको गुनासो गर्दै आठराई गाउँपालिका–३ हवाकुका चन्द्र तामाङ भन्छन्, “फागुनको पहिलो हप्ताबाट नै खेतबारी जोत्ने काम सकियो, अब मकै
काठमाडौँ । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड, डेरी उद्योग सङ्घ, कृषि बीउ तथा तरकारी समूह नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मौरीपालक महासङ्घ, नेपाल कुखुरापालक सङ्घ, चितवन केरा उत्पादक सङ्घ र राष्ट्रिय कृषक समूह महासङ्घका पदाधिकारी सम्मिलित समितिका प्रतिनिधिले आज सभापति
दाङ / स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ । दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो । संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न लालमटिया र सिसहनिया स्वास्थ्य चौकीबाट उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए । राप्ती गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसूति भएको समयमा उपाध्यक्ष कोसेली दिइने भएको उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले जानकारी दिन् । उपाध्यक्ष चौधरीले सुत्केरीलाई कोसेलीस्वरुप आवश्यक सामग्री प्रदान गरी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.