बिर्तामोड । एक युवकलाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । विराटनगर –१८ का २३ वर्षीय सुभाष कामतलाई शुक्रबार बन्धक बनाएका थिए । बन्धक बनाएर राखेपछि ती तीन व्यत्तिले सुभाषको फिरौतीका लागि १० लाख रुपैया सुभाषको परिवारलाई मागेका जिल्ला प्रहरी कार्यलय मोरङले बताएको छ । पक्राउ पर्नेमा विराटनगर –१६ दरैया का २० वर्षीय रोहित पण्डित, विराटनगर –१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर –६ की २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।बन्धक बनाइएका सुभाषलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
काठमाडौं । नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिएका हुन् ।धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु समेत सहभागी भएका छन् । ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड धर्नामा बसेकाहरुले बोकेका थिए ।बालाजु बाइपास सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत उनीहरुको माग छ । स्थानीयलाई उठिबास लगा
बिर्तामोड। बेतडी जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ जना कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए । “कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”,। उनले भने, “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।” कारागारमा अहिले ३२ कैदी र ४१ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ । “दश जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बस
बिर्तामोड । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माणका लागि शनिबारबाट अनलाइनमार्फत् दान संकलन सुरु भएको छ । यसअघि उक्त बाटिका निर्माणका लागि लुम्बिनीमा मुठ्ठीदान अभियानको सार्कका महासचिव दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गरेका थिए ।विश्वभरका आमसमुदायको सहभागिता रहने गरी बौद्धमार्गी र अनुयायीहरुलाई मुठ्ठीदान गर्न सहज होस् भनेर अनलाइन सेवा सुरु गरिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक स्याल्पा तेन्जिङ रिम्पुचेले बताए ।उनले भने, ‘नेपालभर इ–सेवा र बाह्य मुलुकबाट पे–पल एपमार्फत
बिर्तामोड । राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन संघको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।उनले भने, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी तीव्ररूपमा भइरहेको छ, महाधिवेशनमा साङ्गठनिक छलफल, पत्रकारिता र समावेशितालगायत विषयमा छलफल गर्नुका साथै नयाँ नेतृत्व चयन हुनेछ ।” संघमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन् ।संघका हालसम्म ६० जिल्ला शाखा छन् भन
बिर्तामोड। पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा बदली र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाकी मौसमविद् सजिना शाक्यले आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली र बागमती तथा गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने बताइन् ।यस्तै, प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ ।
तेह्रथुम । फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ । विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताए । आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट हुँदा रु एक करोड
बिर्तामोड/ झापाको मेचीनगर नगरपालिका –८ मा बसोबास गदै आएका ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । फागुन १४ गते दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका–८ बाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान –१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –११ हडिया खोलास्थितमा २०७७ फागुन १४ गते
बिर्तामोड / भद्रपुर भन्सार कार्यालयमा मिलेमतोमा भएको कर छली प्रकरणका विषयमा भन्सार विभागले पनि छानबिन सुरु गरेको छ । विभागको बबरमहल स्थित केन्द्रिय कार्यालयले भद्रपुर कार्यालयसँग सो विषयमा लिखीत रुपमा जानकारी मागेको हो । गत सोमवार महाबीर ट्रेडर्सका नाममा आएका मोवाईल सामाग्रीमा मिलेमतोमा कर छली भएको विषय सतहमा आएपछि आन्तरीक छानविन सुरु गरेको विभागका एक अधिकारीले जानकारी गराएका छन् । कर छलीको यो प्रकरणलाई गोप्य राखेर झापाकै केहि ठुला व्यवसायी र स्थानिय नेताको पहलमा मिलाउन कोशिस गरिएको भएपनि गुप्तचर खबरले निरन्तर समाचार प्रकाशन र प्रशारण गरेपछि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले समेत छानविन
बिर्तामोड/ नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । पौडेलका भने ¬ कार्डको खरीद गर्न लागेको कम्पनीले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.