समाज

    Showing 11,081-11,090 of 11,095 items.
  • ‘संगठन सुदृढिकरण तथानिर्वाचन परिचालन कमिटी’ गठन

    बिर्तामोड । प्रेस संगठन झापाको बिस्तारीत बैठकले संगठनका केन्द्रिय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय ‘संगठन सुदृढिकरण तथानिर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।आज काँकडभिट्टामा बसेको बैठकले गठन गरेको समितिले झापामासंगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय,उम्मेद्वार चयन र सिफारीस गर्ने बताइएको छ । संगठनका झापा अध्यक्ष मुक्ति पौडेलकोअध्यक्षतामा भएको बैठकद्वारा गठित सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा,भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारीलाई सदस्यमा चयन गरेको छ । भेलाले बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तक्

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 155 पटक पढिएको
  • भागरथी हत्या प्रकरणः हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग

    काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छन् ।उनले आज एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानव जातिलाई नै स्तब्ध बनाएको भन्दै हत्यारालाई तत्काल पक्राउ गर्न आग्रह गरेकी हुन् । देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।उनले यस घटनाका बारेमा आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारव

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 117 पटक पढिएको
  • इटहरीका एक दर्जन मेनपावरमा छापा, दुई मेनपावर बन्द

    बिर्तामोड / वैदेशिक रोजगार विभागले इटहरीमा सञ्चालित एक दर्जन मेनपावर कम्पनीमा शुक्रबार छापा मारेको छ । यसक्रममा दुईवटा मेनपावर कम्पनी बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको हो । विभागका अनुसार इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा शिलबन्दी तथा शाखा बन्द गरिएको छ ।विभागका महानिर्देशक कुमार दाहालका अनुसार एचआर मेनपावर कम्पनीको शाखा बन्द गरिएको छ भने मेमेरियल कम्पनीमा शिलबन्दी गरिएको छ । ती दुबै मेनपावर कम्पनीबाट विभागले हालसम्म प्रयोग गरिएका काजगात, कामदारहरूको सूचीलगायतका

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 148 पटक पढिएको
  • सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार

    बिर्तामोड /  सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ ।सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो । निर्देशिकाको मस्यौदासमेत तयार भएको छ । सरकारले निर्देशिकालाई मन्त्रिपरिषद्बाट पारित गरेर चाँडो कार्यान्वयनमा ल्याउने तयारी गरिएको जनाएको छ ।सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिनै फेसबुक, युट्युब अनलाइनजस्ता माध्यमबाट सार्वजनिक गर्ने क्रम रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धि निर्

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 113 पटक पढिएको
  • महिलाहिंसाविरुद्ध प्रतिकात्मक शवसहित महिलाहरुको मार्चपास

    काठमाडौं । प्रतिगमन तथा महिला हिंसा र विभेदविरूद्ध महिलाले काठमाडौंमा मार्चपास गरेका छन् । उनीहरुले प्रतिकात्मक शवसहित मार्च पास गरेका हुन् ।कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका थिए । प्रतिकात्मक शव र मलामीसहित बसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेपछि सभामा परिणत भएको थियो ।बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको र सरकारले यसैबेला तानाशाह प्रवृति देखाइरहेको भन्दै महिलाहरु त्यसको विरोधमा सिंहदरबारमा मार्च पास गरेका हुन् । यो मार्च पासको अगुवाइ ‘बृहत नागरिक आन्दोलन’ले गरेको छ ।

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 169 पटक पढिएको
  • पाँच वर्षमा ८ हजार बढी बलात्कारका घटना

    बिर्तामोड / नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।  प्रहरीको तथ्याङ्कले विगत पाँच आर्थिक वर्ष भित्रमा नेपालमा ८ हजार भन्दा बढी बलात्कार र ३ हजार १ सय भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखिएको छ । यस  अवधिमा झन्डै ६० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएको प्रहरीको तथ्यांकमा छ ।  बलात्कार र हिंसाका घटनाहरूको चाङ्ग लागिरहँदा प्रहरी प्रशासन कानुन बमोजिम अनुसन्धान गरी दोषीलाई कारबाही भइरहेको तर ‘उत्तेजना

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 151 पटक पढिएको
  • हेटौंडामा आजदेखि राष्ट्रिय छोरी सम्मेलन

    मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी छोरी सम्मेलन हुने भएको छ ।मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिए।सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 152 पटक पढिएको
  • उधारोमा बन्दै रङ्गशाला

    चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म ९ करोड २५ लाख रुपैयाँ उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म  ४१ करोड ८८ लाख ४ हजार ९ सय ३६ रुपैयाँ खर्च भइसकेको छ ।  सोमबारसम्म प्राप्त बिलअनुसार  ९ करोड २५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 84 पटक पढिएको
  • भागीरथी हत्या प्रकरण, पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन

    काठमाडौँ/ बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए।उनले भने, “घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।” डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन्

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 195 पटक पढिएको
  • पशुपतिलाई हिन्दु विश्वविद्यालय बनाउने तयारी सुरु

    काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँ

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 249 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.