बाजुरा— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला अस्पताल बाजुरामा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताएका छन्।बाजुरा पुगेका मन्त्री शाहले जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहले जिल्ला अस्पताल शैयामा कम भए पनि प्रदेश स्तरीय अस्पताल भएको भन्दै अस्पतालमा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताए।अस्पतालबाट गुणस्तरीय र अझै प्रभावकारी सेवा प्रवाह गर्न उपकरण,जनशक्ति र बजेटको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताएका हुन्। साथै उनले राजनीतिक नियुक्ति प्रक्रिया मंसिर महिनाभित्
मकवानपुर— मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।बिरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा अचानक ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ।दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रमुख प्रहरी निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटिएको थियो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेका बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ४० वर्
सर्लाही— सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका – ७, भगवानपुर निवासी ललिता देवीका १५ महिने बालक आर्यन कुमार महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ललिताले बालटिनमा कपडा धोई सुकाउन गएको समयमा आर्यन खेल्ने क्रममा उक्त बाल्टिनमा रहेको पानीमा डुबेका थिए।बालकलाई तत्काल उपचारका लागि अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ।केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो। घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि हुँदै जाँदा उनले सूक्ष्म रुपमा तथ्यहरू जोड्दै अनुसन्धानलाई निर्णायक दिशातर्फ अघि बढाए।उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर–१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारियो
काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।यस्तै, राति भने कोशी, गण्ड
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ र
काठमाडौं— आज २०८२ साल मंसिर ६ गते शनिबार। मेषः दिन राम्रो छ । आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछन् । प्राविधिक शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा शान्ति मिल्नेछ ।वृषः दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।मिथुनः दिन सहज छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।कर्कटः अचानक धन खर
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले विजय हासिल गरेको छ । आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय खेले तर जित हासिल गर्न सकेनन् । यस्तै, कुशलले ३२ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रन बनाए । यसैगरी आकाश चन्द १ र विपिन खत्री ७
जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको दोस्रो दिन (शुक्रबार) फूलबारी लीला सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्राङ्गनमा फूलवारी लीला गरिएको छ ।त्रेता यूगमा मिथिला नरेश शिरध्वज राजर्षि जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा मर्यादा पुरुषोत्तम भगवान् राम गुरू वशिष्टसँगै जनकपुरधाम आएको बेलामा जनक दुलारी माता सीतासँग फूलवारीमा सर्वप्रथम भेट भएको सम्झनामा फूलबारी लिला गरिन्छ ।हजारौंको सख्यामा फूलवारी लीला हेर्न आएका श्रद्धालुभक्तजनहरुले सिया बोलको नारा लगाउँदा वातावरण सियामय भएको थियो ।शनिबार(भोली) विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरधामक
काठमाडौं । मन्त्रिपरिषदको बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने भएको छ । शुक्रबार बसेकोे मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता जगदिश खरेलले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको २०८२ मंसीर ५ गतेका निर्णयहरु यस प्रकार छन :१. बं
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.