समाज

    Showing 1,741-1,750 of 6,600 items.
  • ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

    काठमाडौं— जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 213 पटक पढिएको
  • आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल

    काठमाडौं – आज २०८२ साल मंसिर ४ गते बुधबारको राशिफल। मेषः दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम भने सफल बन्नेछ ।वृषः दिन राम्रो छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै रोजगारीको विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ। परिवारको साथ मिल्नेछ ।मिथुनः दिन सामान्य छ । शरीरमा थकान बढ्नेछ । शत्रु बढ्नेछन् । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।कर्कटः दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 327 पटक पढिएको
  • ४.९८ अंक घटयो नेप्से, कारोबार रकम पनि सामान्य घटयो

    काठमाडौं— बुधबार नेप्से परिसूचक ४.९८ घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से आजभने सामान्य अंकले घटेर बन्द भएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।मंगलबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा यसदिन कुल ३३८ स्टकको ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ । यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 318 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाडौं— सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दुई साता पछि दर्ता गरिरहेको छ । सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाईल  फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कात्तिक १८ गतेको

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 312 पटक पढिएको
  • हङकङमा २ जनाको ज्यान जानेगरी भएको कार्गो विमान दुर्घटनाको यस्तो आयो प्रारम्भिक रिपोर्ट

    काठमाडौं— गत महिना हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर एक कार्गो विमान दुर्घटना भयो। दुबईबाट आएको बोइङ ७४७ अवतरणका क्रममा रनवेबाट चिप्लिएर समुद्रमा खस्दा विमानस्थलका दुई कर्मचारीको ज्यान गयो। रनवेबाट चिप्लिएको विमानले एयरपोर्ट सुरक्षा गस्तीलाई ठक्कर दिँदा गाडीमा सवार कर्मचारीको मृत्यु भएको हो। विमानमा सवार यात्रुको भने सकुशल उद्धार भएको थियो।विमानस्थलको उत्तरी रनवेमा दुर्घटना भएको विमानमा चालक दलका दुई जना सदस्य थिए। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स दुई हप्तापछि समुद्रबाट निकालिएको थियो। सोही विमानको प्रारम्भिक अनुसन्धान रिपोर्ट हवाई दुर्घटना अनुसन्धान प्राधिकरण

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 267 पटक पढिएको
  • चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार निर्वाचन गराउन गठन भएको कारण करका दरहरू हेरफेर गर्दा विरोधहरू आउने भएकाले त्यसतर्फ आफ्नो ध्यान नगएको बताएका हुन् ।उनले भने,‘सकेसम्म संयमित भएर काम गर्नुपर्ने आलोचनाबाट बच्नुपनि पर्ने कानुन संवत पनि हुनुपर्ने सन्दर्भमा अहिले करको दर चलाउँदा सरकारको ध्यान निर्वाचनतिर छ । सत्ता हस्तान्तरण गर्नु

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 264 पटक पढिएको
  • गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् । बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् । उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 300 पटक पढिएको
  • सिमरामा एमाले र जेन–जी युवाबीच तीव्र झडपपछि कफ्र्यू जारी

    बारा— बाराको सिमरा क्षेत्रमा बुधबार बिहान नेकपा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच विवाद चर्किँदै झडपसम्म पुगेको घटनापछि वातावरण तनावपूर्ण बनेको छ।युवाहरूको जथाभावी भीड तथा विरोधका बीच सिमरा विमानस्थल परिसर अत्यधिक संवेदनशील बनेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रदर्शनमा सहभागी जेन–जी समूहका युवाले विमानस्थलको मुख्य गेट समेत भत्काइदिएका थिए, जसपछि सुरक्षाकर्मीको ठूलो फौज परिचालन गरिएको हो।बुधबार परवानीपुरमा आयोजित मधेश प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत सिमरा हुँदै जाँदै थिए। कार्यक्रमबारे जानकारी पाएपछि केही स्थान

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 499 पटक पढिएको
  • कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

    विराटनगर— कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त बनेको पदमा नयाँ नियुक्ति गरिएको हो। प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 217 पटक पढिएको
  • काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व

    काठमाडौं— चालु आर्थिक वर्ष (आव) २०८२/८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलन भएको थियो । यो रकम गत आवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गत आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्ष भने १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ असुली हुने प्रक्षेपण गरिएको छ ।चालु आवको यस अवधिमा आन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गत वर्ष यस अवधिमा १ अर्ब ९९

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 246 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा