समाज

    Showing 2,301-2,310 of 11,025 items.
  • १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

    मोरङ— एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थारुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 463 पटक पढिएको
  • पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर वृद्धको मृत्यु

    बाजुरा— बाजुराको बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। आइतबार भएको उक्त घटनामा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार बुढा पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि आधारभूत अस्पताल कोल्टीतर्फ लैजाँदै गर्दा बाटोमै निधन भएको हो।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 463 पटक पढिएको
  • एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्यः अर्थमन्त्री वाग्ले

    काठमाडौं— अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए ।उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ । ‘हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 453 पटक पढिएको
  • हर्क साम्पाङ थापाथलीमा भत्काइएको सुकमवासी बस्ती पुग्नासाथ फर्किए

    काठमाडौं— थापाथलीस्थित सुकुमवासी बस्ती भत्काइएको स्थलमा पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ त्यहाँ धेरैबेर नबसी फर्किएका छन्।उनी हातमा ह्याण्ड माइक लिएर बागमती नदी किनार पुग्दा मिडियाकर्मीहरूले उनलाई घेरेपछि फर्किएका थिए। अत्यधिक भीडका कारण असहज महसुस गरेपछि उनले कुनै प्रतिक्रिया नदिई त्यहीँबाट फर्किने निर्णय गरेका हुन्।गत वैशाख १२ र १३ गते सरकारले डोजर प्रयोग गरेर उक्त बस्तीका घर तथा टहरा भत्काएको थियो। अहिले त्यहाँ भग्नावशेष मात्र बाँकी रहेको छ।हर्क साम्पाङले यसअघि पनि सुकुमवासीहरूलाई बेघर बनाइएको भन्दै सरकारको कडा आलोचना गर्दै आएका छन्।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 504 पटक पढिएको
  • कान्छाराम कन्स्ट्रक्सनले एकै वर्ष गर्‍यो सवा ३७ करोडको कारोबार, ३ अर्ब ऋण लिँदै

    काठमाडौं— नेपाली कांग्रेसका पूर्वसांसद तथा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा सवा ३७ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ३७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२४ मा २४ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा २८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आवमा २६ प्रतिशत नाफा कमाएको छ । कम्पनीले सन् २०२४ मा ३३ प्रतिशत नाफा कमाएको थियो ।कम्पनीका अनुसार सन् २०२४ र सन् २०२५ मा कार्यशील पुँजी ऋणमा निर्भरता हुँदा उच्च ब्याजका कारण घाटा व्यहोरेको उल्लेख गरेको छ । कम्पनीको त्यस्ता ऋण सन् २०२४ मा १४ करोड ९० ल

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 509 पटक पढिएको
  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

    काठमाडौं— सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।यसैगरी सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।बैठकले भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 452 पटक पढिएको
  • ड्रोन र रोबोटिक कुकुरः लिचीबारीको निरीक्षणका लागि सहयोगी

    एजेन्सी— चीनमा अत्याधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन बृद्धि गराउन सहयोग पुर्याएको छ । दक्षिण चीनमा लिची उत्पादनमा स्मार्ट प्रविधि सहयोगी समेत बनेको छ ।दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा, ड्रोन र रोबोटिक कुकुर जस्ता स्मार्ट प्रविधिले किसानहरूको नयाँ पुस्तालाई सहयोगी सावित भएका छन् ।ग्वाङझाउ शहरमा, गर्मीको तनाव वा आद्र्रताको कमीलाई व्यवस्थापन गर्न थर्मल इमेजिङ प्रयोग गरेर ३३ हेक्टरको लिची बगैंचामा ड्रोन उडाउने गरिएको छ ।‘ड्रोन उडानबाट फिर्ता गरिएका तस्बिरहरू हेरौं । यो लिचीको रूख युवा फल चरणमा प्रवेश गरिसकेको छ, तर फल हाल कमजोर रूपमा बढिरहेको छ । साथै, यसको ऐतिहासिक रेकर्ड अनुसार, रूखको समग्र

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 432 पटक पढिएको
  • डढेलो निभाउन ड्रोनहरुको प्रयोग

    एजेन्सी— चीनमा ड्रोनहरू विभिन्न तरिकाले प्रयोग भइरहेका छन् । मध्य चीनको हुबेई प्रान्तको यिचाङ शहरमा डढेलो निभाउन ड्रोनहरुको प्रयोग गर्ने गरिएको छ ।हालसालै एक परीक्षण स्थलमा, एक स्वायत्त अग्नि नियन्त्रक ड्रोनले लगभग ५० मिटरको उचाइबाट आगो प्रतिरोधी पोड खसालेको छ ।उक्त पोड खसेपछि ठोक्किएर विस्फोट भएको र आगो निभेको थियो । प्राविधिक लु युहेङका अनुसार ड्रोन प्रति सेकेन्ड १५ मिटरको गतिमा चल्ने अग्नि नियन्त्रक ड्रोन हो। उक्त ड्रोन तीन किलोमिटरको कभरेज भित्र पाँच मिनेटभित्र जहाँ पनि पुग्न सक्छन् ।तर ड्रोनहरू केवल आपतकालीन परिदृश्यहरूको लागि मात्र नभइ पर्यटन नवीनताको रूपमा प्रयोग गर्ने चलन सुरु भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 448 पटक पढिएको
  • रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

    रामेछाप— रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ । यसले राजमार्गमा सम्भावित जोखिम बढाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।प्रहरीले खोलाको बहाव सामान्य भई सडकमा कुनै अवरोध नरहेपछि मात्रै अर्को सूचना जारी गरी बाटो सुचारु भएको जानकारी गराइने जनाएको छ ।यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोख

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 428 पटक पढिएको
  • धिरज र मिरुनाको ‘कुस्ती’ असोज ९ देखि प्रदर्शनमा आउने

    काठमाडौं— अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ ।काठमाडौंतथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।उनले भने,‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ । कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 543 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.