काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनले पार्टी नेतृत्वको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पने निर्णय गरेका हुन्।वैद्यको राजीनापछि अब पार्टीको महासचिवको जिम्मेवारी वरिष्ठ नेता सीपी गजुरेलले सम्हाल्ने भएका छन्। गजुरेलका अनुसार वैद्यले पार्टी नछाडे पनि अब सल्लाहकारको भूमिकामा रहनेछन्।'स्वास्थ्यका कारण उनले पदबाट मात्र राजीनामा दिएको हो, पार्टी छोडेको होइन,' गजुरेलले भने, 'उनी सल्लाहकारका रूपमा रहने र महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि सहभागी रहने छन।'केन्द्रीय समिति बैठकबाट गजुरेललाई
काठमाडौं । तिहार हाम्रोयमपञ्चकका पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ–दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बिच भाइटीका लगाउने परम्परा छ ।हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् चाड हो । यसलाई प्रायः यमपञ्चकका पाँच दिनहरूसँग जोडेर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ भएर कार्तिक शुक्ल द्वितीयासम्मको यी पाँच दिन प्रकृति पूजकको तिहारको रूपमा चिनिन्छ । यस पर्वमा पृथ्वी, जल, तेज, वायु र आकाशजस्ता पाँचै पञ्चतत्वलाई सम्मान गरिन्छ ।तिहारका पाँच दिनहरूले विशेष महत्व बोकेका छन् । पहिलो दिन काग तिहारका रूपमा कागको पूजा गरिन्छ, दोस्रो दिन कु
काठमाडौं— सुनको मूल्य आज ४ हजार ८०० रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ७ हजार १०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार पुगेको थियो।आज ४ हजार ८०० सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार २०० मा झरेको नेपाल सुन(चाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि शुक्रबारको तुलनामा घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदी ३२ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य ३ हजार ३५० कायम भएको थियो
रौतहट— रौतहटको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम सुरु गरिएको छ । तिहारको रौनकसँगै यहाँ छठ पूजाको पनि तयारी थालिएको हो । छठ पर्व पनि नजिकिँदै गएपछि चाँदी, लालबकैया, बागमति, झाँझलगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीयवासी तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि अहिले जलाशयलाई सरसफाई, माटोको मुर्ति र टेण्ट हाल्ने लगायतका कार्यहरु भइरहेका छन् । चन्द्रपुर नगरपालिकामा रहेको चाँदी नदीमा अहिले सजावटको तयारी भइरहेको चन्द्रपुर मिडिया प्रालिका अध्यक्ष मनोज कुमार साहले बताए ।उनका अनुसार दुर्ग
काठमाडौं— नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्नेमा जोड दिएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए । उनले भनेका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ ।नाटक अब चल्दैन ।नेतृत्व कसिमा उत्रनु पर्दछ। अब अलमल गर्नु हुँदैन । खरानी हात परेको छ । सफा अब गर्नै पर्दछ ।’
काठमाडौं— सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं,इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिवार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय जनकपुरले २१,काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच/पाँच, पाल्पा तथा दमौलीले चार÷चार र धनकुटा, पोखरा, मध्यपहाडी
काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ ।अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो ।यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन् ।उनले लेखेका छन,‘गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छ
काठमाडौं— डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ ।बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना जारी गरेको थियो ।तर, प्राधिकरणले फेरि १३ असोजमा अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभ
काठमाडौं— अफगानिस्तान र पाकिस्तानका वरिष्ठ सरकारी अधिकारीहरू आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्ने उद्देश्यले कतारको दोहामा वार्ताका लागि पुगेका छन् ।पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो । त्यस्तै, अफगान अधिकारीहरूले पनि रक्षा मन्त्री मुल्ला मोहम्मद याकूबको नेतृत्वमा उच्चस्तरीय टोली कतार प्रस्थान गरेको पुष्टि गरेका छन् ।यो वार्ता पछिल्ला हप्ता–दिनयता अफगानिस्तान–पाकिस्तान सीमाक्षेत्रमा भएका सानातिना सशस्त्र झडपहरूका बीच भइरहेको हो । यी झडपहरूले दुबै देशबीच पुनः तनाव बढ्ने चिन्ता उत्पन्न गरेका छन् ।यसअघि दुबै
रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको छ ।गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए ।भवनमा आगजनी छि बस्न अयोग्य भएपछी स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट भवन पुनःनिर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो ।उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन भवनको पुनःनिर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवम अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.