समाज

    Showing 2,571-2,580 of 9,864 items.
  • टी–२० विश्वकपः आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ ।जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्ने छन । फाइनल खेल आगामी आइतबार हुनेछ ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 520 पटक पढिएको
  • मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    काठमाडौं— फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो ।थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “Report” गर्न अपिल ग

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 460 पटक पढिएको
  • सर्लाहीमा ३४ जना कैदीले मतदान गर्न पाउने

    सर्लाही— आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी तथा कैदी बन्दीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने प्रावधान छ । सोही प्रावधानअनुसार सर्लाहीमा चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवास्थित तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर त

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 417 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 452 पटक पढिएको
  • यस्तो छ आजको २४ घण्टाको मौसम

    काठमाडौं— हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ ।हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । ती भूभाग लगायत बाँकी भूभागहरूमा तुँवालो पनि लागेको छ ।आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 503 पटक पढिएको
  • ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

    काठमाडौं— ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ।मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 412 पटक पढिएको
  • पाँचौं दिन पनि नेप्सेमा हरियाली

    काठमाडौं— लगातार पाँच कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेको छ। यस दिन नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ६.२५ अंक, फ्लोट इण्डेक्स ३.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले वृद्धि भएको छ।कारोबार रकमसमेत बढेको छ। ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ।यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार हुँदै ७०७ रुपैयाँ १० पैसामा पुगेको छ। पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको मूल्य करिब १० प्रतिशत बढ्दा मोलुङ्ग हाइड्र

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 412 पटक पढिएको
  • निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

    विराटनगर— आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ ।यसैक्रममा विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान कालो प्लास्टिकको पोकाभित्र शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएको थियो । सूचनापछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज तत्काल परिचालन गरिएको थियो ।संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै शङ्कास्पद वस्तुलाई निष्क्रिय गरिएको पूर्वी पृतना हेडक्वार्टरकी जनसम्पर्क तथा सूचना अधिकृत

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 443 पटक पढिएको
  • गृहमन्त्रीसहित उच्च अधिकारीको टोली ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा

    काठमाडौं— आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्च अधिकारीको टोली ललितपुरको विभिन्न दुर्गम क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षणमा निस्किएको छ ।उनीसँग गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्च अधिकारी सहभागी छन् ।गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले आज ललितपुरका बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो ।निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 478 पटक पढिएको
  • फेब्रुअरीमा १ लाख ५ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

    काठमाडौं— नेपाल पर्यटन बोर्ड (एनटीबी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा कुल १ लाख ५ हजार ४४१ अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ ।अध्यागमन विभागलाई आधार मान्दै बोर्डले उपलब्ध गराएको उक्त तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा नेपाल आउने शीर्ष १० देशहरुमध्ये भारत पहिलो स्थानमा छ ।भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो ।त्यसैगरी अन्य प्रमुख पर्यटकीय स्रोतहरुमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी रहेका छन् ।तथ्याङ्कअन

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 394 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.