सर्लाही । सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनबरसा बसन्तपुरका २० वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका १७ वर्षीय किशन कुमार साह रहेका छन् ।प्रहरी नायब निरीक्षक भरत साहको कमाण्डमा खटिएको टोलीले गत मंगलबार बिहान चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेट बिआर ०६ सिभि ९९८५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ओनेरेक्श नामक १०० मिलिलिटरको ११७ बोतल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए । उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कोशी प्रदेशका ५७ वटा प्रहरी कार्यालयहरुको भौतिक संरचनामा क्षति पुग्यो । जसमा पनि २४ वटा संरचना पूर्णरुपमा क्षतिग्रस्त भए । त्यसमध्येको एक हो, इलाका प्रहरी कार्यालय इटहरी । आन्दोलनकारीको आगजनीले ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अहिले प्रहरी चौकी तरहराको ‘शरण’मा छ । अगलागी भएपछि पूर्णरुपमा बस्न अयोग्य बनेको इलाकालाई अहिले भने इटहरी ९ रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इलाका प्रहरीको कार्यालयको रुपमा धमाधम बनाउने कार्य भइरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपि सुवास हमालका अनुसार इटह
काठमाडौं— माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।एक पक्षले अर्को पक्षविरुद्ध जाहेर
काठमाडौं । लोकदोहोरी, तिहारका गीतदेखि देउडा शैलीका सिर्जनासम्म पछिल्ला वर्षहरूमा चर्चामा रहेका गायक तथा संगीत संयोजक बिनोद बाजुरेली सुदूरपश्चिमको लोक संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने कलाकारका रूपमा परिचित छन् ।बाजुरामा जन्मेका उनले विद्यालय जीवनमै संगीतको यात्रा सुरु गरेका थिए । उनी सम्झन्छन्,‘हामी स्कुल पढ्दा देउडा मात्र होइन, पूर्वेली र आधुनिक गीत पनि गाउन्थ्यौं । पछि जब चेतना जाग्यो, देउडा पनि हाम्रो गाउनुपर्ने भन्ने महसुस भयो ।’सुदूरपश्चिमको लोकसाहित्य, लोककथा र लोकसंस्कृतिको जरा नै देउडा रहेको बताउँदै उनले देउडा सबै वर्ग, जातजाति र भाषाभाषीहरूमा समान रूपमा लोकप्रिय रहेको बताए । उनका अ
सर्लाही । सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बागमती नगरपालिका – ६ राधाकृष्ण मन्दिर नजिक बाँसघारीबाट प्रहरीले एक युवकलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो।प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले गत मंगलबार साँझ स्थानीय २८ वर्षीय जीवन घिसिङलाई शंकास्पद अवस्थामा बसिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट विभिन्न प्रतिबन्धित लागू औषधहरू फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले उनको साथबाट ट्रामन–५० लेखिएको २१४ क्याप्सुल, स्पास्मोम लेखिएको २०० क्याप्सुल, करिब २५ ग्राम गाँजा, नेपाली नगद रुपैयाँ २,५३०, सिम कार्ड न
सुर्खेत— मुगुबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गरेको गाडीमा सवार एक युवक सिटमै मृत फेला परेका छन्। जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ निवासी २२ वर्षीय गणेश रावत गाडीमा यात्रा गरिरहेका क्रममा अचानक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।रावत मुगुबाट ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडी चढेर घर फर्किंदै गर्दा गाडीको सिटमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले जानकारी दिए । गाडी जुम्ला पुगिसकेपछि अन्य यात्रुहरूले उनलाई उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका थिए।“रावत सिटमा सुतेको अवस्थामा थिए। उनी बिहानसम्म उठेनन्। जाँच गर्दा मृत भेटिए,” डीएसपी रे
सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भ्रमण खर्चको शीर्षकमा आठ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।तर सो खर्च कहाँ, कसका लागि र कुन प्रयोजनमा गरिएको भन्ने स्पष्ट विवरण नहुँदा उक्त रकमको प्रयोग विधिसम्मत नभएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ ।प्रतिवेदन अनुसार, गाउँपालिकाले वितरण गरेका कतिपय भ्रमण आदेशमा भ्रमणको उद्देश्य उल्लेख गरिएको छैन। भ्रमण खर्च पारदर्शी बनाउन र अभिलेखिकरण सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि पालिकामा भ्रमणसम्बन्धी अभिलेख खाता नै नरहेको उल्लेख छ ।यसले गर्दा कुन जनप्रतिनिधि वा कर्मचारी कहिले, कहाँ र किन भ्रमणमा ग
काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् । सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली छन् ।
डोल्पा— डोल्पाको उच्च हिमाली क्षेत्रमा लेक लागेर बिरामी परेका दुई विदेशी नागरिकको उद्धार गरिएको छ। बिहीबार शे-फोक्सुण्डो गाउँपालिका–८ अन्तर्गत रिग्मो क्षेत्र र काइके गाउँपालिकाको डोग्री हिमाल बेसक्याम्पबाट उनीहरूलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हो।प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालाका अनुसार, रिग्मोबाट उद्धार गरिएका नागरिक फ्रान्सेली हुन् भने डोग्री हिमालबाट उद्दार गरिएका अर्का नागरिक अमेरिकन हुन्। उच्च स्थानमा प्राविधिक तयारी बिना पुगेपछि लेक लाग्ने समस्या हुने भएकाले उनीहरू गम्भीर अवस्थामा पुगेका थिए।यसअघि, बुधबार पनि शे-फोक्सुण्डो क्षेत्रमै एक विदेशी पर्यटकलाई लेक लागेपछि उद्दार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.