समाज

    Showing 2,601-2,610 of 6,631 items.
  • अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटी— जिल्लाको शिखर नगरपालिका–२ मा घाँस काट्न गएकी महिलाको अरिएक अरिङ्गालले टोकर मृत्यु भएको छ । मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । दुई साताअघि घाँस काट्न गएकी उनलाई अरिङ्गालले टाउको, घाँटी र हातमा टोकेपछि गम्भीर घाइते भएकी थिइन्।सुस्त मानसिक अवस्था भएकी पार्कीको चोटबारे परिवारलाई ढिला थाहा भएको बताइएको छ। असोज १८ गते मात्र आमा मुनुली विकले छोरीको अवस्था गम्भीर देखेपछि उनलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकल लगेकी थिइन्। तर, रक्तअभावका कारण सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो।पार्कीको शरीरमा अत्यधिक रगतको कमी हुनुका साथै मिर्गौलामा समस्

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 479 पटक पढिएको
  • कैलालीमा भान्साकोठाबाट पेस्तोलसहित एक युवक पक्राउ

    धनगढी— कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा २३ वर्षीय आकाश शाहीलाई मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरीले शाहीको घरमा छापा मार्दा भान्साकोठाभित्र लुकाइ राखिएको टाइप–५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका शाहीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 515 पटक पढिएको
  • टेकु दोभानमा युवतीको शव फेला

    काठमाडौं—  काठमाडौं महानगरपालिका–१२ टेकुस्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।काभ्रे स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 465 पटक पढिएको
  • बालेन र सुदनबिरुद्ध युवराज सफलले पनि दिए जाहेरी

    काठमाडौं— युवराज पौडेल ‘सफल’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।सफलले बुधबार काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन्।यसअघि मंगलबार एमाले निकट अनेरास्ववियुले शाह र गुरुङविरुद्ध जाहेरी दिएका थिए।पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वगृहमन्त्री रमेश लेखकबिरुद्ध यसअघि मृतकका परिवारले जाहेरी दिएका थिए।प्रहरीले उक्त जाहेरी जाँचबुझ आयोगलाई पठाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 444 पटक पढिएको
  • वीरगन्ज–२० का वडाध्यक्ष परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा

    वीरगन्ज— वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।बुधबार जेनजी अभियानकर्मीहरूसँगको भेलामा परागले असोज ६ गते नै पार्टी परित्याग गरेको जानकारी सार्वजनिक गर्दै भने, “त्यो कुरा मिडियामा आएको थिएन, आज औपचारिक रूपमा घोषणा गरेको हुँ।”परागले नेकपा एमालेले सुशासन र परिवर्तनप्रतिको जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै आफू अब स्वतन्त्र हैसियतमा जेनजी पुस्तासँग रहने बताए।यता, एमाले पर्सा अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको लिखित राजीनामा प्राप्त नभएको भन्दै प्रतिक्रिया दिएका छन्।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 487 पटक पढिएको
  • सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

    सर्लाही । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् । प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ ।मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।प्रहरीले वडाध्यक्ष विनेश कुमार दासला

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 119 पटक पढिएको
  • राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनीः अनेरास्ववियु महासचिव धामी

    काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन् ।बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै धामीले “अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छ भन्ने बुझ्नुपर्छ” भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा त्यसका उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।उनले जेनजी आन्दोलनका मागप्रति आफूहरू पनि ऐक्यवद्ध रहेको तर त्यसमा घुसपैठ गरी राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पु¥याउने, हत्या र लुटपाट गर्ने प्रवृत्ति

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 221 पटक पढिएको
  • बाजुरामा सडेगलेको अवस्था एक महिलाको शव फेला

    बाजुरा । बाजुरामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कर्णाली नदीमा वेवारिसे अवस्थामा उक्त शव फेला परेको हो । जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ झुगला स्थित कर्णाली नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देव वहादुर चौधरीले बताए ।उनका अनुसार कर्णाली नदीमा नदिले बगाएर ल्याएको अवस्थामा शव फेला परेको बताएका छन्। वेवारिसे अवस्थामा महिलाको शव फेला परेको भन्ने खवर स्थानीयले  प्रहरी चौकी धुलाचौरलाई खवर गरे पश्चात् घटनास्थलमा प्रहरी खटाई शव नियन्त्रणमा लिएको बताएका छन् ।फेला परेको शवको पहिचान भने हुन सकेक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 205 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, १७ जना संक्रमित

    चितवन— चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढेसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। साउन महिनादेखि हालसम्म यो रोगका कारण विभिन्न स्थानीय तहका नागरिकले ज्यान गुमाएका हुन्।मृत्यु हुनेमा भरतपुर महानगरका दुई, राप्ती नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक र कालिका नगरपालिकाका एक जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो पटक खैरहनी–४ की एक महिलाको मृत्यु भएको जानकारी किट नियन्त्रण महाशाखाका प्रतिनिधि राम केसीले दिए।हालसम्म जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन्। उमेर समूह हेर्दा, १५ वर्षमुनिका ३ जना, १५ देखि ६० वर्ष उमे

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 452 पटक पढिएको
  • सरकारलाई महेश बस्नेतको चुनौती, मलाई समातेर देखाउनुस्

    काठमाडौं—  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले विधिको शासन र लोकतन्त्रको पक्षमा आफू जेल जान तयार रहेको बताउँदै आरोपको खण्डन गरे। “मलाई समातेर देखाउनुस्,” बस्नेतले भने, “विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको लागि जेल जान तयार छन्। तर, झूटो आरोप सहन सकिँदैन।”उनले हालको ‘जेन जेड सरकार’ लाई लक्षित गर्दै आगजनी, लुटपाट र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरे।बस्नेतले यस्तो अभिव्यक्ति एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बय

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 450 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा