समाज

    Showing 2,611-2,620 of 6,631 items.
  • दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा, ४६ जना प्रभावित

    दोलखा । लगातारको वर्षाका कारण दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।तीन दिनदेखि परेको अविरल वर्षापछि झुलेको पातले र सिमबारी क्षेत्रका ६ घर पहिरोको जोखिममा परेका हुन् । उक्त बस्तीका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ । प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए । स्थानीयवासीहरू अहिले राति सुत्दा समेत भयभीत हुने अवस्था आएको बताउँछन् ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 139 पटक पढिएको
  • महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए ।‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने ।उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीले आ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 174 पटक पढिएको
  • रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु

    काठमाडौं । रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।केही दिनयता रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप–काठमाडौं उडान स्थगित भएको थियो। असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि हवाई उडान पुनः सुरु गरिएको हो ।मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी करिब १२५ किलोमिटर छ भने चरिकोट हुँदै दोललघाट निस्किएर काठमाडौं पुग्दा करिब २०० किलोमिटर दूरी पर्छ ।ना

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 153 पटक पढिएको
  • भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति, विवरण संकलन सुरु

    काठमाडौं । देशभर कृषि र पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशका सम्बन्धित कार्यालयलाई प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।संलग्न कार्यालयहरूले स्थानीय तहको समन्वयमा बाढीबाट प्रभावित कृषि वस्तुहरूको प्रकार र परिमाण, पशुपंक्षीको क्षति, गोठ तथा व्यावसायिक फार्ममा भएको असर, र प्रभावित किसानको अवस्थाबारे विवरण संकलन गर्ने भएका छन्।मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ । बाली वा पशुधनमा बिमा गरेका किसानका हकमा बिमाको सहजीकरणसहित मल, बिउ, प्रविधि र प्राविधिक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 154 पटक पढिएको
  • मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते

    हेटौंडा— मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ ।दुर्घटनामा इभि गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक सहित जम्मा १६ जना घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी साम्भि पोलिक्लिनिक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 389 पटक पढिएको
  • नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो ।गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 162 पटक पढिएको
  • बिरगञ्जको एक होटलमा बुवा छोरा मृत फेला

    सर्लाही । पर्साको वीरगञ्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा २ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।असोज १९ गतेदेखि उक्त कोठामा बस्दै आएका उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए। तर कोठा भित्रबाट ताला लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 170 पटक पढिएको
  • बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

    काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 153 पटक पढिएको
  • रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता  झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।  

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 155 पटक पढिएको
  • रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गमा पुनः निर्माणकार्य तीव्र

    रामेछाप । असोज १७, १८ र १९ गतेको अविरल वर्षाले आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। लगातार तीन दिनको वर्षाले रोशी खोलामा आएको असामान्य बाढीले राजमार्गका विभिन्न भाग क्षतिग्रस्त बनाएको थियो। अब स्थानीय तह र सडक डिभिजन कार्यालयहरूको समन्वयमा पुनः निर्माण कार्य सुरु भएको हो।रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ। खोलाको बहाव केही घटेपछि सोमबारदेखि सडक पुनः निर्माणको काम अगाडि बढाइएको उनले बताए। ‘डाइभर्सन बनाउनका लागि स्थानीयहरू, प्रहरी

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 209 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा