धरान — फेसबुकमार्फत ठगी धन्दा चलाउने सुनसरीको देवानगन्ज गाउँपालिका–१ का कुशेश्वर मेहता भारतको भिमनगरबाट पक्राउ परेका छन्।सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामक फेक आइडी बनाएर थाइल्यान्डको Siam Commercial Bank को म्यानेजरको नक्कली परिचय दिंदै ठगी गर्दै आएका थिए।उनले कुर्मराज शाही नामका व्यक्तिलाई "एलेन अर्बी शाही" नामको खातामा रहेको अपुताली सम्पत्ति हस्तान्तरण गरिदिने बहानामा झुठो विश्वास दिलाउँदै विभिन्न मितिमा करिब ६२ लाख ७५ हजार २ सय रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।शाहीको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी योगराज खतिवडाको
चितवन— चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादपछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। हामफाल्ने घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।मंगलबार (हिजो) ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् लीलाबहादुर प्रजाबीच घरायसी विवाद भएको बताइएको छ। विवादपछि कुमारीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार घटनास्थलमै कुमारीको मृत्यु भएको हो।कुमारीले हाम फालेपछि उनका श्रीमान् लीलाबहादुरले पनि सोही भिरबाट हाम फालेका थिए। उनी गम्भीर घाइते छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले
काठमाडौं— नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशनका लागि सूचीकरण प्रक्रिया सुरु गरेको छ । यसका लागि टेलिकमले इच्छुक अनलाइन मिडियाहरूबाट प्रस्ताव आह्वान गरेको हो ।बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी ३१ असारसम्म कार्यालय समयभित्र प्रस्ताव दर्ता गर्न अनुरोध गरेको छ ।सूचीकरणका लागि प्रस्ताव पेस गर्दा सञ्चालक संस्थाको स्पष्ट सम्पर्क विवरणसहितको औपचारिक प्रस्ताव पत्र, संस्था दर्ता र भ्याट वा प्यान दर्ता प्रमाण(पत्रको प्रतिलिपि, सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता तथा नवीकरण (२०८२ असार ३२ सम्म) भएको प्रमाण(पत्रको प्रतिलिपि, आर्थिक वर्ष २०
काठमाडौं— प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंगलबारसम्म ४४५ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभर ४६० गाउँपालिका रहेका छन् । जसमध्ये ४४५ वटा गाउँपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गरेका छन् । जुन ९७ प्रतिशत हो । अन्य १५ गाउँपालिकाको बजेट सार्वजनिक हुन बाँकी रहेको छ ।महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले दुई प्रदेशका सबै गाउँपालिकाले आगामी आवका लागि बजेट ल्याएका छन् । जुन कोशी र सुदूरपश्चिम प्रदेशका
मुगु - मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१०
बर्दिया - बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् । राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो
काठमाडौं - एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् । नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।
भद्रपुर (झापा), १० असार : चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् रु ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ । कार्
सोलुखुम्बु— सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१, नेले तुम्सेमा चट्याङ लागेर एक गर्भवती भैँसी र पाडिको मृत्यु भएको छ।शनिबार दिउँसो करिब ३ः५५ बजे परेको चट्याङले स्थानीय एक कृषकको गोठमा क्षति पुर्याएको हो। घटनामा मानवीय क्षति नभए पनि कृषकलाई ठूलो आर्थिक नोक्सानी भएको छ।चट्याङपछिको उद्धार कार्य स्थानीयवासीको सहयोगमा सम्पन्न गरिएको जनाइएको छ।मौसममा अचानक आएको खराबी र चट्याङको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीहरूलाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेको छ।
मुगु— मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गएराति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई झन्डै ७०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया शारदा थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टर चालकसहित अन्य आठ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको प्रहरीको भनाइ छ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माँझचौर र इलाका प्रहरी कार्याल
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.