समाज

    Showing 2,671-2,680 of 6,640 items.
  • सामाजिक सञ्जालमा जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

    काठमाडौं— सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् ।गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने जेनजी अगुवाको माग छ ।‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूम

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 617 पटक पढिएको
  • बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति

    काठमाडौं । यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने स

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 252 पटक पढिएको
  • दोषीहरुलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ : गणेश चौलागाई

    काठमाडौं । जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले जेनजी आन्दोलनमा दमन गर्ने दोषीहरुलाई कारवाही गर्न नसक्ने हो भने शहीद परिवारहरुले देशको नेतृत्व लिने बताएका छन् । सोमबार गृह मन्त्रालयमा छलफलका लागि पुगेका चौलागाईंले देशको नेतृत्व शहीद परिवारले लिने दाबी गरेका हुन् । उनले आन्दोलनमा गोली चलाउन आदेश दिनेहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनेसमेत बताए ।उनले भने, ‘शहीद परिवारलाई अवमूल्यन गर्न खोजिएको हो भने हामी पनि त्यही तरिकाले जान्छौ । सरकारले दोषीलाई कारवाही गर्न सकिदैँन् भन्छभने छिटोभन्दा छिटो कुर्सी छाडिदिए हुन्छ । किनभने यो सरकार बनाएको नै कारबाहीको लागि हो । यदि सकिदैँन

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 263 पटक पढिएको
  • माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए ।उनले भने, ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौं । त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौं ।’बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे सामान्य समीक्षा गरेको प्रवक्ता सापकोट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 160 पटक पढिएको
  • बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा राखियो देवीको मुर्ति

    बाजुरा । बाजुराको बडीमालिका नगरपालिका ७ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीको मुर्ति राखिएको छ ।टाइगर हिलका नामले चिनिने बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा बडीमालिका नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र स्थानीयको सक्रियतामा आइतबार मुर्ति स्थापना गरिएको हो । कालाजग्राको थप पर्यटन,प्रबद्र्धन गर्न तथा दर्शन गर्ने दर्शनार्थीलाई पुजाआजा गर्न सजिलो होस् भन्ने उदेश्यका साथ देवीको मुर्ति स्थापना गरिएको बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार वडाको करिब ३ लाख ५० हजार रुपैयाँको लागतमा धनगढीबाट मुर्ति खरिद गरिएको हो ।ढम्कने पदमार्ग हुँद

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 187 पटक पढिएको
  • दार्जिलिङमा अविरल वर्षापछिको पहिरोमा परी २३ नेपालीभाषीको मृत्यु

    एजेन्सी । निरन्तरको बर्षापछि आएको बाढी र पहिरोमा परी भारत पश्चिम बंगालको दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अधिकांश नेपालीभाषी छन् । निरन्तर वर्षाका कारण पहाडी शहर र आसपासका क्षेत्रहरूमा एक दशककै सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोले घरहरू बगाएको छ, सडकहरूमा क्षति पुगेको छ । दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्बुङलगायतका क्षेत्रहरु बर्षाले बढी प्रभावित भएका हुन् ।भारतले नेपालको सिमावर्ती मानेभन्ज्याङमा मृत्यु भएका नेपाली नागरिकहरुको संख्यालाई पनि गणना गरेको छ । जस अनुसार १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको जनाइएको

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 151 पटक पढिएको
  • बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग

    रामेछाप । अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षति पुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमित हवाइसेवा सञ्चालन गर्न माग गरिएको छ ।जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएकाले तत्काल वैकल्पिक व्यवस्था स्वरूप काठमाडौं–मन्थली हवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हवाई सेवा सञ्चालन भएमा रामेछापवासी तथा यात्रुहरूलाई काठमाडौं आउजाउमा सह

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 188 पटक पढिएको
  • अविरल वर्षाले जनधनको ठुलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु

    काठमाडौं । देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुरयाएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन् । रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । पाँचथर, खोटाङ, काभ्रे, मो

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 219 पटक पढिएको
  • देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

    काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।अरनिको राजमार्गमा एकतर्फी

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 233 पटक पढिएको
  • विपद्मा नेपाली सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता

    काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापास्थित अस्पताल पुर्याएको छ । अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । यस्तै थुप्रै उद्धारको कार्यमा नेपाली सेनाको सक्रिय

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 157 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा