समाज

    Showing 2,681-2,690 of 11,025 items.
  • इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

    विराटनगर— १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 455 पटक पढिएको
  • रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

    रौतहट— रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो ।सोमबार साँझ करिब ६ः३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलका साथ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 441 पटक पढिएको
  • नेपाल लाइफको स्पेशल रिभाइभल अफरमा लेट फी फुल डिस्काउन्ट

    काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ एनिभर्सरीको अवसरमा ल्याप्स भएका पोलिसीलाई रिभाइभ गर्न स्पेशल अफर ल्याएको छ ।कम्पनीले इकोनोमिक कठिनाइका कारण धेरै पोलिसी ल्याप्स भइरहेका बेला कस्टमरहरूलाई सहज रूपमा प्रिमियम पे गरेर आफ्नो इन्स्योरेन्स कभरेज फेरि एक्टिभ बनाउन सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ ।यस योजना अन्तर्गत २०८३ साल वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म ल्याप्स पोलिसी रिभाइभ गर्दा लेट फीमा १००५ सम्म डिस्काउन्ट प्रदान गरिनेछ । कम्पनीले पहिलो पटक यति ठूलो लेट फी छुट अफर ल्याएको हो, जसले ३० दिनको अवधिमा कस्टमरहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ ।नेपाल लाइफ देशकै लिडिङ

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 517 पटक पढिएको
  • सुडी समाजद्वारा सांसदलाई सम्मान

    काठमाडौं— सुडी समाज काठमाडौंले राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौंद्वारा आज आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान, सम्मान तथा क्यालेण्डर विमोचन समारोहमा सुडी समुदायबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय दीपककुमार साह र रास्वपाका सांसद रविन महतो तथा राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक शीतलप्रसाद महतो रहेका छन् । उनिहरुलाई सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठ तथा समाजका पूर्वअध

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 551 पटक पढिएको
  • पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छः सांसद शाही

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन नसके तानाशाही प्रवृत्ति आउने सक्ने भएकाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्ने बताए ।उनले भने,‘पार्टीभित्र पनि फरक विचार राख्नेलाई सम्मानकासाथ अगाडि बढाउन सक्नुपर्छ । यदी त्यो सकेनौं भने भोली ममा पनि तानाशाही प्रवृत्ति आउन सक्छ । यो एउटा सिकाइ हुँदै जान्छ । त्यो सिकाईले भोली अप्ठ्य

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 516 पटक पढिएको
  • शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विवादबारे सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । पछिल्ला दिनमा विभिन्न आरोप र चर्चा भइरहेका सन्दर्भमा उनले तथ्य र प्रमाणका आधारमा विषय बुझ्न आग्रह गरेका हुन् ।गुरुङले २५ लाखको शेयर लुकाइएको भन्ने आरोपलाई अस्वीकार गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरिसकेको बताए । उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको हो, जुन लुकाइएको नभई वर्गीकरणको विषय मात्र भएको दाबी गरे ।उनले मन्त्री हुनुअघि शेयर किनिएक

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 589 पटक पढिएको
  • आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

    काठमाडौं— आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्मको समग्र सहयोग प्रदान गरेको जनाएको छ । फाउन्डेसनका अनुसार नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई आवश्यक पूर्वाधार, सीप र वित्तीय पहुँच उपलब्ध गराइएको छ ।इन्क्युबेसन कार्यक्रमअन्तर्गत स्टार्टअपहरूलाई कार्यस्थल, प्राविधिक सहयोग, व्यवसाय विकास तालिम तथा नेटवर्किङका अवसर प्रदान गरिएको छ । त्यस्तै, मेन्टरशिपमार्फत अनुभवी उद्यमी तथा विषयगत विज्ञहरूसँग प्रत्यक्ष सहकार्य गर्ने वातावरण सिर्जना गरिएको फाउन्डेसनले जनाएको छ ।लगानी प

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 534 पटक पढिएको
  • उदयपुरमा हत्या आरोपमा वृद्ध पक्राउ

    उदयपुर— उदयपुरमा हत्या आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७, सीतापाइला टोलका ७३ वर्षीय रामप्रसाद राई छन् ।सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार  राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।आपसी वादविवादका क्रममा रामप्रसादले चक्कु प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएका थिए ।नगर अस्पताल बेल्टारमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 453 पटक पढिएको
  • लागूऔषध सहित ८ जना पक्राउ

    झापा—  झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो २ बजे झापाको झापा गाँउपालिका वडा नं.४ सुकुम्बासी टोल स्थितबाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ बस्ने ३७ बर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी मुखिया र ३३ बर्षीया सपना कपालीलाई ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो बेलुका पौने ५ बजे मोरङ पथरीशनिश्चरे नगरपालिका ७ घरभएका २४ बर्षीय रुपन राई र पथरीशनिश्चरे नगरपालिका ६ का २१ बर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsuled IP (Tramol-50)&n

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 502 पटक पढिएको
  • मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न माग

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ ।त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षि

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.