समाज

    Showing 2,681-2,690 of 6,640 items.
  • भारतको एसएमएस ट्रमा सेन्टरमा आगलागी हुँदा ८ बिरामीको मृत्यु

    भारत— सवाई मानसिंह (एसएमएस) अस्पतालको ट्रमा सेन्टरमा आइतबार राति भएको आगलागीमा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको पुष्टि भएको छ।दुर्घटना अस्पतालको न्युरो आइसीयू नजिकै, ब्लड सेम्पल ट्युब र अन्य मेडिकल सामग्री राखिएको क्षेत्रमा विद्युत् सर्ट सर्किट भएपछि सुरु भएको हो। आगो तीव्र गतिमा फैलिएपछि गम्भीर बिरामीहरूको बचाउ गर्न नसकिएको एक वरिष्ठ चिकित्सकले जानकारी दिए।साँझपख सुरु भएको आगलागीले एकाएक पुरै ट्रमा सेन्टरलाई धुवाँले ढाकेपछि आइसीयूमा रहेका बिरामी अक्कल झुक्कल निकाल्न सकिएको थियो। घटनाको समयमा न्युरो आइसीयूमा ११ र छेउको अर्को आइसीयूमा १३ बिरामी उपचाररत थिए। तर आगोको चपेटामा परेका ८ जनाको म

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 545 पटक पढिएको
  • ५ सय ३७ किलो गाँजासहित एक जना पक्राउ

    विराटनगर— सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 445 पटक पढिएको
  • सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा

    काठमाडौं— समयानुकुल सेवासुविधा पाउनुपर्ने माग गर्दै विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। पोखरा र चितवनका प्रमुख मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको पाँचौँ तहको तलब संरचना अनुसार तलब वृद्धि गर्न माग गर्दै एकसाथ आन्दोलन सुरु गरेका छन्।पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र मणिपाल मेडिकल कलेजका नर्सहरूले केही दिनअघि अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तलब वृद्धि, कार्यभारअनुसार पारिश्रमिक संशोधन, अतिरिक्त समयको भुक्तानी र चाडपर्व भत्ताको सुनिश्चितता माग गरेका छन्। उनीहरूले तीन दिनभित्र माग सम्बोधन नभए शान्तिपूर्ण विरोधमा जाने चेतावनी दिएका थिए।उक्त माग पूरा नभएपछि प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 479 पटक पढिएको
  • दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण

    काठमाडौं— दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।२०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै दक्षिण चीनका विभिन्न क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।ग्वाङ्डोङ मौसम सेवा अनुसार आँधीको केन्द्रमा अधिकतम हावाको वेग प्रतिसेकेन्ड ४२ मिटर पुगेको थियो भने केन्द्रीय न्यूनतम वायुमण्डलीय दबाब ९६५ हेक्टोपास्कल मापन गरिएको थियो । आँधीको प्रभावका कारण ग्वाङ्डोङले आफ्नो तुफान आपतकालीन प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 502 पटक पढिएको
  • आफ्नै आमाको ज्यान लिने छोरा पक्राउ

    धादिङ— धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति धारिलो हतियार प्रहार गरी उनले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए । यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 480 पटक पढिएको
  • मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित

    मनाङ— मनाङ जिल्ला प्रदेशसभा क्षेत्र नं. २ मा तय गरिएको उपनिर्वाचन स्थगित भएको छ। निर्वाचन आयोगले विभिन्न प्राविधिक र प्रशासनिक कारण देखाउँदै उपनिर्वाचन रोकिएको जानकारी दिएको हो।निर्वाचन आयोग स्रोतका अनुसार, निर्वाचनको तयारीका क्रममा देखा परेका विविध अवरोध, स्थानीय स्तरमा देखिएको असहज परिस्थिति र प्राविधिक तयारी अपुरो भएकाले उपनिर्वाचन स्थगन गर्ने निर्णय गरिएको हो।यसअघि, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको समयावधिमा मनाङ–२ मा निर्वाचित सांसदको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको थियो। तर, आवश्यक पूर्वाधार, जनशक्ति तथा सुरक्षा व्यवस्थापनमा चुनौती देखा परेपछि प्रक्रिया अगाडि बढाउ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 478 पटक पढिएको
  • पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

    विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ ।घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पु¥याएको बताइएको छ ।आइतबार पनि नेपाली सेनाले गर्भवती महिला सहित दुई जनालाइ उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 129 पटक पढिएको
  • आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले गर्यो झण्डै २२ करोड भुक्तानी

    काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ ।हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत २१ करोड ७४ लाख ४५ हजार ८३१ भुक्तानी गरेको जनाएको छ ।उक्त दावी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोजराज लुइँटेलले बताए ।साथै

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 108 पटक पढिएको
  • आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 487 पटक पढिएको
  • सर्लाहीका १६ सय भन्दा बढी घर बाढीको डुबानमा

    सर्लाही— राजेन्द्र बिश्वकर्मा, सर्लाही दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका – ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका – ७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 476 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा