समाज

    Showing 2,691-2,700 of 6,642 items.
  • आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 487 पटक पढिएको
  • सर्लाहीका १६ सय भन्दा बढी घर बाढीको डुबानमा

    सर्लाही— राजेन्द्र बिश्वकर्मा, सर्लाही दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका – ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका – ७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 476 पटक पढिएको
  • हेटौंडामा बालगृहको गेटबाहिर नवजात शिशु फेला, अवस्था गम्भीर

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ। शिशुको तौल मात्र ७५० ग्राम रहेको र अत्यन्तै नाजुक अवस्थामा भेटिएको उनले बताइन्।शिशुलाई सुरुवाती उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 409 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

    काठमाडौं— नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित आइतबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए।तर आजदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 385 पटक पढिएको
  • बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामल गायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।सोमबार सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्।उनले लेखेकी छिन,‘अत्याधिक वर्षाका कारण ईलाम लगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिले मलाई दुखी तुल्याएको छ। यस कठिन घडीमा, दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। यस घडीमा, राहत र उद्धार कार्यमा अहोरात्र खटिनुहुने स

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 419 पटक पढिएको
  • विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा, प्रदेश सरकार सक्रिय रहेको दाबी

    विराटनगर— लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङमा पनि मृत्युका घटना भएका छन् ।प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।यसबीच, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मतक

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 469 पटक पढिएको
  • माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 415 पटक पढिएको
  • बाढीपहिरोमा परी पाँचथरमा दुई जनाको मृत्यु

    पाँचथर— बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको हो भने शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।त्यस्त मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी हुन् । फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएका छन्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 468 पटक पढिएको
  • रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने

    रामेछाप— लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पु¥याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।    गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बिपी राजमार्गमा ठुलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो । अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 424 पटक पढिएको
  • नेपाली सेनाको हेलिकप्टरमार्फत मृगौला रोगीलाई उपचारका लागि काठमाडौं ल्याइयो

    काठमाडौं— अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरु अवरुद्ध रहेका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 464 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा