काठमाडौं— सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जान
सप्तरी— जिल्लामा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।शम्भुनाथ नगरपालिका– २ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने गोविन्द चौकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ घर भएका २० वर्षीय मो. आजादको मृत्यु भएको हो ।गएराति पूर्वबाट पश्चिमतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका आजादलाई प्रहरीले उद्धार गरी उपचारका लागि युनिक अस्पताल रायपुरमा ल्याई थप उपचारका लागि राजविराजस्थित
गुल्मी— गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लाबास्थित कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । पहिरोका कारण सोमबारदेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबार साँझदेखि एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार सोमबार दिनभर पहिरो खसेको थियो । निकै लामो प्रयासपछि सडक एकतर्फी खुलेको हो ।यहाँबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो । ठुलो चट्टानसहित खसेको सुख्खा पहिरोका सडक सडक दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा सवारी
तनहुँ— तनहुँको व्यास नगरपालिका—१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ।स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
धरान — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित धरान–तरहरा सडकखण्डबाट २,१०० किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्रक चालक धनकुटाका ३२ वर्षीय राजेन्द्र राई , सहचालक ३३ वर्षीय सुनिल राई र सुनसरीका ३४ वर्षीय सुमन राई छन्।उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
म्याग्दी— म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए। “कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पु(याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सर
काठमाडौं — फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनले मंगलबार भैँसेपाटीस्थित मन्त्री निवास पुगेर गुनासो पोखेका हुन्।गृहमन्त्रीसँगको भेटमा डा. श्रेष्ठले कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे बताएका थिए। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्। रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका डा. श्रेष्ठ हाल हेटौँडा सरुवा भएका छन्। उनले रामेछापमै अमानवीय व्यवहार भएको आरोप लगाउँदै फेसबुकमा 'अलविदा' लेखेपछि सोमबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रम
मुगु— जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गएराती लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिए।दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन्।घाइते हुनेमा चन्दननाथ नगरपालिका–९ तल
काठमाण्डौं —सुनको भाउ आज एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।
काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित ईडिफाई ईन्टेरनेशनल स्कुलको कमाउण्ड भित्र उक्त स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना भएको छ । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्कीदा शिक्षक तथा बाल बालिकाहरु घाईते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । निम्न अस्पतालमा उपचार भइरहेको ।सर्लाहीको लालबन्दि न.पा. १४ घर भएकी ८ की वर्षीया रेश्मा मोक्तानको टाउको र निधारमा चोट लागेका,रामेछाप घर भइ हाल का.जि. स्वयम्भु बस्ने ९ वर्षीया नेशिया थापाको टाउँकोमा चोट लागेको, किर्तिपुर घर भएकी ९ वर्षीया निकिशा डंगोलको बायाँ खुट्टामा चोट, मकवानपुर
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.