समाज

    Showing 3,211-3,220 of 4,654 items.
  • काठमाडौंमा फेरि मेलम्चीको पानी वितरण सुरु

    काठमाडौं– काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौंको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे ।सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए।मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौं उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 124 पटक पढिएको
  • काठमाडौं उपत्यकाबाट बाहिरियो मनसुन

    काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौं उपत्यकाबाट पनि बाहिरिएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौं उपत्यकाबाट पनि बाहिरिएको छ ।महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ ।हाल कोसी प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।यता गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेस प्

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 311 पटक पढिएको
  • छतमा राखेर यात्रु बोक्नेलाई २० हजार जरिबाना

    धादिङ – जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम जरिबाना गरेको छ । यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो ।खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जीपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरिबाना  गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती गाडीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।प

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 477 पटक पढिएको
  • यात्रुलाई घरजान बाटोकै चिन्ता

    काठमाडौं— दशैं मनाउन घर फर्कनेहरुको चहलपहल बढ्न थालेको छ । तर विभिन्न ठाउँमा सडक अवरुद्ध र जीर्ण भएकाले यात्रा कष्टकर बनेको यात्रुको गुनासो छ । खुलेका सडकमा पनि पहिरोको जोखिम भएकाले यात्रुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् । बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग, कान्ति लोकपथ अझै खुलेको छैन । बझाङको जयपृथ्वी राजमार्ग पनि अस्ति आइतवारदेखि बन्द छ । सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि खुलेको छैन । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाड

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 502 पटक पढिएको
  • नवरात्र अन्तर्गत आज स्कन्दमाताको पूजा-आराधना

    काठमाडौं— बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ। त्यसपछि षष्ठी लाग्छ।स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। य

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 474 पटक पढिएको
  • बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

    काठमाडौं- अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको छ।बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २४६ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। विपदमा परी काठमाडौं उपत्यकामा ३७ जना, कोशी प्रदेशमा १४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ११५जना गरी जम्मा १७८ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ताक

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 345 पटक पढिएको
  • रक्सी खान छाड्नेलाई नगदसहित सम्मान

    खोटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ ।सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद पाँच हजार पाँच सय रुपैयाँका साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो। अत्यधिक मात्रामा मापसे गर्नाले समाजमा विकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्साहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरूलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिए।'अत्यधिक मात्रामा मादक पदार्थ सेवनले समाजमा झै

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 299 पटक पढिएको
  • मौसममा सुधार हुँदै, अब ठूलो पानी नपर्ने

    काठमाडौं— देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद रोजन लामिछानेले दिएको जानकारी अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । एक, दुई दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने उनले बताए । पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञा

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 234 पटक पढिएको
  • सहकारी पीडितको प्रदर्शन, आन्दोलनकारी प्रहरी नियन्त्रणमा

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुँदै गर्दा चितवन साहारा सहकारीका पीडितहरूले नारायणगढको लायन्स चोकमा प्रदर्शन गरेका थिए। प्रहरीले उनीहरूलाई कार्यक्रमस्थलमा पुग्न नदिएर नियन्त्रणमा लियो।पीडितहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा ढुङ्गा प्रहार भएको दाबी गरेका छन्। साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले समस्या सुनाउन खोज्दा हस्तक्षेप भएको बताए।

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 539 पटक पढिएको
  • सुनसहित दुई भारतीय नागरिक पक्राउ

    हेटौँडा– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन्। प्रहरीका अनुसार, बिहान ३ बजे पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरमा यात्रा गरिरहेका अभिषेक र राहुललाई रोकी जाँच गर्दा उनीहरूको साथबाट आठ वटा बिस्कुट आकारको सुन बरामद गरिएको हो। सुनको तौल ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको छ।प्रहरीले उक्त सुनको मूल्य

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 381 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा