काठमाडौं / अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ मोडेल र उत्साहका साथ पुनरागमन गर्ने तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस्तो जनाकारी दिएका हुन् ।नाइमा अटो मोबीलीटि एक्स्पोका बारेमा कुराकानी गर्दै यस वर्षको एक्स्पोमा फोर्डको नयाँ मोडलको उपस्थिति नरहे पनि अर्को वर्षदेखि यो ब्रान्ड अझ बलियो रूपमा प्रस्तुत हुने बताएका हुन् । गोल्छाका अनुसार सन् २०२१ सेप्टेम्बर ९ मा फोर्ड इन्डियाको प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको व्यवसायिक स्वरूपमा ठूलो परिवर्तन आएको छ ।विगतमा नेपालमा बिक्री हुने फोर्डका गाडीमध्ये ९५ प्रत
काठमाडौं / यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्सको छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ ।विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र स्रोतगत समस्याका कारण लामो समयदेखि थन्किएका लाइसेन्सहरू हालै छपाइ सकिएर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको जानकारी दिएको हो । विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौता अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्सहरू तयार पारिएको छ । प्राप्त विवरण अनुसार, साउन ७ गतेसम्ममा २७ लाख ४७ हजार २५३ थान कार्डहरू हुलाकमार्फत देशभरका सम्बन्ध
काठमाडौं / देशको आर्थिक समृद्धिका लागि लजिस्टिक क्षेत्र मेरुदण्डका रूपमा रहेको व्यवसायीहरुले बताएका छन् । नेपाललाई अविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रूपान्तरण गर्न लजिस्टिक पूर्वाधार विस्तार, क्षमता अभिवृद्धि तथा समुद्रपार व्यापारलाई थप सहज बनाउनु आवश्यक रहेको व्यवसायीहरुको भनाइ थियो । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन नेफाका अध्यक्ष राजेन्द्र संग्रौलाले व्यापार सहजीकरण, लजिस्टिक पूर्वाधार विकास तथा कानुनी सुधारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह पनि गरे । नेफाको ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष संग्रौलाले एसोसिएसनले व्यापारिक हकहित संरक्षण र व्यापार सहजी
जनकपुर / हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ ।जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन्। उनीहरुले हिन्दु राष्ट्र कायम गर हिन्दु मार्न पाइँदैन, मुस्लिम आयोग खारेज गर लगायतका नारा लगाउँदै जनकपुर बजार बन्द गराउँदै हिँडेका छन्। जनकपुरधामको सम्पूर्ण बजार अहिले ठप्प बनेको छ । प्रत्येक चोकमा ठूलो संख्यमा प्रहरी प्रशासन तथा सेना परिचालन गराइएको छ ।बजार बन्दले सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको छ।
काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए । ‘देशमा आज जताततै हिंसा हुने अवस्था छ । तर सरकार बेखबर छ । सरकार कहाँ छ भनेर सोध्न चाहन्छु । सरकार अव तपाई बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘किनकी दिनदहाडै देशमा गोली चलेको छ । हत्या हिंसा भएको छ । देशमा संकट हुने अवस्था छ । तर सरकार बेखबर छ ।’ उनले सरकार जनताको वास्तविक अवस्था बुझ्न बाहिर निस्किनुपर्ने भन्दै देशको
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए । उनले लामो समयदेखि प्रधानमन्त्रीलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन पुनः अनुरोध गरे । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने उनले बताए ।उनले भने,‘ हामीले लामो समयदेखि प्रधानमन्त्रीज्यूलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन भनी नै रहेका छौँ । तर
भक्तपुर / प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।समितिले बिहीबार जारी गरेको अपिलमा कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापनसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन तथा वार्ताका प्रयास भए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको जनाएको छ । समितिका अनुसार यसअघि दिइएको २४ घण्टे अल्टिमेटमको अवधि समाप्त हुँदा पनि व्यवस्थापन पक्षबाट मागप्रति सकारात
काठमाडौं / नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।नागरिकको ज्यान जाने गर
काठमाडौं / प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
काठमाडौं / प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे बैठक बोलाएका हुन् । बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुने छ । नेपालको संविधान भाग २८ मा भएको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.