समाज

    Showing 3,551-3,560 of 6,681 items.
  • भदौ १५ र १६ गरे सुदूरपश्चिममा सार्वजनिक बिदा

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वको गौराको रौनक छ । १२ भदौ अर्थात पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्वको आज तेस्रो दिन । ‘ठूली गौरा’ मनाइँदैछ । आजका दिन व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । आजको दिनलाई स्थानीय भाषामा भितरीकी गौरा अथवा ठूली गौरा भनिन्छ । व्रतालु महिलाले आज गौरालाई गौरा घरमा भित्र्याउने चलन छ । व्रतालु महिला एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको छ ।गौराको मुख्य दिन भने भोलि हो । भोलि अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गल गानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । गौरा महेश्वरको प

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 445 पटक पढिएको
  • कार अनियन्त्रित भई दुर्घटना हुँदा चिकित्सकको मृत्यु

    चितवन— चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा। विप्लब भट्टको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • 452 पटक पढिएको
  • शिक्षक महासंघद्वारा जनकपुरधाम उपमहानगरपालिकामा धर्ना

    जनकपुर— नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।जनकपुरधाममा महासंघको स्थानीय आन्दोलन परिचालन समितिका संयोजक गौरीशंकर लाल कर्णले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएका हुन् ।महासंघले २०७५, २०७८ र २०८० सालमा आन्दोलनमार्फत क्रमशः ३०, ५१ र ६ बुँदे सहमति गरेको र सोही सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री ऐन ल्याउनुपर्ने माग गर्दै २०८१–८२ मा लामो आन्दोलन गरेको जनाएको छ । उक्त आन्दोलनको बलमा २०८२ वैशाख १७ गते मन्त

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 550 पटक पढिएको
  • वीरगञ्जमा हैजाका बिरामीहरुको संख्या ७ सय नजिक, २४ घण्टामा थप ७५ जनामा संक्रमण

    वीरगञ्ज— पर्सामा हैजा संक्रमण अझै रोकिएको छैन । वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएपछि जिल्लामा कुल संक्रमितको संख्या ६ सय ९७ पुगेको छ ।हाल १७ सरकारी र निजी स्वास्थ्य संस्थामा १९३ जना बिरामी उपचाररत छन्, तीमध्ये ३३ जना आईसीयू र चारजना एचडीयूमा छन् । अहिलेसम्म ५०४ जनालाई डिस्चार्ज गरिएको छ ।नारायणी अस्पतालमा सबैभन्दा बढी ८३ जना उपचाररत छन्, जसमा १४ जना आईसीयूमा छन् । तराई अस्पतालमा २९ जना उपचाररत छन् भने नेशनल मेडिकल कलेज र प्रभु अस्पतालमा १०र१० जना छन् । स्रोत पत्ता नलाग्दा हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।  

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 487 पटक पढिएको
  • मन्त्री चौधरी भन्छन नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ

    काठमाडौं— युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री चौधरीले विगत ६ दशकको इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपाललाई विश्वमा चिनाएको उल्लेख गरे ।उनले भने, ‘विगत ६ दशक भन्दा लामो इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह, अवरोह पार गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रय खेलकुदका क्षेत्रमा पदक प्राप्त गरी विश्वसामू नेपालको झण्डा फहर

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 554 पटक पढिएको
  • कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने

    मुग— नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मुगुमा वि.स. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको बिशेष पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको मन्त्री शाहीले बताए । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग  जोडिएको मुगुम कार्मारोङ  गाउँपालिकाको

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 631 पटक पढिएको
  • नेपाल प्रहरीका ३२ महानिरीक्षकः तोरणदेखि चन्द्रदेवसम्म

    काठमाडौं— नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । यद्यपि, २००७ सालको क्रान्तिपछि नै प्रहरी इकाईलाई संगठित बनाउन प्रहरी प्रधान कार्यालय सन् १९५१ (वि.सं. २००७ चैत) मा स्थापना गरिएको थियो ।त्यतिबेलादेखि हालसम्म ३१ जनाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका छन् । तर, हालसम्म नेपाल प्रहरीमा कतिजना आइजीपी भइसकेका छन् ? त्यस्तै नेपाल प्रहरीका पहिलो आइजीपीदेखि ३१ औँ सम्मको फेहरिस्त रोचक छ । १. तोरण शमशेर जबरा: नेपाल प्रहरीको पहिलो आईजिपी हुन् तोरण शमशेर जबरा । प्रधान कार्यालयको स्थापनापछि जबरालाई २००७ चैतमा आईजिपी

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 580 पटक पढिएको
  • सांसदहरुको आक्रोश: सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकार जनताको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएकी छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले संसदमा सरकार जनमुखी नभएको र सत्ताका निकट व्यक्तिहरूलाई जोगाउन मात्रै लागेको आरोप लगाइन् ।‘रास्वपाले जहिले पनि जनताको आवाज उठाइरहेको हो सदनमा,’सांसद कठायतले भनिन्, ‘मान्छे बेचिएको, नागरिक बेचिएको भन्ने समाचार आउँदा सरकार मौन बस्नु हुँदैन ।दोषीमाथि कारबाही गर्नुपर्ने हो। तर सरकार जनताको पीडाभन्दा पनि आफ्नो कुर्सी जोगाउने र आफ्ना मान्छेहरूलाई कसरी जोगाउने भन्नेमा केन्द्रित छ ।’उनले संसदमा जनताको आवाज नसुन्ने हो

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 532 पटक पढिएको
  • बेहोस् भई ढलेका प्रहरी सहायक निरीक्षकको उपचारका क्रममा निधन

    ताप्लेजुङ— जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा बेहोस् भई ढलेका भुजेलको उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । बेहोस् भई ढलेका उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको डीएसपी गौतमको भनाइ छ ।४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 469 पटक पढिएको
  • मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    जनकपुर— मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए । प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२/०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र समस्या समाधान गर्नुको साटो अल्पमत र बहुमतको खेल गरेको आरोप लगाएका छन्  ।बहुमतको बल प्रयोग गरी बजेट पास गरेकाले अब ऐन कानुन बनाउन किन हामीलाई खोज्नुपर्यो भनेर प्रमुख प्रतिपक्षका सांसदहरुले प्रश्न गरेका छन् ।उनीहरुले बजेटमा दे

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 523 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा