समाज

    Showing 351-360 of 6,537 items.
  • गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

    रौतहट— विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्।शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ।अहिले रौतहट तथा सर्लाहीका किसानले बोटबाटै गोलभेँडा प्रतिकेजी १०० रुपैयाँमा व्यापारीलाई बिक्री गरिरहेका छन्। किसानबाट १०० रुपैयाँमा खरिद गरिएको गोलभेँडा उपभोक्तासम्म पुग्दा खुद्रा बजारमा १२० रुपैयाँसम्म पर्ने गरेको छ।किन बढ्यो मूल्य ?गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको भारी गिरावट हो। रौतहट जयनगरका क

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 401 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।आज भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए ।उनलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 360 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा एक बाँकी

    काठमाडौं— नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णा

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 342 पटक पढिएको
  • प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

    कर्णाली। लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ ।अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका तालिमप्राप्त स्वास्थ्यकर्मीले प्रयोगात्

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 163 पटक पढिएको
  • जनकपुरधाममा गगन थापाको पुतला दहन

    जनकपुर— जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो ।नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुव्र्यवहार गरेकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा आज जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यक

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 371 पटक पढिएको
  • नमूना पुस्तकालयलाई पुस्तक सहयोग गर्न आग्रह

    बैतडी— जिल्लाको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय बनाउन आवश्यक गृहकार्य अगाडि बढाइएको छ । पठन संस्कृतिको विकास एवं र विभिन्न आवश्यक पुस्तक सहजै उपलब्ध गराउने उद्देश्यसहित उक्त गृहकार्य अगाडि बढाइएको हो ।  विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले गत असोज ६ गतेदेखि पुस्तकालयको सुरुआत गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जम्मा भइसकेका बताए। पुस्तकालयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुस्तक सहयोग गरिरहेका छन् । पुस्तकालयका लागि पुर्चौंडी घर भई विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढीले पुस्तक उपलब्ध गराएका जनाइएको छ । पुस्तकालयमा धार्मिक, शैक्षिक, वि

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 377 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं—  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ।आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। हाल राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल फागुन २० गतेदेखि समाप्त हुँदैछ, जसका लागि निर्वाचन हुन लागेको हो।निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउनेछन् र सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 367 पटक पढिएको
  • आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बोलाइएको छ । बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ । मंगलबारको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका  थिए । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले भने आपत्ति जनाउँदै आएको छ । 

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 347 पटक पढिएको
  • आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन्ः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् ।काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् ।उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’त्यस्तै उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए ।‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 350 पटक पढिएको
  • सिनामंगलको काठ गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

    काठमाडौं— काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको काठ तथा फर्निचरको गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रारम्भिक रूपमा घरबाट सल्किएको आगो नजिकै रहेको काठ तथा फर्निचरको गोदाममा फैलिएको हुन सक्ने जानकारी दिएका छन्।हाल नेपाल प्रहरी, नगर प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याउने कार्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 402 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा