समाज

    Showing 351-360 of 11,005 items.
  • राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 87 पटक पढिएको
  • ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

    काठमाडौं / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका करिब १४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमब

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 108 पटक पढिएको
  • विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर

    विराटनगर / विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराती विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको कार्गो सामान विमानस्थलको प्रस्थान केन्द्रमा एक्स–रे मेसिनबाट जाँच गर्दा शंकास्पद वस्तु देखिएको थियो ।त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहर

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 128 पटक पढिएको
  • सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

    रौतहट / रौतहटको गढीमाई नगरपालिका वडा नं.७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । साउन १३ गते बुधबार राति अन्दाजी ९ बजेको समयमा पौडेल रौतहट निर्वाचन क्षेत्र नं. ४ का जनताका गुनासाहरू सुनिरहेका थिए । सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए ।उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 153 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

    काठमाडौं / अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा जनचेतना फैलाउने र विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइन्छ। पछिल्लो समय मानव बेचबिखनको स्वरूप र आयाम विस्तार हुँदै गएसँगै यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । वैदेशिक रोजगारी, शिक्षा, विवाह तथा आकर्षक रोजगारीको प्रलोभन देखाई हुने बेचबिखनका घटना बढ्दै गएकाले यसविरुद्ध प्रभावकारी कानुनी कार्यान्वयन, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 170 पटक पढिएको
  • अधिकांक सुदूरपश्चिम प्रदेश सभाका सदस्य काठमाडौंमा

    धनगढी / सुदूरपश्चिम प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै सरकार गठनको बाटो खुला भएपनि मन्त्रालयको भागबन्डा मिलाउन सकस हुँदा ढिलाई भएको छ ।केन्द्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेबीच प्रदेशमा सहकार्य गरेर सरकार सञ्चालन गर्ने सहमित अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने तय भएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री लगभ तय भएको छ । तर, सत्ता साझेदार दलभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा भागबन्डा मिलाउन सकस भइरहेको नेकपाका एक प्रदेश सभा सदस्यको भनाई छ ।कुल ७ वटा मन्त्रालय रहेको सुदूरपश्चिममा मात्र नयाँ राजनी

    • प्रकाशित मितिः साउन १४, २०८३
    • 138 पटक पढिएको
  • मासु उद्योगमा नियमन कडाइ, गुणस्तर मापदण्डले बजारको संरचना बदल्ने

    काठमाडौं— सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने संकेत देखिएको छ ।कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले ऐन कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएकी छन् भने पशु सेवा विभागले कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ ।सरकारको यो कदमलाई उपभोक्ता स्वास्थ्य सुरक्षासँगै मासु उद्योगको संरचनागत सुधारका रूपमा हेरिएको छ । हाल देशका अधिकांश क्षेत्रमा पशु वध, मासु ढुवानी र बिक्री वितरण परम्परागत ढंगबाट हुँदै आएको छ । ऐन लागू भएपछि वधशाला सञ्चालन, पशुको स्वास्थ्य परीक्षण, मासुको भण्डार

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 439 पटक पढिएको
  • नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

    काठमाडौं— नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दायर गरी कारबाही नगरिएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्याय भएको तथा वार्तामा सहभागी चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुव्र्यवहार भएको उल्लेख गरेको छ । स

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 394 पटक पढिएको
  • कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले भोली मात्रै श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए । उनले भने, ‘पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको भएको छ । आज उनको शव हेलिअस हस्पिटलमा छ । भोली मात्र पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ ।’शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि उनले बताए ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 167 पटक पढिएको
  • वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

    रौतहट / पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा गरिएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाउनुपरेको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौलीको चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना दिदीबहिनीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा स्थानीय प्रभु ठाकुरका ५ वर्षीया छोरी पुच्की ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुर रहेका छन् । सोमबारदेखि हराइरहेका उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।स्थानीयका अनुसार, सोमबार दिउँसो दुवै बालिका आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 74 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.