समाज

    Showing 3,961-3,970 of 6,699 items.
  • पाँच करोड ७४ लाख मूल्यकाअवैध सामान सशस्त्र प्रहरी बल रौतहटद्वारा बरामद

    रौतहट— सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा रु पाँच करोड ७४ लाख दुई हजार ६९९ मूल्य पर्ने सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए।“गत आवमा मात्रै रु दुई करोड ३१ लाख ४७ हजार मूल्य पर्ने स्कोरपियो गाडीदेखि साइकलसम्मका सवारीसाधन बरामद गरेका छौँ”, उनले भने, “सोही अवधिमा रु दुई करोड ४८ लाख ४५ हजार ६५३ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 477 पटक पढिएको
  • एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, काठमाडौं गोर्खाजको अक्सन पूरा

    काठमाडौं  –  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को निम्ति भएको मिनि अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । शनिबार काठमाडौंमा जारी अक्सनमा छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए भने पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रूपैयाँमा खरिद गरिएको छ ।सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाडौं गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 396 पटक पढिएको
  • देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

    काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिबाट सन्यास लिन्छौं भनेको दिन सबैभन्दा खुसी आफू हुने बताए । उनले भने,‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले आजको दिन

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 520 पटक पढिएको
  • घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुन उच्च मूल्यबाट २०० रुपैयाँ घटेर कारोबार भएको छ । आज सुन एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 501 पटक पढिएको
  • पर्साको ठोरीमा पाटे बाघ मृत अवस्थामा भेटियो

    पर्सा— पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । आइतबार विहान ७ः३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए।“ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी  विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ”, उनले भने, “पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ ।” पर्सा

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 459 पटक पढिएको
  • रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

    रामेछाप –  रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । श्रीमान् भने घाइते भएका छन्। आइतबार बिहान सदरमुकाम मन्थलीबाट  हटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीहरुको ज्यान गएको हो। दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए। गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल महिलाको शव निकालिएको प्रहरीले जन

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 432 पटक पढिएको
  • लखेटीलखेटी बालिकालाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

    दैलेख— दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तिजको नाँच हेर्न गएकी बालिका बलात्कारमा परेकी छिन्। गाउँका दुई युवकले लखेटीलखेटी बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।बालिका बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए। पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी छन्। उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। आरोपितहरुले बलात्कार गरेकी

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 503 पटक पढिएको
  • पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    काठमाडौं –  सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न हवाइ भाडामा लाग्दै आएको विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको हो ।मन्त्रालयले जारी गरेको विज्ञप्तीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न ४ शिर्षकमा छुट दिने निर्णय भएको उल्लेख छ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 637 पटक पढिएको
  • ‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रामा हास्य र चेतनाको संगम

    बर्दिवास— गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल महोत्तरीले शनिबार बर्दिवासमा आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ विशेष हास्यव्यङ्ग्य महोत्सव उत्साहका साथ सम्पन्न भएको छ ।गौतम होटलको सभाहल हाँसो, ताली र रमाइलोको लहरले भरिएको थियो । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य र नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट उपस्थितिले कार्यक्रमको गरिमा बढायो । उपाध्यक्ष जीवनराज दाहालले स्वागत मन्तव्य दिए भने सह–सञ्चालन विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले सुरुदेखि अन्त्यसम्म माहोल चुलाइरहे ।कार्यक्रममा कविता, गीत, नृत्य, जादु र प्रहसनजस्ता विविध प्रस्तु

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 554 पटक पढिएको
  • माबिलुङ इनर्जीले सोमदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    काठमाडौं— माबिलुङ इनर्जी लिमिटेडले भोलि (सोमबा्) २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीक

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 451 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा