रामेछाप – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो ।अनुसन्धानका क्रममा उनीहरु शनिबार बिहानको राती १ बजे सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जिवन भन्ने नविन बिकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा &
जनकपुर — धनुषा जिल्लामा एक दर्दनाक घटना भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक सोमबार राति भएको एक आक्रमणमा १४ वर्षीया बालिकाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।बटेश्वर गाउँपालिका–५ निवासी दिनेश यादवकी छोरी अञ्चली यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा देवी र १५ वर्षीया भतिजी राधा पनि घाइते भएका छन्। आशा देवीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र हातमा चोट पुगेको छ। उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।यस
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ । बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा रामेछाप र सिन्धुली प्रहरी जुटेको छ । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए । बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए । छिमेकीक
सुनसरी— धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचका क्रममा इटहरीका २० वर्षीय युवराज निरौलाको मृत्यु भएको घटनामा परिवारले प्रहरीमाथि कुटपिटको गम्भीर आरोप लगाएका छन्।इटहरी उपमहानगरपालिका–२ का निरौला र उदयपुर बेलका–३ निवासी २२ वर्षीय दीपक कटुवाल गत साउन ९ गते साँझ करिब ८ बजे धरानतर्फ जाँदै गर्दा प्रहरी चेकजाँचमा परेका थिए। लागूऔषध सेवनको आशंकामा उनीहरूलाई रोकेको प्रहरीले जनाएको छ।मृतकका भाइ सन्तोष निरौलाका अनुसार, चेकजाँचका क्रममा सामान्य भनाभनपछि प्रहरीले युवराजमाथि चौकीभित्रै बुट र हातले छाती तथा टाउकोमा कुटपिट गरेको आरोप छ। “झैझगडा भएपछि दाजुलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरियो,” सन्तोषले भने,
सिन्धुली— सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीस्थित एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। उर्मिला हायुको परिवारका सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएपछि सम्पर्कविहीन भएका हुन्।ती सबै सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय गएका वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सुरक्षा भत्ता बुझेर उनीहरु घर फर्किएका थिए। त्यसपछि घरमा नदेखिएको र हालसम्म पनि सम्पर्कमा नआएको उनले जानकारी दिए।“उनीहरू वडा कार्यालयबाट फर्केका थिए, तर अहिले घरमा कोही छैनन्। घरमा सामान्य रूपमा आगलागी भएको देखिन्छ र घरपालुवा जनावरहरू पनि अलपत्र अवस्थामा
रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालु मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, मृतकहरूमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलवारीका मनोज न्यौपाने रहेका छन्।उनीहरू साउन ११ गते शनिबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि खोज तथा उद्धारका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी उनीहरूको शव कुण्डबाट निकालिएको हो।नेपाली सेनाले शवहरू नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको जा
दाङ— सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका छन ।सोमबार (आज) बिहान उनलाई घरभित्र सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । यादवको उपचारको क्रममा आज राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए।
काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ का ४२ वर्षीय हेम बहादुर तामाङ, टोखा नगरपालिका–१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–२ की ३५ वर्षीया ईश्वरी थापा र चन्द्रागिरी नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ की ६१ वर्षीया मैया देवी उप्रेती छन्।हेम बहादुरले सिंगापुर पठाइदिन्छु भन्दै दुई जनाबाट २ लाख ७० हजार रुपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ५० हजार रुपैयाँ र मैया देवीले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी
ताप्लेजुङ— ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय २८ वर्षीया भावना विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।शुक्रबार बिहान करिब पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ जाँदै गरेको मे.१ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकमै अनियन्त्रण भई करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गाडी चालक ३३ वर्षीय सविन बिष्ट भने घाइते अवस्थामा रहेका छन् । उनी हाल झापाको बिर्ता सिटी अस्पतालमा उपचाररत
मोरङ— मोरङको विराटनगर महानगरपालिका–६ स्थित धुधुवा खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दीपक पासवानकी छोरी आरुषी पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।शुक्रबार अपराह्न करिब ४ बजे घर नजिकैको धुधुवा खोलामा खेल्ने क्रममा उनी खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ। पानीमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।बालिकाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.