समाज

    Showing 4,361-4,370 of 4,748 items.
  • विकास निर्माणका काममा युवाको सक्रियता

    गलेश्वर / विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् ।वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँ बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुवँर, कृष्ण पोख्रे

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 80 पटक पढिएको
  • वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन

    बलेवा / ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवद्र्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबीच  समन्वय गर्ने

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 68 पटक पढिएको
  • पानीमा डुबीरहेको अवस्थामा एक पुरुष मृत फेला

    बिर्तामोड / झापाको हल्दिवारी गाउँपालिका –४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 156 पटक पढिएको
  • झापाको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाखको क्षति

    झापा / झापाको मेचीनगर नगरपालिका –१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहिवार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 207 पटक पढिएको
  • वरिष्ठ गायक प्रधानको निधन

    बिर्तामोड / वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मीएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । उनले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 66 पटक पढिएको
  • महेन्द्र पार्क अव नाममा मात्रै सिमित

    भद्रपुर / कुनै समय झापाकै सबैभन्दा धेरै पर्यटक आउने महेन्द्र पार्क अहिले नाममा मात्र सिमित भएको छ । झापाको भद्रपुर नगरपालिका वडा नं. – ८ मा रहेको महेन्द्र पार्कको स्थापना वि.सं. २०२८ मा गरिएको थियो । उक्त पार्क एक बिघा दुई कठ्ठा दश धुर क्षेत्रफलमा निमार्ण गरिएको थियो । सो पार्कमा मनोरञ्जन लिन, अवलोकन गर्नका लागि कयौँ संख्यामा पर्यटकहरु आउने गर्थे । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको मध्यभागमा महेन्द्र पार्क निर्माण गरिएको थियो । पार्कको बीचमा राजा महेन्द्रको मूर्ति राखिएको थियो । उक्त पार्कको मूलद्वार विभिन्न कलाकृत कुँदेर निमार्ण गरिएको थियो । मूलढोकाको सिरानीमा&nbs

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 70 पटक पढिएको
  • जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग

    लुम्बिनी / रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगोका हुन् । सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन् ।नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 96 पटक पढिएको
  • १२ किलो गाँजासहित तीन युवक पक्राउ

    धनगढी / गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका – ११  बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम लागुऔषध गाँजासहित धनगढीमाई नगरपालिका १३ निवासी २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादवलाई पक्राउ गरेको हो ।  प्रहरीले धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोमा मोटरसाइकल जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार तीनै जनाको साथबाट गाँजा बरामद् भएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहान सिरहाका प्रहरी नायब उपरिक्षक डा. तपनकुमार दाहालले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 73 पटक पढिएको
  • कैदीबन्दीसँग भेट्न रोक

    लहान / कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ । कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ । जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघाटमा रोक लगाइएको कारारगार प्रमुख बबिता महतोले जानकारी दिए ।  भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र ल्याउन रोक लगाइएको कारागार प्रमुम महतो

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 72 पटक पढिएको
  • बट्टाईपालनमा युवा आकर्षित

    बाँके / बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिक रुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उहाँको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल भएका छन् । रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेका मानबहादुर एक कुशल कलाकारका साथै प्रखर वक्ताको रुपमा पनि चिनिन्छन् । अहिले उनीको परिचय त्यतिमा मात्र सिमित छैन, एक व्यावसायिक किसानको रुपमा पनि चिन्न थालिएको छ । लामो समयदेखि राजनीतिमा लागेका मानबहादुरको ध्यान अब आर्थिक उपार्जन गरी समाज परिवर्तनतर्फ सोझिएको छ

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 110 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा