समाज

    Showing 5,001-5,010 of 6,735 items.
  • प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ

    विराटनगर— झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ बर्षीय उत्तम कार्की, २५ बर्षीया निर्मला थापा, २९ बर्षीय बसन्त तामाङ, २० बर्षीय दिवश तामाङ, २५ बर्षीय धिरज राई, २४ बर्षीय संजय राई, १९ बर्षीय मौसम राई, २० बर्षीय रेन्जि शेर्पा, २० बर्षीय संगित राई, २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई र २९ बर्षीय दिपेश राई रहेका छन् ।झापाको बुद्धशान्ती गाउँपालिका–३ बुधबारे बजार स्थितबाट स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले न

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 280 पटक पढिएको
  • आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

    दाङ— आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 237 पटक पढिएको
  • मेला गएर फर्कने क्रममा बाढीले बगाउँदा महिला बेपत्ता

    काभ्रेपलाञ्चोक— सोमबार दिउँसो परेको अविरल वर्षापछिको बाढीमा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता महिलाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्।मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो। कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो।मंगलबार (आज) बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताए। सोामबारको

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 256 पटक पढिएको
  • निकिताद्वारा व्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग

    सर्लाही— बागमती नगरपालिका वडा नंं ११ घर भएका विनय बि.क. लाई ५०,००० नगद सहयोग गरेका छन् । विगत १ बर्ष देखि क्यानसर सँग लड्दै आए विकलाई नगद उपलब्ध गराएका हुन् ।सर्लाही हरिवन नगरपालिकाकी निकिता लाखे परियारले सहयोग सङकलन गरि ५०,००० रुपैयाँ नगद विनयको परिवारलाइ हस्तानतरण गरेकी हुन । न्युन आर्थिक अवस्था भएकाले क्यान्सर पीडितलाई सो रकम उपलब्ध हस्तान्तर गरेको हुन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 547 पटक पढिएको
  • गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    गुल्मी— गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा गएका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 316 पटक पढिएको
  • आज उभौली पर्व मनाउँदै किरात समुदाय

    काठमाडौं— प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।बाली लगाउनुअघि गाउँ/गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 274 पटक पढिएको
  • भन्सार छलीका ७२ लाखको सामान भुसमुनि भेटियो

    काठमाडौं— भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रकलाई प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिइएको छ ।साँगाबाट काठमाडौंतर्फ आइरहेको बा.४ ख.७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा तथा धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको जनाएको छ ।ट्रकबाट बरामद गरिएको सामग्रीमा कुर्ता सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपु

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 333 पटक पढिएको
  • काभ्रेमा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब १०० मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 284 पटक पढिएको
  • बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु

    सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–१०स्थितमा बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु भएको छ । विहीबार स्थानिय  उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागी घाईते भएका थिए । उनलाई तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जनाइको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 202 पटक पढिएको
  • खेतमा जमेको पानीमा डुबी नाबालिकाको मृत्यु

    झापा— झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ । विहिबार खेतमा जमेको पानीमा डुबी १५ महिनाकी नाबालिकाको मृत्यु भएको हो ।लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घर निजकै धान खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेकी हुन् । मृतककी आमा कल्पना टुडुले नै छोरीलाई पानीमा डुबेको देखेकी थिइन् । नाबालिका छोरीलाई पानीबाट निकाली हेर्दा मृत्यु भइसकेको भनि तत्काल इलाका प्रहरी कार्यलय शिवगंजमा जानकारी गराएको प्रहरीले जनाएको छ । कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम पश्चात शव आफ्न्तलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 272 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा