समाज

    Showing 5,031-5,040 of 6,735 items.
  • भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ

    काठमाडौं— भक्तपुर जिल्लामा विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर थिमी नगरपालिका–४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 199 पटक पढिएको
  • ४३ लाख सहित युवक पक्राउ

    काठमाडौं— प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार छन् । आरोपी बस्ने डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय रुपैयाँ नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ भेटिएको कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले रातोपाटीलाई बताए । आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 325 पटक पढिएको
  • पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं— पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् ।असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०ः१० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक छन् । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरु

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 321 पटक पढिएको
  • हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट

    काठमाडौं— अछामको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन्। शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा आगलागी भएको हो । शुभेच्छा मःम सेन्टरमा विद्युत् ‘सट’ भएर आगो सल्किएको थियो । तीब्र गतिमा फैलिएको आगोले वरपर टिनका टहरामा सञ्चालित १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा लिएको उनले बताए। डीएसपी भण्डारीका अनुसार आगलागीमा मानवीय र पशुचौपाया क्षति भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम शुुरु भएको प्रह

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 302 पटक पढिएको
  • भन्सार छलीको ३ मोटरसाइकलसहित लाखौँको सामान बरामद

    काठमाडौं— जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले चेकजाँचको क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ थान मोटरसाइकल र ४ साइकल बरामद गरेको छ।सीमावर्ती भारतीय बजारबाट खरिदगरी भित्र्याइँदै गरेको तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्ससहित उक्त सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए ।बरामद सामान सहित सवारी साधन आवश्यक कारबाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 286 पटक पढिएको
  • जिपको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं— चितवनको भरतपुरमा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरपालिका–७, प्रेमबस्ती चोकमा दुर्घटना हुँदा भरतपुर–६ इन्द्रपुरी निवासी ५२ वर्षीया लक्ष्मी वाग्ले घाइते भइ घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशातर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।ट्राफिक प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार ठक्करपछि बोलेरो जिप सडकमै पल्टिएको थियो । स्कुटरमा सवार वाग्लेलाई किचेको प्रहरीले जनाएको छ।जिप चालकलाई प्रहरीले नियन्त्रणमा लि

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 313 पटक पढिएको
  • ठगी मुद्दामा फरार प्रतिवादी लुइँटेल पक्राउ

    काठमाडौं—  प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेललाई मंगलबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा।लिकाका सञ्चालक समेत रहेका उनीमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । उनका अनुसार लुइँटेलले  भारत, मलेसिया, सिङ्गापुर

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 285 पटक पढिएको
  • तीनकुने घटनामा संलग्न आरोपमा थप एक जना पक्राउ

    काठमाडौं—  काठमाडौंको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।रायमाझी दुर्गा प्रसाईँ निकट भनेर चिनिन्छन् । उनी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 278 पटक पढिएको
  • विष खाएका एकै घरका तीन बालबालिकाको मृत्यु

    काठमाडौं— धनुषामा विष सेवन गरेका एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्लाको शहीदनगर नगरपालिका ५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले थाहाखबरलाई जानकारी दिए। आमा ३० वर्षीया पविता साह गम्भीर रहेकी प्रहरीले जनाएको छ। उनको प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।घटना सोमवार साँझ ६ः४० बजेको समयमा भएको हो। घरमै आमासहित उनीहरू विष सेवन गरेको अवस्थामा फेला परेका र उपचारका लागि अस्पताल लैज

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 223 पटक पढिएको
  • उपसचिव हुँ भन्दै ठगीगरेको अरोपमा एक महिला पक्राउ

    काठमाडौं— नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल  ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षिय जानकी न्यौपाने रहेकी छन् । उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् । उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अनय केही व्यक्तिबाट समेत रकम लिएकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो । उनीमाथि ठगी सम्ब

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 362 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा