रामेछाप / अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् ।गौरीशंकर गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गए राति करिब ११ बजेतिर आएको बाढीले बगाएर बेपत्ता बनाएको हो । वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ दुई खोलाको बिचमा फसेका छन्। उनीहरू सुरक्षित स्थानमा जान नसक्ने अवस्थामा रहेकाले तत्काल उद्धार आवश्यक भएको उनले बता
काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले देशका तीन प्रमुख बाल सुधार गृहको स्थलगत अनुगमनपछि त्यहाँ रहेका बालविजयकर्ताको अवस्था अत्यन्तै चिन्ताजनक रहेको निष्कर्ष निकालेको छ ।उपसमितिले भक्तपुर, रूपन्देही र कास्कीस्थित बाल सुधार गृहको अध्ययन गर्दै भौतिक पूर्वाधारको अभाव, उमेर तथा अपराधका आधारमा वर्गीकरण नहुनु, शिक्षा तथा सीपमूलक कार्यक्रमको कमी, न्यायिक प्रक्रियाको ढिलाइ र पुनःस्थापनामा देखिएका समस्यालाई औँल्याएको हो । ४५ दिनको अध्ययनपछि तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्दै उपसमितिकी संयोजक तथा सांसद निनुकुमारी कर्णले बाल सुधार गृहलाई सुधार
दोलखा। अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोले एक वृद्ध बेपत्ता भएका छन्। पहिरोले स्थानीय बस्ती र जलविद्युत् आयोजनालाई जोखिममा पारे पनि आयोजनामा कार्यरत चार कर्मचारीलाई भने उद्धार टोलीले सुरक्षित स्थानमा पुर्याएको छ। खोजीका लागि सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोली परिचालित भएको छ। स्थानीयका अनुसार पहिरोले तामाङलाई बगाएपछि तत्काल खोज तथा उद्धार अभियान सुरु गरिएको हो। मौसम प्रतिकूल रहे पनि बेपत्ता वृद्धको अवस्था पत्ता लगाउन निरन्तर प्रयास भइरहेको छ।यता, पहिरोको जोखिममा परेको नजिकैको जलविद्युत् आयोजनामा कार्यरत चार कर्मचारीलाई भने उद्धार टोलीले सकुशल बाहिर
काठमाडौं— भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो ।मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण हिजो नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ। साथै, २५ सय मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रि
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।देशभर साधारणतया बादल लागेको छ । कोशी र गण्डकी प्रदेशका केहि स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिमको
काठमाडौं / नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु–याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका वडा नं. २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी का
स्याङ्जा । निर्वाचनअघि गरेको पुल निर्माणको वाचा पूरा नभएको भन्दै स्याङ्जा–१ का रास्वपा सांसद डा. धनञ्जय रेग्मीलाई आफ्नै मतदाताले पुल तर्न रोकेका छन्।सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा स्थानीयले पुल निर्माणको माग गर्दै सांसदको बाटो अवरुद्ध गरेका देखिन्छन्। सांसद रेग्मीले पनि स्थानीयको असन्तुष्टि जायज रहेको स्वीकार गरेका छन्।उनका अनुसार सम्बन्धित क्षेत्रमा पुल निर्माणका लागि योजना प्रस्ताव गरिए पनि अन्तिम बजेटमा समावेश हुन सकेन। त्यसपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले फोनमार्फत उक्त पुल अर्को शीर्षकबाट अघि बढाइने र निर्माण सुनिश्चित गरिने जानकारी दिएको रेग्मीले बताएका छन्।स्थानीयका अनुसा
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकार कोतर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवद्र्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।अमेरिकाले नेपा
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताएका छन् । साथै, जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी जलस्रोत विधेयकलाई थप परिष्कृत र समयानुकूल बनाउने काम भइरहेको पनि उनले बताएका छन्। मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरूको सहभागितामा आयोजित ऊर्जा तथा जलस्रोत सम्बन्धी विषयगत समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको स्थलगत अध्ययनबाट सिँचाइ र कृषिलाई सँगै अघि बढाउनुपर्ने आवश्यकता स्पष्ट भएको बताए।उनले भने, ‘स्थलगत निरीक्षण जाँदा लुम्बिनी, कर्णाली र सुदूर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.