काठमाडौँ / क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा ‘एआई इन जर्नलिज्म वर्कसप’ हुने भएको छ । विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ। कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यान महासंघका कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारीको नेतृत्वमा, महिला आर्थिक पत्रकार संघ फेजा सँगको सहकार्यमा ‘एआई इन जर्नलिज्म वर्कसप’ पत्रकारितामा एआई कार्यशाल आयोजना हुने भएको हो । कार्यशाला २०२६ जुलाई २६ साउन १०, २०८३ का दिन बिहान १०ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ। नेपालको सञ्चार क्षेत्रमा आर्टिफिसि
काठमाडौं / नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के ग¥यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् । उनका अनुसार पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन
काठमाडौं— आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँ
काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७५५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १५, राइड सेयरिङमा ५२, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा २३, सडक फुटपाथमा २६, अवस्था ठिक नभएको २६ र एकतर्फीमा २५ जना र अन्यमा ४६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं— तीन वटा संसदीको समितिको बैठक आज बस्दै छ । सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । विधायन व्यवस्थापन समितिको बैठक २ः१५ बजे बस्ने भएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा, विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, दिउसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट
काठमाडौं— नेपालमा १ हजार २५० मेट्रिक टन डिएपि मल आज आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ । बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ । बाकि क्रमशः नेपाल भित्रिने छ । त्यस्तै ३० हजार मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुदा भोलि एक रेक बिरगन्जका लागि लोड
काठमाडौं— आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ ।सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहदै आएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ८८ पैसा र बिक्रीदर २०७ रुपियाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ४४ पैसा र बिक्रीदर १९१ रुपियाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ३६ पैसा र बिक्रीदर १०७ रुपियाँ ७८ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा, सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेश प्रदेशका केही स्था
काठमाडौं । काठमाडौंको कुलेश्वर पुल नजिक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको छ। कारबाहीका क्रममा एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अपरेसन चलाउँदा भारतीय नागरिकको देब्रे खुट्टामा गोली लागेर घाइते भएका छन्। पक्राउ परेकाहरूबाट औषधिजन्य लागुऔषध ठूलो परिमाणमा बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.