समाज

    Showing 5,581-5,590 of 6,767 items.
  • माइतीघरबाट जनताको प्रश्न : यो देश वधशाला हो ?

    आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकार विरूद्ध प्रदर्शन भएको छ। आचार्यले उठाएका पच्चिस बुँदे माग पूरा गर्न माग गर्दै सरकार विरूद्ध प्रदर्शन भएको छ।काठमाडौंको माइतीघर र बानेश्वरमा मृतक आचार्यको माग पूरा गर्न युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारी युवाहरूले यो देश हो कि बधशाला ?, देशमै केही गर्छु भन्नु अपराध हो सरकार? खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, कि यो संकट रहँदैन कि म लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए।३७ वर्षीय आचार्यले मंगलबार दिउँसो शरीरमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर बर्न अस्पतालमा निधन

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 180 पटक पढिएको
  • आफैँलाई आगाे लगाएका आचार्यकाे निधन

    संसद्भवन अगाडिकाे सडकमा मंगलबार आफैँलाई आगाे लगाएका इलामका प्रेमप्रसाद आचार्यकाे निधन भएकाे छ । उनकाे कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भएकाे हाे । मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न नसक्ने अवस्था रहेकाे भन्दै स्टाटस मार्फत उनको फेसबुक पेजमा लेखेर संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगाे लगाएका थिए । प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएकाे थियाे । चिकित्सकहरूले आचार्यकाे शरीरकाे ८० प्रतिशत भाग जलिसकेकाे बताएका थिए । आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्की अस्पताल हिजै पुगेकी थिइन् । त्यतिबेला आचार्य बाेल्न सक्ने अव

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 407 पटक पढिएको
  • विमानस्थल गौचरणमा परिणत

    झापा / सोलुखुम्बु जिल्लाको कंगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगविहीन अवस्थामा छ। सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका –२ स्थित कङ्गेलडाँडा विमानस्थल सात वर्षदेखि ठप्प रहेको हो। करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।२०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 354 पटक पढिएको
  • हर्क साङपाङले धरानमा चलाए डोजर, सुरक्षाकर्मी र स्थानीयबीच झडप

    धरान  / आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगे

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 294 पटक पढिएको
  • विशाल भण्डारीले सोधेको प्रश्नमा बालेनले भने दारु खाएर राती दु:ख नदेउ

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र कमेडी च्याम्पीएनका निर्देशन विशाल भण्डारीबीच समाजिक सञ्जालमा जुहारी चलेको छ ।भण्डारीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा महानगरपालिकाले अवैध संरचनाहरुमा डोजर चलाएको विषयमा स्टाटस लेखेपछि कमेन्टमै भनाभन भएको हो ।काठमान्डौका मेयर विरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले मेयर बालेन साहलाई भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मेयर बालेनले. ‘तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छ

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 278 पटक पढिएको
  • खोटाङमा विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी मृत फेला

    खोटाङ / खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता किशोरी मृत फेला परेकी छन् ।हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् ।आइतबार दिउँसो घर फर्किनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताएका छन्।घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताएका छन्। ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष

    • प्रकाशित मितिः माघ २, २०७९
    • 332 पटक पढिएको
  • कचनकवल र कनकाईले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

    झापा / कनकाई –१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताएका छन् ।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताएका हुन् ।नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङ बाट ल्याइए

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 194 पटक पढिएको
  • सुनको मूल्य वर्षकै उच्च स्थानमा

    झापा / सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो ।आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ।यस्तै तेजाबी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजाबी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 318 पटक पढिएको
  • पाँचथरमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु, २ जना घाइते

     पाँचथर / पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङ सिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । उनीहरूको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डीएसपी खतिवडाले जानकारी दिएका हुन

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 284 पटक पढिएको
  • बालुवाटार छाडेर धुम्बाराहीमा सरे देउवा

    काठमाडौं / नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् ।प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।‘बूढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, देउवाको एक सहयोगीले भने ।१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानिलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए ।त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 111 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा