समाज

    Showing 5,611-5,620 of 11,050 items.
  • एनपीएलः एलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी भिड्दै

    काठमाडौं— त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । आजको खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ । काठमाडौं तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 553 पटक पढिएको
  • समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं— समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्। आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो। सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ। यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 495 पटक पढिएको
  • अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

    काठमाडौ— अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्।प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताएका छन्। यो नियम बुधबारदेखि लागू हुँदैछ। सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ।हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सामाजिक सञ्जालमा यो नियम लागू हुनेछ। प्रधानमन्त्री अल्बानीजले "आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 551 पटक पढिएको
  • दैलेखमा चिर्पट प्रहारबाट बुवाको मृत्यु, छोरी पक्राउ

    दैलेख— जिल्लाको नौमुले गाउँपालिका–५, गजमालीमा बुवामाथि चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्।पक्राउ परेकी २७ वर्षीया तिर्सना रामजाली मगरले आफ्ना ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरलाई काठको चिर्पटले प्रहार गरेको आशंकामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिइएको हो।घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय नौमुलेबाट पुगेको टोलीले तिर्सनालाई पक्राउ गरेको बताइएको छ। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुले लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 483 पटक पढिएको
  • मन्त्री पुन भन्छन ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ

    काठमाडौं— शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् ।मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल्दै उनले ध्यान र योगलाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको जानकारी दिएका हुन् ।उनले भने, ‘ध्यान र योग गर्ने कुरालाई कसरी व्यहारिक बनाउने भन्ने कुरा हो । पाठ्यक्रममा कसरी समावेश गर्ने भन्ने कुराहरुमा दुई÷तीन चरणका छलफल भएका पनि छन् । त्यसका साथै कक्षामा पाठ पढाएर मात्र यो हुने होइन् । ध्यान, र योगलाई व्यहारिकरुपमा लागु गर्न शुक्रबार हुने अतिरिक्त क्रियाकलापको

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 589 पटक पढिएको
  • नवलपरासीमा बसले ठक्कर दिएपछि वृद्धाको मृत्यु

    काठमाडौं— नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५, भैरमपुरमा गएराति बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।लु १ ख ७०१९ नम्बरको बसले स्थानीय ६० वर्षीया सुमित्रा चमारलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी चमारलाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही–रुपन्देही लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 543 पटक पढिएको
  • सिनामंगलमा भारतीय नागरिक मृत अवस्थामा भेटिए

    काठमाडौं— काठमाडौं महानगरपालिका–९ अन्तर्गत सिनामंगलमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सिनामंगलमा डेरा गरेर बस्दै आएका भारतका ५५ वर्षीय सन्जय सिंह आफु बस्ने कोठामै गएराति मृत भेटिएका हुन्।प्रहरीले घटनास्थलमा गई मृत्युको कारणबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 509 पटक पढिएको
  • प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका युवा नेता राना पाल्पाबाट एकल सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसका युवा नेता सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पाबाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा एकल सिफारिसमा परेका छन् ।आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता रानाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेसका विभित्र तहमा रहेका नेताहरुको उपस्थितिमा बसेको बैठकले रामपुर नगरपालिका ७ निवासी रानाको नाम एकल सिफारिस गरेको हो ।राना नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, म

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 539 पटक पढिएको
  • तनहुँको थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा

    तनहुँ— म्याग्दे गाउँपालिका–४ मा अवस्थित थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा उपलब्ध हुने भएको छ। यसका लागि म्याग्दे गाउँपालिकाले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग औपचारिक सम्झौता गरेको हो।स्थानीयवासीले आफ्नै आसपासमै सहज रूपमा आँखा परीक्षण र उपचार पाउन सकून् भन्ने उद्देश्यले गरिएको सम्झौताअनुसार सेवा आगामी पुस ३ गतेदेखि सञ्चालनमा आउनेछ। सम्झौतामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले हस्ताक्षर गरेका छन्।सम्झौता कार्यान्वयनसँगै दैनिक रूपमा नेत्र प्राविधिक खटाइनेछन्। यसले दमौली वा खैरेनीटार पुगेर आँखा परीक्षण गराउनुपर्ने

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 557 पटक पढिएको
  • देउवा डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिम पटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरूलाई बताएका हुन् ।डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए ।मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिम पटक चुनावमा उठ्ने जानकारी गराएको बताएका छन्

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.