समाज

    Showing 5,621-5,630 of 6,767 items.
  • मेचीनगरमा सुन सहित एक पक्राउ

    झापा / झापाको मेचीनगर-६ बाट प्रहरीले अवैध सुन सहित भारतबाट नेपाल तर्फ आँउदै गरेको १ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो करिव एक बजे कैलाली घर भई दमकमा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई प्रहरीले अवैध सुन सहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीबाट  ३४९ दशमलव ७०० ग्राम (हालको बजार मूल्य अनुसार २८ लाख ८७ हजार १ सय ८२ दशमलब ६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 185 पटक पढिएको
  • मेचीनगरमा हात्तीको आक्रमण एकको मृत्यु , एक घाइते

    बिर्तामोड / झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –९ स्थित पशुपति टोलका ७० वर्षीय पेना किसान रहेका छन् । सोमबार दिउँसो ३ः४५ बजे टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट निस्किएको हात्तीले बगरमा हिँडिरहेको अवस्थामा किसानमाथि आक्रमण गरेका थिए। हात्तीको आक्रमणबाट घाइते भएका किसानलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।त्यस्तै हात्तीको आक्रमणबाट मेचीनगर –९ कै ३८ बर्षिया झुमा

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 120 पटक पढिएको
  • विजयी भएको खबर सुन्न नपाइ अटल बहादुरको मृत्यु

    धनकुटा /  धनकुटाको चौविसे गाउँपालिका –२ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटल बहादुर सूर्जे मगरको निधन भएको छ।मधुमेह र उच्च रक्तचापका विरामी मगरको मष्तिष्क घातका कारण शनिबार राति निधन भएको हो।अघिल्लो निर्वाचनमा पनि वडा सदस्य पदमा निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित विजयी भएका थिए । तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको छ । शनिबार साँझ ६ बजेतिर मतागणना स्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान ल्याइएकाे थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयु खाली नरहेको बताएपछि विराटनगरको नोवेल अस्पताल पुर्याउन साग उनलाई चिकित

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 218 पटक पढिएको
  • झाडापखालाबाट दुई वर्षीय बालकको मृत्यु, चार जना बिरामी

    तुलसीपुर / दाङको तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् ।मृत्यु हुनेमा उपमहानगरपालिका –११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएका छन् उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको बताइएको छ । गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लाग

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 110 पटक पढिएको
  • चुनाव प्रचार प्रसारमा हिँडेका युवकको जिपको छतबाट खसेर मृत्यु

    दाङ / चुनावको प्रचारमा हिँडेका युवकको गुडिरहेको जिपको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका -२ दानीचौरका १८ वर्षीय खुमराज थापा रहेका छन् ।नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र घर्तीमगर सहितको टोलीले उक्त जिप चुनावी प्रचार प्रसारमा प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जिपको छतबाट आज शनिबार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा मृत्यु भएको हो ।जिपको छतबाट खस्दा थापाको टाउकोमा गम्भीर चोट लागेको र घाइते थापालाई त्यही गाडीमा

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 230 पटक पढिएको
  • वीरता लेडी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न : २६ महिलासहित ७७ जनाले गरे रक्तदान

    बिर्तामोड / बिर्तामोडमा वीरता लेडी जेसीजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको चरम अभाव भइरहेको समयमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा लेडी जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।वीरता लेडी जेसीजको आयोजनामा भएको सो कार्यक्रममा २६ जना महिला सहित ७७ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रमको अध्यक्षता वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले गरेकी थिइन् ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी लगायत लेडी जेसीजका पूर्व अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 268 पटक पढिएको
  • झापामा बिहेमा माेटरसाइकल दाइजो मागेपछि बेहुला पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर –१५ स्थित ज्यामिरगढीबाट दाइजो मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका –४ का २८ वर्षीय डेबिट चौधरी रहेका छन् । हिजो (शुक्रबार) साझ बेहुली अन्माउने बेलामा बेहुलाले दाइजोमा मोटरसाइकल नदिए बेहुली नलाने भन्दै धम्की दिएपछि बेहुलीका बुबा पुष्पलाल राजवंशीले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए । राजवंशीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटेको टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।  प्रहरीले चौधरील

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 304 पटक पढिएको
  • होटलमा युवती मृत फेला

    कैलाली / कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।आज (शनिबार) दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले जानकारी दिए । उपाध्याका अनुसार उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेकी हुन् । 

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 177 पटक पढिएको
  • उपचार खर्च नहुँदा भाेजपुरका दुई दाजुभाइ सात वर्षदेखि खोरमा

    भोजपुर / आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि भोजपुरमा दुई युवालाई खोरमा राखिएको छ । भोजपुरको साल्पासिछो गाउँपालिका –२ का ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहानलाई खोरमा राखिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरूको आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको बुबा छत्रबहादुर चौहानले बताए । छत्रबहादुरका अनुसार डेगराजलाई खोरमा राखेको सात वर्ष भयो भने डम्बरलाई राखेको दुई वर्ष भयो । उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरूलाई यसरी खोरमा राख्दा आफूलाई नै पीडा हुने छत्रबहादुर बताउँछन् । छत्रबहादुरका अनुसार उनीहरूको काठमाडौँमा रहेको पाटन अस्पतालमा

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 239 पटक पढिएको
  • दमकमा पोखरीमा डुबेर एक किशोरको मृत्यु

     दमक //झापाको दमकमा  पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ। दमक नगरपालिका -२ स्थित लाँचेको बाँध नामले चिनिने सिमसार क्षेत्रमा रहेको पोखरीमा डुबेर वडा नं. ५ बस्ने १४ वर्षीय रोहन राईको मृत्यु भएको हो । साथीहरुसँग पौडी खेल्न गएका मृतक राई वेपत्ता भएका थिए । सँगै पौडी खेल्न गएका ४ जना मध्ये एक जना पानी भित्रै वेपत्ता भएपछि गाउँलेहरू हो-हल्ला  गर्दै प्रहरीलाई खबर गर्न पुगेका थिए। लगतै उनको खोजीमा खटिएको शसस्त्र प्रहरीको टोलीले  पोखरी भित्र दलदल हिलो भएको ठाउँमा  भासिएर मृत अवस्थामा रहेको उनको शरीरलाई बाहिर निकालेको टोलीमा खटिएका इलाका प्रहरी कार्यालय दमकका  प्रहरी निर

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 162 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा