काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८५ पैसा र बिक्रीदर १७६ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ६० पैसा र बिक्रीदर २०७ रुपियाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ३४ पैसा र बिक्रीदर १९१ रुपियाँ ०९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ १७ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  
काठमाडौं— संखुवासभामा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई मादी नगरपालिका–४, डाँडागाउँमा बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की छन् ।आफ्नी श्रीमती ४३ वर्षीया फूलमाया मुदेलको हत्या गरेको उनीमाथि आरोप छ । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।घटनामा प्रयोग गरिएको खुकुरीसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान कानुनी प्रक्रिया अघि बढाएको छ ।
काठमाडौं— लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।नेपाल प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरेको छ भने केही स्थानमा रातिको समयमा मात्रै सवारी सञ्चालनमा रोक लगाइएको छ ।काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।प्रहरीका अनुसार बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका
काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५२१ सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको दैनिक ट्राफिक कारवाही विवरणअनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई कारवाही गरिएको हो । तथ्याङ्कअनुसार सबैभन्दा धेरै ‘अन्य’ शीर्षकअन्तर्गत ३२३ वटा सवारी साधन कारबाहीमा परेका छन् । त्यसपछि तीव्र गतिमा सवारी चलाउने ६६, हर्नको दुरुपयोग गर्ने ३२, मादक पदार्थ सेवन (मा.प.से.) गरेर सवारी चलाउने ३०, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने २६ र सडक तथा फुटपाथमा पार्किङ गर्ने १९ सवारी साधनमा
काठमाडौं— ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, ब्रिटिश दूतावास काठमाडौं, बेलायत–नेपाल ‘नेपाल व्यवसायमा–वृद्धि सल्लाहकार’, र नेपाल ब्रिटेन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावनाः बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताहरूका लागि अवसरहरू’शीर्षकको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमले सरकारी अधिकारीहरू, व्यापार विशेषज्ञहरू, निर्यातकर्ताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याई बेलायतको विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली व्यवसायहरूका लागि उपलब्ध अवसरहरूको खोजी गरेको थियो । छलफलहरू भन्साररहि
काठमाडौं— नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा।देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शनिबार श्रद्धाञ्जली तथा समवेदना सन्देश जारी गर्दै नेता आङदेम्बेले डा।पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् । आङदेम्बेले नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता तथा उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा।पाण्डेले पु¥याएको योगदान इतिहासमा सधैं सम्मानका साथ स्मरण गरिने उल्लेख गरेका छन् । उनले २०६२/०६३ सालको जनआन्दोलनका क्र
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्व अर्थमन्त्री डा। देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।सभापति थापाले डा. पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन् । उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा डा. पाण्डेले जीवनभर निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन् ।सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक चरणहरूमा डा। पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध
काठमाडौं— फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।स्पेनसँग सेमिफाइनलमा २–० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो । अब फ्रान्सले शनिबार अमेरिकाको मियामीमा इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलअघिको पत्रकार सम्मेलनमा डेसचाम्प्सले तेस्रो स्थानको खेल मैत्रीपूर्ण नभई आधिकारिक प्रतिस्पर्धा भएकाले टोलीले पूर्ण जिम्मेवारीका साथ खेल्नुपर्ने बताए । उनले इंग्ल्यान्ड र फ्र
काठमाडौं— ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ । फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार यसबाट तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रअन्तर्गत लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्मको क्षेत्रमा प्रभाव पर्न सक्नेछ ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.