समाज

    Showing 5,881-5,890 of 11,058 items.
  • ६ दिन पछि परिवारको सम्पर्कमा आए धनगढीबाट हराएका बाजुराका बालक

    बाजुरा— धनगढीबाट वेपत्ता भएका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी भेटिएका छन्। अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएको जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए ।कोठाबाट निस्किएको दिनदेखि वेपत्ता रहेका उनी आज फेला परेको उनका आफन्त दाजु धर्म जैशीले जानकारी दिए ।उनका अनुसार वेपत्ता बालकलाई दिपायल डोटीमा फेला पारेको जानकारी दिए।डोटीको पिपल्ला बजार सनलाइट होटलका साहुजी रमेश बमसँग सहि सलामत उनी फेला परेका हुन् । वेपत्ता बालकलाई देख्ने बित्तिकै खबर गर्ने होटलका साहुजीलाई आफन्तले धन्यवाद दिएका छन्।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 499 पटक पढिएको
  • ४ किलो लागूऔषध गाजा सहित तामाङ पक्राउ

    रौतहट— रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि.अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाजा बरामद गरेको हो । चन्द्रपुर न.पा. ४ सुन्दरबस्ती टोलका ३३ वर्षिय सुमन तामाङ योन्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागूऔषध गाजा लुकाई छिपाई राखि बिक्रीवितरण गर्छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलि सुन्दरबस्ती पुगेको थियो ।आफु सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लाष्टिकमा र बेच्नलाई राखेको कालो प्लाष्टिकको झोलामा राखेको

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 480 पटक पढिएको
  • छोरीलाई जैमिनीको मुद्दती खाता

    गलकोट (बागलुङ)।  जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खालिदिन सुरु गरेको थियो ।  चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । प्रत्येक छोरीलाई रु दुई हजार ५०० का दरले नगरपालिकाको तर्फबाट खातामा रकम जम्मा गरेर खाता उपहार प्रदान गरिएको प्रमुख शर्माले बताउनुभयो । उक्त मुद्दती खातामा चक्रिय ब्याज आउने गरी बैङ्कसँग समन्वय ग

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 342 पटक पढिएको
  • नयाँ इतिहास लेख्न अब युवाहरु उठ्नुपर्छ : अध्यक्ष यादव

    जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरुलाई आह्वान गरेका छन् ।समाजवादी यूवा संघ, नेपालद्वारा आइतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न यवाहरु उठ्नुपर्नेमा जोड दिए । उनले विभिन्न देशहरुको उदाहरण दिँदै युवाहरुकै कारणले परिवर्तन आउने गरेको इतिहासबारे चर्चा गरे । अध्यक्ष यादवले अब मधेशका युवाहरुलाई पनि उठेर नयाँ इतिहास रच्न आह्वान गरे । उनले शिक्षा र रोजगार होम्रो अधिकार भन्ने नारालाई अवलम्बन गर्दै युवाहरुलाई संगठित हुन आग्रह गरे ।अध्यक्ष यादवले युवाहरुलाई अब हुने चुन

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 221 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो ।भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् ।छलफलमा युवा तथा खेल

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 250 पटक पढिएको
  • प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा रयाली

    सिरहा । प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपाल ले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण ¥याली आयोजना गरेको छ ।रयालीका सहभागीहरूले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रियता, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्ष लिएको भन्दै समर्थनजनक नाराबाजी गरेका थिए। उनीहरू शान्तिपूर्ण रूपमा गोलबजारका मुख्य सडकहरू परिक्रमा गर्दै आफ्नो धारणा सार्वजनिक रुपमा व्यक्त गरेका थिए ।संगठनका प्रतिनिधिहरूका अनुसार ¥यालीको उद्देश्य प्रधानमन्त्रीले राष्ट्रहितमा दिएको भनाइलाई समर्थन जनाउनु र समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको बताइएको छ ।&nbs

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 271 पटक पढिएको
  • रास्वपा र विवेकशील साझाको एकता प्रक्रियाबाट बाहिरिए मिलन पाण्डे

    काठमाडौं— विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीको एकीकरणमा सहभागी नहुने भएका छन्। विवेकशील नेपाली दलको अध्यक्ष भएका उनले आइतबार हुने एकीकरणमा सहभागी नहुने सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्। साझा पार्टी अधिकांश नेता निःसर्त एकतामा सहमत भएका छन्। विवेकशीलबाट रन्जु दर्शनासहित एकतामा उत्साहित हुँदा मिलन भने एकता प्रक्रियाबाट बाहिरिएका हुन्। उनले अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिने र त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने लेखेका छन्। उनले भावी राजनीतिक यात्राबारे खुलाएका छैनन्। अब आफू र विवेकशील पनि स्वतन्त्र भएको लेख्दै पुनः व

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 555 पटक पढिएको
  • एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 629 पटक पढिएको
  • बाजुरामा औषधि व्यवसायीको विरोधः अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग

    बाजुरा— बाजुरामा पनि औषधि व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन् । औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै उनीहरुले विरोध गरेका हुन् ।व्यवसायीहरूले संशोधनले पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न हुने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । औषधि ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग राख्दै विरोध प्रदर्शन गरिएको मेडिकल व्यवसायी तथा आरसी मेडिकल हलका सञ्चालक रामचन्द्र यादवले बताए । केन्द्रीय सर्कुलर अनुसार जिल्लामा पनि सोही अनुरुप विरोधका कार्यक्रम गरिएको उनले जानकारी दिए । नवीकरण नगरे शत–प्रतिशत जरिवान

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 609 पटक पढिएको
  • लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

    रौतहट— रौतहट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले गौर रोड घर भएका ३२ वर्षीय भोला साहलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो । साहको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेका साहको बयानका आधारमा चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् ।  यस घटनाका विषयमा थप अनुसन्धान भ

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 588 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.