समाज

    Showing 5,921-5,930 of 6,776 items.
  • मोरङमा गाँजासहित एक सिटी सफारी चालक पक्राउ

     मोरङ//मोरङमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना सिटी सफारी चालक पक्राउ परेका छन्। धनकुटाको सहिदभूमि गाउँपालिका -५ का २४ वर्षीय ईमान राईलाइ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चेकजाँच गर्ने क्रममा उनले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारीमा गाँजा फेला परेको र लगतै  उनको कोठा चेकजाँच गर्दा ७ किलो ९ सय ८४ ग्राम गाँजा बरामद भएको  इलाका प्रहरी कार्यालय बेलबारी जानकारी गराएको छ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 93 पटक पढिएको
  • झरना हेर्न गएकी एक महिलाको रुखले किचेर मृत्यु ,तिनजना घाइते

    उदयपुर//उदयपुरमा अटो चढेर झरना हेर्न गएकी एक महिलाको रुखले किचेर मृत्यु भएको छ  भने ३ जना घाइते भएका छन्।उदयपुरगढी गाउँपालिका-७ अँधेरी झरना नजिक रोकिरहेको अटोमाथि एक्कासी रुख ढलेर अटोमा बसेकी ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको हो। रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, २७ वर्षीया मिना दनुवार र अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ घाइते भएको उदयपुरका डीएसपी वेदप्रसाद गौतमले जानकारी गराएका छन्  ।घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।  घाइते मध्ये अटो चालक तामाङको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जना

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 69 पटक पढिएको
  • प्रदेश १ मा वार्षिक कतिले गर्छन् आत्महत्या ?

    बिर्तामोड / पछिल्लो समय प्रदेश एकमा आत्महत्याका घटना बढ्न थालेको छ । प्रहरीको तथ्याङ्क अनुसार प्रदेश एकमा आर्थिक वर्ष २०७७ ०७८ मा एक हजार पाँच सय सोह्र जनाले आत्महत्या गरेका छन् ।अन्य प्रदेशहरूको तुलनामा प्रदेश एकमा सबै भन्दा बढी आत्महत्याका घटना हुने गरेका छन् । प्रदेश एकमा दैनिक सरदर पाँच जनाले विभिन्न माध्यमबाट आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ । प्रदेशमा सबैभन्दा बढी आत्महत्या गर्नेको जिल्लामा झापा पहिलो नम्बरमा रहेको छ ।आर्थिक वर्ष २०७७/०७८ मा झापामा सबै भन्दाबढी आठ सय ५१ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी मोरङमा आठ सय दुई जनाले आत्म

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 121 पटक पढिएको
  • 'बौद्ध धर्मको धार्मिक ग्रन्थ हो' भन्दै ठगि गरेको आरोपमा दुई पक्राउ

     काठमाडौं//'बौद्ध धर्मको धार्मिक ग्रन्थ हो' भन्दै ठगि गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-१ का २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका-७ का ३० वर्षीय रजिन राई रहेका छन् । गोकर्णेश्वर नगरपालका-८ आरुबारीबाट उनीहरुलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी गराएका छन् । धार्मिक ग्रन्थ देखाएर त्यसको मूल्य ३ करोड ८५ लाख पर्ने बताउँदै आरुबारी बस्ने हेमप्रकाश मगरबाट १३ लाख ७९ हजार रूपैयाँ ठगी गरेको उनीहरूमाथि आरोप छ।

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 97 पटक पढिएको
  • अत्याधिक गर्मीले झापामा दुई जनाको मृत्यु

    झापा // केहि दिनदेखि बढिरहेको अत्याधिक गर्मीले गर्दा झापामा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बिर्तामोड –१० सैनिक बजारकी ३० वर्षिया कुमारी श्रेष्ठ र अर्जुनधारा -५ बस्ने ६० वर्षिया शुक्र दनुवार रहेका छन्।  केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी कुमारी  बिर्तामोड नगरपालिका -३ स्थित अनारमनी स्वास्थ्य चौकी अगाडि  मृत फेला परेकी हुन्। अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको अनुमान छ। यसैगरी बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका दनुवारको गर्मीले  ढलेर मृत्यु भएको प्रहरी नायव

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 144 पटक पढिएको
  • घरको पर्खालले किचेर एकको मृत्यु

     झापा//झापामा घरको पर्खालले किचेर एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका-२ झापा बजार चोकका  ३५ वर्षिय रुपेश सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । हुलाकी राजमार्गमा परेका संरचना हटाउने क्रममा मिस्त्री काम गरेका रुपेशलाइ अचानक घरको वाल ढलेर किचेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। त्यँहा उपचार हुन नसकेपछि थप उपचारको लागि बिएण्डसी अस्पताल भर्ना भएका रुपेशको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जानकारी गराएको छ। 

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 151 पटक पढिएको
  • झापामा लागूऔषधसहित एकजना पक्राउ

     झापा//झापामा एकजना लागूऔषधसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा गौराह नगरपालिका -१ गौराहादाहाका  ३७ बर्षीया कृष्ण कुमार ताजपुरिया रहेका छन्।  मे ७ प ६७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ताजपुरियालाइ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले चेकजाँच गर्दा ६ ग्राम ब्राउन सुगर बरामद भएको हो।  उनले लागूऔषध गौरादह -२ का ३९ बर्षीया सुमन कुमार कार्कीबाट खरिद गरेको बताएलगतै कार्कीको घरमा छापामार्दा घरकोठाभित्र बाट पनि  ३० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी गराएको  छ। सुमन कुमार कार्की भने फरार रहेको र खोजि  भईरहेको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 135 पटक पढिएको
  • इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी

    काठमाडौँ / काठमाडौँको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । नागार्जुन नगरपालिका –३ मा रहेको लिच्छविकालीन इचङ्गुनारायण मन्दिरबाट मङ्लबार राति मूर्तिहरू चोरी भएका हुन् । पूजारी श्रीमद् राजोपाध्याय बुधबार बिहान मन्दिरमा पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति मन्दिरमा थिएनन् । मन्दिरमा मूर्ति नपाइएपछि चोरी भएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् । दुई तले मन्दिरको तल्लो तलामा इचङ्गुनारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्ल

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 95 पटक पढिएको
  • मृत भेटिएकी जानकीको छिमेकीले हत्या गरेको आफन्तको दावी

    विराटनगर / विराटनगरको धनपालनाथ गाउँपालिकामा मृत भेटिएकी महिलाको छिमेकीले हत्या गरको आफन्तले आरोप लगाएका छन् । हराएको हाँस खोज्न जाँदा मृत अवस्था फेला परेपछि मृतकका आफन्तले छिमेकीले हत्या गरेको आरोप लगाएका हुन् । धनपालनाथ गाउँपालिका –४ सिमराहाकी ३५ वर्षीया जानकी देवी सहनी आइतबार राति छिमेकीको घर पछाडि मृत भेटिएकी थिइन् । मृतक जानकी र छिमेकीबीच लामो समयदेखि बिभिन्न विषयमा झगडा तथा कुटपिट हुँदै आएको बताइएको छ । त्यस्तै शनिबार पनि हाँस चोरी गरेको विषयमा विवाद हुँदा सार्वजनिक रूपमै ज्यानमार्ने धम्की दिएकाले छिमेकीले नै हत्या गरेको आफन्तको भनाइ छ ।       एउटा हाँस घर नफ

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 117 पटक पढिएको
  • नौं वर्षिया बालिका बलात्कारको अभियोगमा झापाका एक युवक पक्राउ

     काँकरभिट्टा//नौं वर्षकी एक बालिकालाइ  बलात्कार गरेको अभियोगमा १९ वर्षिया  युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ३ धर्मचोकका दिपेन कार्की रहेका छन्।कार्कीले साउन ३ गते दिउँसो बालिकालाई बलात्कार गरेको भएपनि बालिकाले आइतबार मात्रै खेल्ने क्रममा साथीहरुलाई बताएकी थिइन्। लगतै अभिभावकले प्रहरी कार्यलयामा गएर उजुरी गरेका थिए । उजुरी पर्नासाथ कार्कीलाई पक्राउ गरिएको  इलाका प्रहरी काकार्यालय काँकरभिट्टाका डिएसपी सुनिलसिंह दाहालले जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 121 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा