समाज

    Showing 5,941-5,950 of 9,973 items.
  • बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते, कोल्टी अस्पतालमा उपचार हुँदै

    बाजुरा— बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बुधबार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा.नम्बर १ गेडेखोलास्थित कर्णाली करिडोरमा दुर्घनामा परेको हो । ग्यारेजमा जिप मर्मत गरि सडकमा ल्याएर चेकजाँच गर्ने क्रममा जिप एक्कासी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देववहादुर चौतरीले बताए ।उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ बर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।जिप सडकबाट करिब ७५ मिटर तल खसेको हो । दुर्घटनामा परि दुई जना घ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 656 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

    काठमाडौं— चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् ।उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।एक्समा उनले लेखेका छन,‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कार

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 618 पटक पढिएको
  • अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटी— जिल्लाको शिखर नगरपालिका–२ मा घाँस काट्न गएकी महिलाको अरिएक अरिङ्गालले टोकर मृत्यु भएको छ । मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । दुई साताअघि घाँस काट्न गएकी उनलाई अरिङ्गालले टाउको, घाँटी र हातमा टोकेपछि गम्भीर घाइते भएकी थिइन्।सुस्त मानसिक अवस्था भएकी पार्कीको चोटबारे परिवारलाई ढिला थाहा भएको बताइएको छ। असोज १८ गते मात्र आमा मुनुली विकले छोरीको अवस्था गम्भीर देखेपछि उनलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकल लगेकी थिइन्। तर, रक्तअभावका कारण सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो।पार्कीको शरीरमा अत्यधिक रगतको कमी हुनुका साथै मिर्गौलामा समस्

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 647 पटक पढिएको
  • कैलालीमा भान्साकोठाबाट पेस्तोलसहित एक युवक पक्राउ

    धनगढी— कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलारबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा २३ वर्षीय आकाश शाहीलाई मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरीले शाहीको घरमा छापा मार्दा भान्साकोठाभित्र लुकाइ राखिएको टाइप–५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका शाहीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 654 पटक पढिएको
  • टेकु दोभानमा युवतीको शव फेला

    काठमाडौं—  काठमाडौं महानगरपालिका–१२ टेकुस्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।काभ्रे स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।घटनाको प्रकृति र कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 560 पटक पढिएको
  • बालेन र सुदनबिरुद्ध युवराज सफलले पनि दिए जाहेरी

    काठमाडौं— युवराज पौडेल ‘सफल’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।सफलले बुधबार काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन्।यसअघि मंगलबार एमाले निकट अनेरास्ववियुले शाह र गुरुङविरुद्ध जाहेरी दिएका थिए।पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वगृहमन्त्री रमेश लेखकबिरुद्ध यसअघि मृतकका परिवारले जाहेरी दिएका थिए।प्रहरीले उक्त जाहेरी जाँचबुझ आयोगलाई पठाएको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 511 पटक पढिएको
  • वीरगन्ज–२० का वडाध्यक्ष परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा

    वीरगन्ज— वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।बुधबार जेनजी अभियानकर्मीहरूसँगको भेलामा परागले असोज ६ गते नै पार्टी परित्याग गरेको जानकारी सार्वजनिक गर्दै भने, “त्यो कुरा मिडियामा आएको थिएन, आज औपचारिक रूपमा घोषणा गरेको हुँ।”परागले नेकपा एमालेले सुशासन र परिवर्तनप्रतिको जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै आफू अब स्वतन्त्र हैसियतमा जेनजी पुस्तासँग रहने बताए।यता, एमाले पर्सा अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको लिखित राजीनामा प्राप्त नभएको भन्दै प्रतिक्रिया दिएका छन्।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 632 पटक पढिएको
  • सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

    सर्लाही । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् । प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ ।मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।प्रहरीले वडाध्यक्ष विनेश कुमार दासला

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 176 पटक पढिएको
  • राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनीः अनेरास्ववियु महासचिव धामी

    काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन् ।बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै धामीले “अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छ भन्ने बुझ्नुपर्छ” भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा त्यसका उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।उनले जेनजी आन्दोलनका मागप्रति आफूहरू पनि ऐक्यवद्ध रहेको तर त्यसमा घुसपैठ गरी राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पु¥याउने, हत्या र लुटपाट गर्ने प्रवृत्ति

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 360 पटक पढिएको
  • बाजुरामा सडेगलेको अवस्था एक महिलाको शव फेला

    बाजुरा । बाजुरामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कर्णाली नदीमा वेवारिसे अवस्थामा उक्त शव फेला परेको हो । जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ झुगला स्थित कर्णाली नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देव वहादुर चौधरीले बताए ।उनका अनुसार कर्णाली नदीमा नदिले बगाएर ल्याएको अवस्थामा शव फेला परेको बताएका छन्। वेवारिसे अवस्थामा महिलाको शव फेला परेको भन्ने खवर स्थानीयले  प्रहरी चौकी धुलाचौरलाई खवर गरे पश्चात् घटनास्थलमा प्रहरी खटाई शव नियन्त्रणमा लिएको बताएका छन् ।फेला परेको शवको पहिचान भने हुन सकेक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 364 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.