समाज

    Showing 5,951-5,960 of 9,974 items.
  • बाजुरामा सडेगलेको अवस्था एक महिलाको शव फेला

    बाजुरा । बाजुरामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कर्णाली नदीमा वेवारिसे अवस्थामा उक्त शव फेला परेको हो । जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ झुगला स्थित कर्णाली नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देव वहादुर चौधरीले बताए ।उनका अनुसार कर्णाली नदीमा नदिले बगाएर ल्याएको अवस्थामा शव फेला परेको बताएका छन्। वेवारिसे अवस्थामा महिलाको शव फेला परेको भन्ने खवर स्थानीयले  प्रहरी चौकी धुलाचौरलाई खवर गरे पश्चात् घटनास्थलमा प्रहरी खटाई शव नियन्त्रणमा लिएको बताएका छन् ।फेला परेको शवको पहिचान भने हुन सकेक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 364 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, १७ जना संक्रमित

    चितवन— चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढेसँगै मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। साउन महिनादेखि हालसम्म यो रोगका कारण विभिन्न स्थानीय तहका नागरिकले ज्यान गुमाएका हुन्।मृत्यु हुनेमा भरतपुर महानगरका दुई, राप्ती नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक र कालिका नगरपालिकाका एक जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो पटक खैरहनी–४ की एक महिलाको मृत्यु भएको जानकारी किट नियन्त्रण महाशाखाका प्रतिनिधि राम केसीले दिए।हालसम्म जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन्। उमेर समूह हेर्दा, १५ वर्षमुनिका ३ जना, १५ देखि ६० वर्ष उमे

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 564 पटक पढिएको
  • सरकारलाई महेश बस्नेतको चुनौती, मलाई समातेर देखाउनुस्

    काठमाडौं—  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले विधिको शासन र लोकतन्त्रको पक्षमा आफू जेल जान तयार रहेको बताउँदै आरोपको खण्डन गरे। “मलाई समातेर देखाउनुस्,” बस्नेतले भने, “विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको लागि जेल जान तयार छन्। तर, झूटो आरोप सहन सकिँदैन।”उनले हालको ‘जेन जेड सरकार’ लाई लक्षित गर्दै आगजनी, लुटपाट र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरे।बस्नेतले यस्तो अभिव्यक्ति एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बय

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 591 पटक पढिएको
  • दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा, ४६ जना प्रभावित

    दोलखा । लगातारको वर्षाका कारण दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।तीन दिनदेखि परेको अविरल वर्षापछि झुलेको पातले र सिमबारी क्षेत्रका ६ घर पहिरोको जोखिममा परेका हुन् । उक्त बस्तीका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ । प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए । स्थानीयवासीहरू अहिले राति सुत्दा समेत भयभीत हुने अवस्था आएको बताउँछन् ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 275 पटक पढिएको
  • महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए ।‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने ।उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीले आ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 329 पटक पढिएको
  • रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु

    काठमाडौं । रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।केही दिनयता रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप–काठमाडौं उडान स्थगित भएको थियो। असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि हवाई उडान पुनः सुरु गरिएको हो ।मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी करिब १२५ किलोमिटर छ भने चरिकोट हुँदै दोललघाट निस्किएर काठमाडौं पुग्दा करिब २०० किलोमिटर दूरी पर्छ ।ना

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 305 पटक पढिएको
  • भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति, विवरण संकलन सुरु

    काठमाडौं । देशभर कृषि र पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशका सम्बन्धित कार्यालयलाई प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।संलग्न कार्यालयहरूले स्थानीय तहको समन्वयमा बाढीबाट प्रभावित कृषि वस्तुहरूको प्रकार र परिमाण, पशुपंक्षीको क्षति, गोठ तथा व्यावसायिक फार्ममा भएको असर, र प्रभावित किसानको अवस्थाबारे विवरण संकलन गर्ने भएका छन्।मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ । बाली वा पशुधनमा बिमा गरेका किसानका हकमा बिमाको सहजीकरणसहित मल, बिउ, प्रविधि र प्राविधिक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 230 पटक पढिएको
  • मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते

    हेटौंडा— मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ ।दुर्घटनामा इभि गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक सहित जम्मा १६ जना घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी साम्भि पोलिक्लिनिक

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 429 पटक पढिएको
  • नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो ।गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ । प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 302 पटक पढिएको
  • बिरगञ्जको एक होटलमा बुवा छोरा मृत फेला

    सर्लाही । पर्साको वीरगञ्जस्थित नयाँ बसपार्क नजिकैको भानुचोकमा रहेको होटल शाह पाराडाइजको एक कोठामा २ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार मंगलबार साँझ होटलको कोठा नम्बर १११ मा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका २४ वर्षीय छोरा सागर आचार्य मृत अवस्थामा फेला परेका हुन्।असोज १९ गतेदेखि उक्त कोठामा बस्दै आएका उनीहरू मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटलका कर्मचारी बोलाउन पुगेका थिए। तर कोठा भित्रबाट ताला लगाइएको र ढकढकाउँदा पनि ढोका नखुलेपछि कर्मचारीले छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 305 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.