समाज

    Showing 591-600 of 11,012 items.
  • जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ: न्यायाधीश खड्का

    काठमाडौं / काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई पारदर्शी, छिटोछरितो र जनउत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।काठमाडौं जिल्ला अदालतद्वारा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश खड्काले अदालतका कामकारबाही आदेश र फैसलामार्फत सार्वजनिक हुने भएकाले सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद अपेक्षाकृत कम हुने गरेको बताए ।उनले भने, ‘अदालत पारदशी र छिटोछरितो हुनुपर्छ न्याय सम्पादन गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं । हामीले गर्ने कामकारवाहीहरु आदेश र फैसलाको माध्यमबाट सार्वजनिक हुने भएकाले पत्रकारहरुसँग अलि कमै मात्रामा प्रत्यक्ष रुपमा कुरा हुने गरेक

    • प्रकाशित मितिः साउन १, २०८३
    • 284 पटक पढिएको
  • पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो: बुद्ध एयर

    काठमाडौं / बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति गठन गरेको जनाएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचारअनुसार उक्त घटना पारिवारिक विवाद तथा झैझगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेकाले छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।विज्ञप्तिमा कम्पनीले स

    • प्रकाशित मितिः साउन १, २०८३
    • 179 पटक पढिएको
  • दृष्टिविहीन र अशक्तको पीडा: ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु ?’

    काठमाडौं / पशुपतिनाथ मन्दिर परिसरको खुल्ला क्षेत्रमा गीत–भजन गाएर जीविकोपार्जन गरिरहेका दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले दैनिक जीवनयापनदेखि बसोबास, स्वास्थ्य उपचार र सामाजिक व्यवहारसम्म अनेक समस्या भोग्नुपरेको बताएका छन् ।उनीहरूले वृद्धभत्ता तथा सर्वसाधारणले दिने सहयोगकै भरमा जीवन चलिरहेको भए पनि त्यसले आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको गुनासो गरे । गौरीघाट क्षेत्रमा बस्दै आएकी ‘खगिसरा’ नाम बताउने एक महिलाले पहिले साथीभाइसँगै समूहमा सडक पेटी वा खुल्ला क्षेत्रमा बसेर भजन गाउँदै बस्ने गरेको भएपनि हिजोआज छुट्टाछुट्टै बस्न थालेको बताइन् । उनले भाडा समयमै तिर्न नसक्दा घरधनीबाट गाली खानु

    • प्रकाशित मितिः साउन १, २०८३
    • 196 पटक पढिएको
  • काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना

    काठमाडौं / काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।  शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।  प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ ।दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ ।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 174 पटक पढिएको
  • नयाँ आर्थिक वर्ष सुरु, कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

    विराटनगर / नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् । कुराकानीमा मन्त्री लिंथेपले जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन तथा त्यसबाट सिर्जित प्रशासनिक अवरोधका कारण बजेट कार्यान्वयन प्रभावित भए पनि प्रदेश सरकारले ७० प्रतिशतभन्दा बढी खर्च गर्न सफल भएको बताए ।उनका अनुसार चालु आर्थिक वर्षको खर्च अघिल्ला वर्षको तुलनामा केही कम भए पनि देशका अन्य प्रदेशसँग तु

    • प्रकाशित मितिः साउन १, २०८३
    • 151 पटक पढिएको
  • बागमती प्रदेश: मन्त्रालय आठमा झर्यो, मन्त्री १४ नै कायम

    हेटौंडा / बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ ।निर्णय आजदेखि कार्यान्वयनमा आए पनि मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम रहेपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ । सरकारले मन्त्रालय संख्या घटाएसँगै केही मन्त्री मन्त्रालयविहीन बनेका छन् । तर उनीहरूलाई तत्काल पदमुक्त नगरिने र केही समयका लागि विनाविभागीय मन्त्रीका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्ने तयारी गरिएको स्रोतले जनाएको छ । प्रदेश सरकारका एक मन्त्रीले मन्त्रालय नभए पनि के

    • प्रकाशित मितिः साउन १, २०८३
    • 134 पटक पढिएको
  • मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको ‘गौँथली’ आजदेखि प्रदर्शनमा

    काठमाडौं / मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ । झन्डै २५ वर्षअघि डा. भोला रिजालले गीतिकथानकका रूपमा निर्माण गरेको ‘गौँथली’लाई यसपटक संवादसहित नयाँ स्वरूपमा उनका छोरा डा। कपिल रिजालले निर्देशन गरेका हुन् । फिल्म हेर्ने दर्शकको चाँप बढेसँगै फिल्म युनिट काठमाडौँका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेको छ ।  सार्वजनिक प्रदर्शनअघि आयोजित प्रिमियरमा फिल्म हेर

    • प्रकाशित मितिः साउन १, २०८३
    • 193 पटक पढिएको
  • नेपाल–भारत ऊर्जा साझेदारीमा नयाँ उत्साह

    काठमाडौं / नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समिति जेएससीको १३औँ बैठकबाट भएका निर्णयलाई स्वागत गर्दै सीमापार विद्युत् प्रसारण क्षमता विस्तारले दुई देशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने जनाएको छ ।संघले बिहीबार जारी गरेको विज्ञप्तिमा ढल्केबार–मुजफ्फरपुर तथा ढल्केबार–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट तथा आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पुर्याउने सहमतिले थप ५५० मेगावाट विद्युत् निर्यातको बाटो खुलेको उल्लेख गरेको छ ।संघका अनुसार इनरुवा–पूर्णिया, दोधोधरा

    • प्रकाशित मितिः साउन १, २०८३
    • 185 पटक पढिएको
  • चार वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ ।शुक्रबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ। बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । ब

    • प्रकाशित मितिः साउन १, २०८३
    • 406 पटक पढिएको
  • अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेः आईजीपी कार्की

    काठमाडौं— प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन ९युएनसीओपिएस० मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले विश्वभरका प्रहरी संगठनबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको जानकारी दिएका हुन्।आईजीपी

    • प्रकाशित मितिः साउन १, २०८३
    • 428 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.