समाज

    Showing 591-600 of 6,554 items.
  • सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ

    काठमाडौं— सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।त्यसैगरी, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ।युवा तथा खेलकुद मन्त्रालयका सचि

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 391 पटक पढिएको
  • साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन

    काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो । आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ ।पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो ।यसदिन सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेका छन् । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमार्फत ४ अर्

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 386 पटक पढिएको
  • पूर्वगृहमन्त्री रमेश लेखकले दिए जाँचबुझ आयोगमा लिखित बयान (पूर्णपाठसहित)

    काठमाडौं— पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा लिखित बयान दिएका छन् ।लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोग कार्यालयमा पुगेर ६ पृष्ठको बयान दिएका हुन् ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 393 पटक पढिएको
  • ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार भन्दा बढी पुग्यो

    ताप्लेजुङ— ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार २ सय ४३ कम छ ।पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ नगरपालिकामा रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 398 पटक पढिएको
  • डा.निकोलस भुसालको जीवन रक्षा गर्न चिकित्सक संघको माग

    काठमाडौं— नेपाल चिकित्सक संघले आमरण अनसरत डा. कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।सोमबार संघले विज्ञप्ती जारी गर्दै माइतीघर मण्डलामा अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो ।बिगत सात दिनदेखि आमरण अनसनमा रहेका भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ । भुसालको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको संघले उल्लेख गरेको छ ।हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 386 पटक पढिएको
  • नख्खु कारागारबाट फरार कैदी मोरङबाट पक्राउ

    सङ्खुवासभा— केन्द्रीय कारागार नख्खुबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय टीकाराम विश्वकर्मा (अमित) लाई मोरङबाट पक्राउ गरेको हो।फरार विश्वकर्मा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । विश्वकर्मा जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भई २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार नख्खुमा कैद भुक्तान गर्दै आएका थिए। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको अव्यवस्थाका बेला उनी कारागारबाट फरार भएका जिल्ला प्रह

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 384 पटक पढिएको
  • शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

    काठमाडौं— झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारील

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 378 पटक पढिएको
  • एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद, दुई जना पक्राउ

    विराटनगर— मोरङ जिल्लामा प्रहरीले एम्बुलेन्स प्रयोग गरी ओसारपसार भइरहेको ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले ५२१ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।विशेष सूचनाका आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका–५ मा चेकजाँचका क्रममा प्रहरीले प्र।१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोकेको थियो। प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्स छाडेर फरार हुन खोजेपछि प्रहरीले हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरूमा धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका–६ निवासी निश्चल राई र सागुरिगढी गाउँपालिका–२ निवासी खगेन्द

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 378 पटक पढिएको
  • ‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

    काठमाडौं— काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् ।सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्रु सुरक्षा तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।सीडीओ पौडेलले जेनजी आन्दोलनपछि ट्राफिक प्रहरी कठिन परिस्थितिमा पुगेको स्मरण गर्दै हाल स्थिति सुधार भई अझ बलियो रूपमा सडकमा फर्किएको बताए ।‘जेनजी आन्दोलनपछि सुरुमा ट्राफिक प्रहरी सडकमा थिएन, सवारीसाधन थिएन, ड्रेससमेत थिएन, चारैतिर जलेका संरचनाहरू थिए,’ उनले भन

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 377 पटक पढिएको
  • सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छः मन्त्री चौलागाईँ

    काठमाडौं— वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् ।सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन् ।उनले भने,‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं । त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं’उनले भने ।त्यस्त

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 381 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा