समाज

    Showing 6,031-6,040 of 6,789 items.
  • उच्च गतिको इन्टरनेट एफटीटीएच सेवा वितरण

    डोटी / जोरायल गाउँपालिका–२ बुडर बजार र सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको तार रहित इनटरनेट सेवा एफटिटिएच सेवा वितरण सुरु गरेको छ। टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरेको हो । टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि यहाँका अन्य बजारमा सेवा वितरण गर्न सुरु भएको छ । यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गएिको थियो । नेपाल टेलि

    • प्रकाशित मितिः असार २६, २०७८
    • 119 पटक पढिएको
  • सर्पको टोकाइबाट नवलपरासीमा बालिकाको मृत्यु

    नवलपरासी / नवलपरासी को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । सर्पले राति नै डसेको र बिहान मात्रै परिवारले थाहा पाएर ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । 

    • प्रकाशित मितिः असार २६, २०७८
    • 97 पटक पढिएको
  • आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

    कञ्चनपुर / भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको उक्त खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । खानेपानी आयोजना स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन । उक्त आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन । आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताएका छन् । उपभोक्ताको आव

    • प्रकाशित मितिः असार २६, २०७८
    • 88 पटक पढिएको
  • फरार अभियुक्त पक्राउ

    बर्दिवास / बर्दिवासमा ज्यान मार्ने अभियोग लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–४ का शत्रुधन राय यादव रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ।अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका हुन् । गत पुस २२ गते बर्दिवास–१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका यादवलाई शुक्रबार (आज) पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।छुरा प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको लालबन्दी–३ का स्थायी बासिन्दा चौधरी लामो समयको उपचारपछि निको भएका छन् । यादवले व्यक्तिगत र

    • प्रकाशित मितिः असार २५, २०७८
    • 200 पटक पढिएको
  • निःशुल्क महाप्रस्थान यान सञ्चालनमा

    कैलाली / उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् । निःशुल्क रुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई सुक्रबार उक्त यानको चाबी हस्तान्तरण भएको छ ।धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले जानकारी दिएका छन् ।पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्य

    • प्रकाशित मितिः असार २५, २०७८
    • 127 पटक पढिएको
  • तनहुँमा पहिरोमा पुरिएको ११ घण्टापछि शव फेला

    तनहुँ / तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ –८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । ठूलो पहिरो भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । त्यस्तै बाढीपहिरोले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिरोबाट विस्थाप

    • प्रकाशित मितिः असार २५, २०७८
    • 88 पटक पढिएको
  • पानीमा डुबेर वृद्धको मृत्यु

    बिर्तामोड / झापामा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसतासी नगरपालिका –३ का ७५ वर्षीय नरध्वज लिम्बु रहेका छन् । लिम्बुको सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार उनी हिँडिरहेका बेला चिप्लेर पानीमा डुबेका थिए।लिम्बुले मादक पदार्थ सेवन गरेको र पानीमा लड्दा उनको टाउको डुबेकाले मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 91 पटक पढिएको
  • माडीका १६८ घर डुबानमा, उच्च सतर्कता अपनाउन आग्रह

    चितवन / चितवनको माडी नगरपालिकाका १६८ घर डुबानमा परेका छन् । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार लगातार परेको वर्षाका कारण माडी नगरपालिकाका –१, ३, ४, ६ र ७ का घरहरू डुबानमा परेका हुन ।उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका –१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ । अन्य स्थानकाहरूलाई स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ । निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन रोकिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रम

    • प्रकाशित मितिः असार २४, २०७८
    • 86 पटक पढिएको
  • संयुक्त विद्यार्थी संगठनले सिठ्ठी जुलूस गर्दै

    बिर्तामोड / संयुक्त विद्यार्थी संगठनले आज ७७ वटै जिल्लामा सिठ्ठी जुलूस गर्ने भएको छ। पेट्रोलियम पदार्थको मुल्यवृद्धि तथा भ्रष्टाचार विरुद्धमा संगठनले जुलुस गर्न लागेको हो ।विद्यार्थीले बिहिबार बिहान नेपाल आयल निगमको कार्यालय घेराउ गरेका थिए । अहिले दिउँसो ३ बजे माइतिघर मण्डला र ७७ वटै जिल्लामा सिठ्ठी जुलुस गर्ने संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंका विद्यार्थीहरुले प्रतिगमन तथा भ्रष्टाचारको विरोधमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै आएका छन् । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 162 पटक पढिएको
  • ओखलढुङ्गामा लडेर एक महिलाको मृत्यु

    ओखलढुंगा / ओखलढुङ्गामा  लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका –८ कास्मुकी पासाङ फुरी शेर्पा रहेकी छिन् । शेर्पा बुधबार राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा लडी घाईते भएकी थिइन् । शेर्पालाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः असार २४, २०७८
    • 80 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा