काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो ।एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं— नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन् ।सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा उनले बैंकिङ क्षेत्र ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै राजनीति स्वार्थको लागि यो क्षेत्रमा असर पुर्याउने काम नगर्न अनुरोध गरेका छन् ।उनले भने, ‘आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनैपनि प्रकारको असहजता र पछिल्लो समयमा भएका घटनाहरु हुनु भएन । हामी यसको व
काठमाडौं— जनप्रीय लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएको हुनाले जनप्रीय लोकतान्त्रिक पार्टीले सूची निर्वाचन आयोगमा बुझाएको हो ।यसैगरी नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीले समेत समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।आयोगका अनुसार हिजो र आज दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् ।पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता र सूचीको
काठमाडौं— उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन् ।नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताइन् ।‘मैले गाडी बुझाएको हो, तर राजीनामा बुझाएको छैन,’ उनले भनिन्, ‘समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएकाले आइतबार गाडी बुझाएँ । संसद् चलेको छैन, त्यतिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएको हुँ
एजेन्सी— चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ ।गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो ।चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा रद्द समेत गरेका थिए ।जसका कारण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिर्पोटिङ गरेका छन् ।ओसाकादे
काठमाडौं— कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो भने आज ६ सयले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ ।मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।निष्कासन हुने ऋणपत्रको अवधि एक वर्षको रहनेछ भने ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षि
काठमाडौं— गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।जेनजी आन्दोलनका क्रममा गत भदौं २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साझँ नै राजीनामा दिएका थिए । त्यसपछि भदौं २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरहरुमा सार्वजनिक तथा निजी सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् ।स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित पूर्व स्ववियू सभापति, क्रियाशील संघ–संगठनका अध्यक्ष, पूर्व अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान, नव आगन्तुक विद्यार्थी स्वागत तथा बेजोड सांस्कृतिक कार्यक्रम–२०८२ मा बोल्दै दाहालले देश विशेष परिस्थितिबाट अगाडि बढिरहेको उल्लेख गरे।उनले भने, ‘म अहिले देशको राजनीतिक परिस्थितिमा धेरै भन्न चाहन्नँ । निर्वाचन मुखैमा आइपुगेको छ । जेनजी आन्दो
काठमाडौं— चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो ।मन्त्रालयका अनुसार चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन वार्तापछि दुवै देशका आर्थिक र व्यापारिक टोलीहरूले टिकटकको विषय शान्तिपूर्ण र आपसी समझदारीका आधारमा समाधान गर्ने प्रारम्भिक सहमति गरेका थिए । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले सम्बन्धित कम्पनीहरूले चिनियाँ कानुनको पालना गर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.