जनकपुर । मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख व्यवस्थित र डिजिटल बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ ।आवश्यक भौतिक अभिलेख नआएर कर्मचारी अभिलेख एकीकृत गर्ने काम अवरुद्ध भएको भन्दै तत्काल कागजात उपलब्ध गराउन भनेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच २०८२ कार्तिक २६ गते कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण सम्बन्धी समझदारीपत्रपछि अभिलेख अद्यावधिक प्रक्रिया अघि बढाइएको हो ।अब उपरान्त सबै स्थानीय तहले स्
काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)को एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शनिबार वसन्तपुर डबलीमा सुरु भएको स्वास्थ्य शिविरमा ४ –५जना डाक्टरहरु द्वारा सम्बन्धित ओपिडीको निशुल्क स्वास्थ्य जाँच गराएको एनआइएचएसका संस्थापक अध्यक्ष रुप नारायण साहले जानकारी दिए ।उनले भने,‘क्यानसर विशेषज्ञ, अर्थोपेडिक, ग्याष्ट्रोलोजिष्ट लगायत ४ –५जना डाक्टरहरुद्वार ओपिडीको निशुल्क स्वास्थ्य जाँच हामीले गरेको छौं ।’ त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिएको पनि बताए ।‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका
काठमाडौँ । हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४, घासाँमा कृषक केवी शाही स्याउका बेर्ना उत्पादनमा सक्रिय छन् ।लामो समय भारतको सिम्लामा काम गरेर स्याउ खेतीसम्बन्धी अनुभव हासिल गरेका शाही हाल मुस्ताङमा जग्गा लिजमा लिएर हजारौँ स्याउका बेर्ना उत्पादन गर्दै आएका छन् । स्थानीय वातावरणअनुकूल गुणस्तरीय बेर्ना उत्पादन गर्दा कृषकहरूलाई सहज हुने र स्याउ खेती विस्तारमा सहयोग पुग्ने विश्वास शाहीको छ।
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् ।शुक्रबार १३३ औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए ।उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढंगले आएको छ । चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको कारण के हो कसैलाई थाहा छैन । पत्रकारले सोधे भ
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।समन्वय केन्द्रको उद्घाटन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन् । कार्यक्रममा आयुक्तहरू डा।जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो ।आयोगका अनुसार निर्वाचनसम्बन्धी सूचना तथा सन्देशहरू मतदाता, उम्मेदवार, राजनीतिक दल र सरोकारवालास
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर गरिएको छ ।राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थ लगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानुनी सहायतामा शुक्रबार सर्वोच्च अदालतमा रिट नं.०८२डब्लुओ ०६५३ (उत्प्रेषण) दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।रिट निवेदनमा नेपाल स
काठमाडौं— काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् ।यसअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा विभिन्न पदका लागि ३० जना तथा सफ्टवेयर विकास तथा सञ्चालनका लागि थप २० ज
काठमाडौं— अस्पतालको वार्डमै बिरामीलाई मुक्का हान्दै गरेको भिडियो भाइरल भएपछि भारतको हिमाचल प्रदेशस्थित एक सरकारी अस्पतालका चिकित्सक निलम्बित भएका छन्।शिमलाको इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) का सिनियर रेजिडेन्ट चिकित्सक डा. राघव नरुलाविरुद्ध प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ। भिडियोमा चिकित्सकले बेडमा सुतिरहेका बिरामीमाथि कुटपिट गरिरहेको देखिन्छ।घटनापछि अस्पताल प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। हिमाचल प्रदेश सरकारले घटनालाई गम्भीर र अस्वीकार्य भन्दै दोषीमाथि कडा कारबाही हुने जनाएको छ।बिरामीले सम्मानजनक व्यवहार माग्दा विवाद बढेको दाबी गरेका छन् भने चिकित्सकले
काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदनहरु दिनमा ६ वटासम्म आउने गरेको बताएका छन्शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए ।उनले भने, ‘आज ६० वटा सवारी धनिलाई सवारी साधन हस्तान्तरण गरिएको हो । मोटरसाइकलको हराउने र चोरी भएका निवेदनहरु दिनमा ५, ६ वटासम्म पनि आउने गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट यस्ता
कास्की— आगामी निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। यसअघिको निर्वाचनमा दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा यसपटक १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिएका छन्।जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन आह्वान गरेको थियो। सो अवधिमा उल्लेखित सङ्ख्यामा आवेदन प्राप्त भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।उनका अनुसार प्राप्त आवेदनबारे कार्यालयले आवश्यक अध्ययन तथा प्रमाणीकरणको काम गरिरहेको छ। प्रक्रिया पूरा भएपछि नयाँ मतदाता समेटिएको अन्तिम नाम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.