समाज

    Showing 6,741-6,750 of 11,065 items.
  • अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छुः दुर्गा प्रसाईँ

    काठमाडौं— ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै  देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन् ।‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफुनो क्षमताले भ्याए सम्म मैले् पहिले पनि गरिरहेको थिए । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईहरुले यो देश छोडेर जा भन्नु हुन्छ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 593 पटक पढिएको
  • अवैध संरचनामाथि महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ ।महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो ।महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले गुठीसँग समन्वय गरेर डोजर चलाइएको बताए ।“गुठीसँग समन्वय गरेर भत्काएका छौँ । त्यहाँ बनेका संरचना अवैध हुन् । नक्साविना बनेका थिए,” उनले भने ।महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घरटहरामा डोजर चलाउँदै आएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 507 पटक पढिएको
  • मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरार मुद्दामा संलग्न

    काठमाडौं— अन्तरिम सरकारमा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरक मुद्दामा फरार अभियुक्त रहेको तथ्य प्रहरीको आधिकारिक रेकर्डबाट खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाले पुष्टि गरेअनुसार सुनारविरुद्ध दुईवटा अभियोगमा कैद सजाय भुक्तान गर्न बाँकी छ।प्रहरी स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरे पनि सुनार पक्राउ नपरेका र मुद्दा हालसम्म फर्स्यौट नभएको उल्लेख छ। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा समेत उनी पक्राउ परेका छैनन्। दुवै

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 552 पटक पढिएको
  • सुनको मूल्य तोलामा ११ हजार ६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो। कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 579 पटक पढिएको
  • नयाँ चार मन्त्री थपिँदै, आज २ बजेपछि शपथ

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार ४ जना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने तयारी भएको छ।उनीहरूको शपथका लागि दिउँसो साढे २ बजेको समय तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 584 पटक पढिएको
  • नेपाल र अमेरिका मैदानमा, टस जितेर नेपाल बलिङमा

    काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ  । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो । पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ । आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।दो

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 600 पटक पढिएको
  • नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ

    काठमाडौं— नवलपरासी कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पाल्पामा पक्राउ गरेको छ।कास्की पोखरा महानगरपालिका–२१ का २८ वर्षीय समिर गुरुङ आइतबार बिहान पक्राउ परेका हुन्। प्रहरी चौकी प्रभास, पाल्पाको टोलीले तानसेन नगरपालिका–१० साडीखोलास्थित उनको ससुराली घरबाट बिहान करिब ३ बजे उनलाई नियन्त्रणमा लिएको हो।पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार गुरुङ लागुऔषधसम्बन्धी मुद्दामा जेल सजाय भोग्दै आएका थिए। उनी गत २४ भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा नवलपरासी कारागारबाट फरार भएका थिए।पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय पाल्पामा बुझाइएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 543 पटक पढिएको
  • बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने

    काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 303 पटक पढिएको
  • मन्त्री घिसिङद्वारा सिंहदरबारस्थित संघीय संसद भवनको स्थलगत निरीक्षण

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।उनले भने, ‘पहिलो पटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन अवलोकन गर्दा पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भ

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 401 पटक पढिएको
  • जेनजीको माग पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल

    काठमाडौं । डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारसामु जेनजीको माग पुरा गर्न चेतावनी दिएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पुरा भएको भन्दै जेनजीका माग पुरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन् । ‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौ । त्यो रहरले हैन, कहरले हो । अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईहरुले हिम्मत गर्नुस् । हामीले जेनजीको रगतले तपाईलाई बनाएका हांै,’ उनले भने, ‘आज माइतिघरमा जेनजीको माग पुरा गर भन्दै गर्दा उनीहरुलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो ? प्रधानमन्त्री सुशिला कार्की ज्य

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 360 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.