समाज

    Showing 6,921-6,930 of 7,709 items.
  • विजयसाल संरक्षणमा टेवा पुर्याउदै कञ्चनपुरका सामुदायिक वन

    कञ्चनपुर / बहुऔषधीय गुण भएका विजयसाल जोगाउनका लागि कञ्चनपुरका सामुदायिक वनका उपभोक्ता संरक्षणमा जुटेका छन् ।लोपोन्मुख अवस्थामा पुगेका विजयसाल जोगाउनका लागि यहाँका सामुदायिक वनका उभोक्ताले विगत एक दशकदेखि अभियान नै सञ्चालन गरेका हुन् । उपभोक्ताले वन क्षेत्रमा प्राकृतिकरुपमा रहेका रुखको संरक्षण गर्ने कार्यसँगै नयाँ बिरुवा उत्पादन गरी रोप्ने कार्य गर्दै आएका छन् । सामुदायिक वनले वन क्षेत्रमा नमूना प्लट निर्माण गरी विजयसाल संरक्षण गर्दै आएको जिल्ला सामुदायिक वन समन्वय समितिका सचिव नरेशराज भट्टले बताएका छन्  । उनका अनुसार कृष्णपुर नगरपालिकास्थित जयलक्ष्मी सामुदयिक वनले १५ हेक्टर, जनहि

    • प्रकाशित मितिः साउन १, २०७८
    • 139 पटक पढिएको
  • सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घनका घटनामा वृद्धि

    सोलुखुम्बु / सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधि

    • प्रकाशित मितिः साउन १, २०७८
    • 98 पटक पढिएको
  • बसपार्क विहीन बनेको गलकोट

    बागलुङ / शहरउन्मुख गलकोट नगरपालिका बसपार्क विहीन भएको छ । बढ्दो आवादी र पूर्वाधार विकाससँगै सवारीको चाप बजार क्षेत्रमा छ। ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बटुवासमेतलाई सास्ती छ ।गलकोट नगरपालिकासँग भने बसपार्क बनाउन जग्गा नभएको बनिबनाउ जवाफ मात्र छ । बजार क्षेत्रमा सार्वजनिक जग्गै नभएको र निजी जग्गा किन्नै नसकिने नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन्  । यसअघि वडा नं १ र ९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन गर्दा लामो झण्झट व्यहोर्नुपरेको उनले बताएका छन् । जग्गा अभावकै कारण कतिपय पूर्वाधारका काम रोकिएका छन्। “बसपार्कका लागि जग्गाको खोजी भइरहे पनि पाइएको छैन”, उनले बताएका छ

    • प्रकाशित मितिः साउन १, २०७८
    • 122 पटक पढिएको
  • बालविवाहका घटनामा कमी आएन

    काठमाडौँ / कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको पाइन्छ ।मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ । सबैभन्दा बढी धादिङमा ६२।९ प्रतिशत, नुवाकोटमा ६२।५ प्रतिशत, सिन्धुलीमा ६२।५ प्रतिश

    • प्रकाशित मितिः साउन १, २०७८
    • 95 पटक पढिएको
  • प्रदेश एकमा एकै दिन २ महिलाको शंकास्पद मृत्यु

    बिर्तामोड / प्रदेश १ मा आज दुई जना महिलाको शंकास्पद मृत्यु भएको छ । गत सोमबार एकै दिन तीन महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आज (बिहिवार) थप दुई जनाको मृत्यु भएको हो ।  आज मृत्यु हुनेमा विराटनगर महानगरपालिका –११ बसपार्कमा चिया पसल संचालन गर्दै आएकी एक महिला र गौरादहको गेउरियाकी ३९ वर्षीया संगीता टुडु रहेका छन् । उनीहरु दुवैको मृत्यु शंकास्पद भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । विराटनगर बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी महिला आज (विहीबार) मृत अवस्थामा फेला परेकी हुन् । उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको मोरङ प्रहरीले जनाएको छ ।घटनाबारे थप अ

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 1,075 पटक पढिएको
  • पानी सर्किएर एक युवकको मृत्यु

    बिर्तामोड / बिहिबार बिहान पानी सर्किएर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।  श्रेष्ठले बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउँने क्रममा एक्कासी पानी सर्किदा उनि बेहोस भएका थिए ।उनलाई उपचारका लागि भद्रपुर स्थित मेची अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा बिहान पौने ९ बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 145 पटक पढिएको
  • तेस्रोपटक गिनिज बुक रेकर्ड राख्ने तयारी गर्दै मेमोरी किङ अर्पण

    बिर्तामोड / विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका व्यक्ति “मेमोरी किङ”का नामले चिनिने अर्पण शर्माले अर्को विश्व कीर्तिमानको तयारी गरेका छन् ।स्मरण शक्तिमा दुई वटा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरिसकेका भद्रपुर निवासी उनले अब तेस्रो कीर्तिमान राख्ने घोषणा गरेका छन् ।पहिलोपटक २०७१ सालमा एक मिनेटभित्र ४२ वस्तुको नाम क्रमवद्ध रुपमा सम्झेका उनले दोस्रो पटक ८३ वस्तुको नाम सम्झेर विश्व कीर्तिमान बनाएका थिए।अबको कीर्तिमान कस्तो हुने भन्ने बारेमा यही साउन ३ गते विर्तामोडको सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 125 पटक पढिएको
  • हल्दिबारीमा खुला व्यायामशाला

    झापा / ‘गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धन’ अभियान अन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख रुपैयाँ र जनसहभागिताबाट तीन लाख ६५ हजार रुपैयाँका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन्। सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गरेका थिए। यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरिएको छ ।  

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 263 पटक पढिएको
  • झापामा ७५ प्रतिशत रोपाईँ

    बिर्तामोड / धानखेतीका लागि उर्वरभूमि मानिने झापामा असार मसान्तसम्ममा ७५ प्रतिशत जमिनमा रोपाइँ भएको छ । मनसुन चाँडै सक्रिय भएका कारण गतबर्षको तुलनामा यो वर्ष असार मसान्तसम्ममा ७५ प्रतिशत जमिनमा रोपाईँ भएको हो । गतवर्ष यस अवधिमा ६२ प्रतिशत जमिनमा रोपाईँ भएको थियो । समयमा मनसुन शुरु भएका कारण पानीको अभाव नभएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । पर्याप्त पानी भएपनि उत्पादनले मूल्य नपाउँदा किसान खेतीप्रति आकर्षित हुन नसकेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताए । उनले यो वर्ष धान खेतीमा लागत झन बढेको बताए । ‘धान रोप्नका लागि मेसिन छैन, भट्

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 151 पटक पढिएको
  • बाढी, पहिरो र कटानले ८५ घर भत्किए

    म्याग्दी / यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।    सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।  पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु नौ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई रु १५ हजार र पाँच जनाभन्दा बढी सङ्ख्यामा सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको सहा

    • प्रकाशित मितिः असार ३१, २०७८
    • 158 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा