समाज

    Showing 6,941-6,950 of 10,003 items.
  • सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला— गएराति कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 615 पटक पढिएको
  • रौतहटको सुटकेसमा मृतावस्था घटनाः रूवी साहका प्रमुख आरोपित फेला परे

    काठमाडौं— रौतहटमा सुटकेसमा मृतावस्थामा फेला परेकी  रुबी साहका प्रमुख आरोपित पक्राउ परेका छन्। घटनामा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवान पक्राउ परेका हुन्।पासवान घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । ‘हामीले निगरानीमा राखेको थियौँ। उहाँ आफैँ घाइते अवस्थामा फेला पर्नुभयो।’ डीएसपी कार्कीले भने,‘आरोपितभन्दा पनि लगभग प्रमाणित भइसक्यो। घटना घटाएको स्वीकारेको छ।’ कार्कीका अनुसार रौतहट आरोपितलाई प्रहरीले जलेको अवस्थामा भेटिएका छन्।पासवानले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्। माधवनारायण नगरपालिका–६, माधोपुर

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 558 पटक पढिएको
  • नाबालिका बलात्कार आरोपमा युवक पक्राउ

    झापा— १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–३ बस्ने १९ वर्षीय जीवन कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।उक्त घटना गत असार १४ गते राति भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी कान्छी आमाले गत सोमबार दिएको जाहेरीको आधारमा कटुवाललाई पक्राउ गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 672 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

    काठमाडौं— दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन् । भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार राति ९ बजे तिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोट लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृत

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 668 पटक पढिएको
  • सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको सनाखत, ४ जनाको उपचार हुदै

    काठमाडौं— गएराति झापाको कन्काईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने भ्यान चालकको पहिचान खुलेको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालकको मृत्यु भएको थियो भने एकै घरका चार जना घाइते भएका थिए। ज्यान गुमाउने भ्यान चालक झापाकै शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। परिवारका सदस्यबाट सनाखत भएपछि प्रहरीले उनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखेको छ। द

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 680 पटक पढिएको
  • भोटेकोसीमा जिप खस्दा चालक र सहचालक बेपत्ता

    सिन्धुपाल्चोक— जिल्लाबाट चीन जोड्ने भोटेकोसी गाउँपालिका—४ हिन्दीमा मंगलबार बोलेरो जिप भोटेकोसीमा खस्दा चालकसहित २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सर्लाही बरथहवा नगरपालिका—२ बस्ने २३ वर्षीय चालक राजेशकुमार कुसवाह र २५ वर्षीय सहचालक राम प्रवेश महत्तो रहेका छन् । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ को जिप सडकबाट भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ता भएका दुबै जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।दुर्घटना भएको जिपलाई एक्स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा एक पुरुष व्यक्तिको शव भोटेकोसी नदीले बगाएको थि

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 591 पटक पढिएको
  • राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन्।राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मंगलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथासक्य पहल गरिदिन आग्रह गरेका हुन्। पौडेलले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन्।राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह ग

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 671 पटक पढिएको
  • रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

    काठमाडौं— गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ। यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो।यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु बजारमा अभाव सृजन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 655 पटक पढिएको
  • बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न न्यौपानेको नेतृत्वमा समिति गठन

    काठमाडौं— नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ। बारले वरिष्ठ अधिवक्ता एवं न्याय परिषद्का पूर्वसदस्य उपेन्द्र केशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो।नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार फैसला अध्ययन समिति गठन गरिएको महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार समितिबाट अध्ययन भई सम्पादन भएका कार्यहरु सहितको प्रतिवेदन वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक जानकारीका लागि प्रकाशन पनि गरिदिनेछ।समितिको सदस्यमा डा.सुष्

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 691 पटक पढिएको
  • भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

    नेपालगन्ज— भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन्।भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी संक्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए। बिरामीले एक वर्षमा रु तीन लाखबराबरको डाइलायसिस सेवा पाउनेछन्। अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायस

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 730 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.