समाज

    Showing 6,951-6,960 of 11,065 items.
  • ओखलढुङ्गामा वृद्धको खाना अड्किएर मृत्यु

    काठमाडौं— ओखलढुङ्गामा खाना खाने क्रममा अड्किएर एक वृद्धको मृत्यु भएको छ। चम्पादेवी गाउँपालिका(३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर मृत्यु भएको हो।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 596 पटक पढिएको
  • बालेन र सुदनविरुद्ध नेविसंघको किटानी जाहेरी

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्। २४ घण्टाभित्र जाहेरी दर्ता ग

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 493 पटक पढिएको
  • अस्पताल भर्ना भएका राष्ट्रपति डिस्चार्ज

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार अस्पतालमा भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 720 पटक पढिएको
  • सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 569 पटक पढिएको
  • कपनमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा युवकको मृत्यु

     काठमाडौं— काठमाडौंको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।सोलुखुम्बु घर भई कपनमा बस्दै आएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 628 पटक पढिएको
  • बेवारिसे अवस्थामा भेटिए ३०३ राइफल

    झापा— दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 538 पटक पढिएको
  • करेन्ट लागेर स्काभेटर चालकको मृत्यु

    रसुवा— रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको हो।टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक शनिबार करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सडकको हिलोमा भासिएका मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 521 पटक पढिएको
  • माटोको ढिस्कोले च्यापिँदा दुईको मृत्यु, छ जना घाइते

    बारा— बाराको सिम्रौनगढ नगरपालिका–६ पानीटंकी नजिक माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। शनिवार बिहान छठ पर्वका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा सो घटना भएको हो।ज्यान गुमाउनेमा सिम्रौनगढ–६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन्। घाइते अवस्थामै उनीहरूलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीका अनुसार घटनामा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीया रानीकुमारी महतो, १४ वर्षीया सुशीलाकुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा घाइते भ

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 585 पटक पढिएको
  • जीवित बन्धकको नयाँ सूचीमा विपिनको नाम समावेश

    काठमाडौं— हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियोे भने नेपाली विपिनको अवस्था अज्ञात भनिएको थियोे।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 704 पटक पढिएको
  • शनिबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं— अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित भएका नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुने एमालेले जनाएको छ। भक्तपुरको गुन्डुस्थित ओली निवासमा गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो।  शनिबार पनि बैठक निरन्तर जारी रहने तालिका भए पनि अचानक अध्यक्ष ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागीताको लागि जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका थिए। 

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 666 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.