समाज

    Showing 7,081-7,090 of 10,003 items.
  • काठमाडौं महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई ५ सय जरिवाना

    काठमाडौं— काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि कारबाही सुरु गरेको छ। सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने भन्दै महानगरले धुम्रपान नियन्त्रणमा कडाइ थालेको हो।आइतबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिने महानगर प्रहरीले जनाएको छ।नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार जनगुनासो र सार्वजनिक स्थानमा अत्यधिक धुम्रपानको अवस्था बढेपछि कडाइ गर्न यो कदम चालिएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को महानगरको आर्थिक ऐनमार्फत यो प्रावधान लागू गरिएको उनले जानकारी दिए।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 808 पटक पढिएको
  • कटुवा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ

    बाँके– नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित सोही नगरपालिका–९ बस्ने १७ वर्षीय किशोरसमेत दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 643 पटक पढिएको
  • पत्रकारमाथिको दमनको विरोधमा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन

    जनकपुर— जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् ।अरुलाई न्याय दिलाउन अहोरात्री कलम चलाउँदै आएका पत्रकारहरु स्वयम पीडित भएको भन्दै धनुषासहित मधेश प्रदेशका विभिन्न पत्रकार संगठनमा आवद्ध सञ्चारकर्मीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नाराबाजी गर्नुका साथै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाईदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन् ।गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकारमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको थिए । उक्त घटनामा ६ जना पत्रकार घाइते

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 560 पटक पढिएको
  • ७२ किलो गाँजासहित पाँचजनाको समूह धरानबाट पक्राउ

    धरान— सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित ओशो पार्क जंगलमा ठूलो परिमाणको गाँजासहित पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा लागुऔषध गाँजा कारोबारमा संलग्न समूहलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट ७२ किलो गाँजा बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। बरामद गरिएको गाँजा ६ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको उनको भनाइ छ ।गाँजासहित पक्राउ पर्नेमा धरान–२० बस्ने ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रञ्जित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी–१० बस्ने ३४ वर्षीय प्रदी

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 555 पटक पढिएको
  • गोंगबु होटलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

    काठमाडौं— काठमाडौंको गोंगबुस्थित बसपार्क नजिकैको एक होटलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।काभ्रेपलाञ्चोक घर भई हाल बूढानीलकण्ठ बसोबास गर्ने सन्तोष सेन्चुरीलाई वीरगन्जबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।शुक्रबार राति करिब ११ बजेतिर गोंगबुस्थित होटलको कोठा नम्बर २०१ मा २७ वर्षीया ललिता विकको शव खाटमुनि शंकास्पद अवस्थामा फेला परेको थियो। शव भेटिएपछि काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।शवको सनाखत ललिता विकको रूपमा भएको र पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 564 पटक पढिएको
  • उर्जामन्त्री खड्का भन्छन काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन

    काठमाडौं— उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् ।नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा  प्राधिकरणमा कार्यरत कर्मचारीलाई दिर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका हुन् ।“विद्युत क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ,”– उनले भने । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उनको भन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 521 पटक पढिएको
  • नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले  निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन् । उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् । उनले लेखेका छन्, नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 587 पटक पढिएको
  • प्राधिकरणको आर्थिक प्रगति, सेवा गुणस्तरमा सुधारको योजना

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए । उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।शाक्यका अनुसार,

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 522 पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले ल्यायो आईभीएफ सेवा सुधारको कडा मापदण्ड

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन्। मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो। यो मापदण्ड स्वीकृत भएसंगै नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर)

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 691 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।  प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो । 

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 537 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.