काठमाडौं— सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्थाबारे जानकारी लिन विमानस्थलस्थित सम्बन्धित कार्यालयको अनुगमन गरेको हो।अनुगमनका क्रममा समितिका सदस्यहरूले अध्यागमन प्रक्रिया, भन्सार व्यवस्थापन, यात्रुले प्राप्त गर्ने सेवा सुविधा तथा राजस्व संकलनको अवस्थाबारे जानकारी लिएका थिए।समितिले विमानस्थलबाट प्रवाह हुने सेवामा देखिएका समस्या, सुधार गर्नुपर्ने पक्ष र व्यवस्थापनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग छलफलसमेत गर
काठमाडौं / नेपालमा खेल पर्यटन स्पोट्र्स टुरिजमको सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले कुराकानीमा पर्यटनलाई कुनै एउटा क्षेत्रसँग मात्र सीमित गरेर बुझ्न नहुने बताए । उनले पर्यटन विभिन्न उद्देश्य, प्रेरणा र गतिविधिसँग जोडिने भएकाले खेलकुदसँग पनि यसको गहिरो सम्बन्ध रहेको उल्लेख गरे । उनका अनुसार सामान्यतया पर्यटन भन्नाले
काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राखे ।उनले भने, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ । कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन् । घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो ।’आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताए । उनले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड
काठमाडौं / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुगमन, मूल्याङ्कन र कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताएका छन् ।सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ माथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले विधेयकको दफा ८ मा रहेको समीक्षा, मूल्याङ्कन र कार्यान्वयनसम्बन्धी व्यवस्था महत्वपूर्ण रहेको बताए । उनले विभिन्न समिति, आयोग र संस्थाले अध्ययन अनुसन्धान गरी तयार पारेका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा समस्या देखिएको उल्लेख गरे ।&n
रामेछाप / काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’ गरिएको छ।जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२ः३३ बजे जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो। प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको अवस्था सुनिश्चित भएपछि अर्को सूचना जारी गरी बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ।जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्
काठमाडौं / नेपाललाई विश्व पर्यटन बजारमा चिनाउने प्रमुख आधार प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति र साहसिक गतिविधि हुन् । पछिल्लो समय पर्यटनको नयाँ आयामका रूपमा खेल पर्यटन पनि चर्चामा छ । खेल हेर्न, खेल्न वा खेलसँग सम्बन्धित गतिविधिमा सहभागी हुन गरिने यात्रालाई खेल पर्यटनका रूपमा बुझिन्छ । विश्वका धेरै देशले खेलकुदलाई पर्यटन, अर्थतन्त्र र देशको ब्रान्डिङसँग जोडेर ठूलो लाभ लिइरहेका बेला नेपालमा पनि खेल पर्यटनको सम्भावना बढ्दै गएको छ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने देशहरूले खेलमार्फत लाखौँ पर्यटक भित्र्याउने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र विश्व बजारमा आफ्नो पहिचान स
काठमाडौं। जेनजी अभियानी माजिद अन्सारीमाथि भएको भनिएको कुटपिट र पक्राउ प्रकरण राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ। जेनजी मुभमेन्ट अलायन्सले सोमबार सरकार, गृह प्रशासन, नेपाल प्रहरी तथा घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिविरुद्ध आयोगमा उजुरी दर्ता गराएको हो।उजुरीमा अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिँदा संविधानले सुनिश्चित गरेका अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र सम्मानपूर्वक बाँच्न पाउने हक उल्लंघन भएको दाबी गरिएको छ।अलायन्सले घटनासम्बन्धी भिडियो, कीर्तिपुर अस्पताल र त्रिवि शिक्षण अस्पतालको मेडिकल रिपोर्टसमेत आयोगमा बुझाएको जनाएको छ। हाल अन्सारी महाराजगञ्जस्थित त्रिवि शि
काठमाडौं / प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगति सम्बन्धमा छलफल गरिएको छ ।बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने जानकारी दिए । समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए ।उनले भने, ‘१० दिनभित्र राष्ट्रिय योजना आयोगले समितिमा उठेका कुराहरु लिखित
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणले अब कानुनी मोड लिएको छ। घटनाको सत्यतथ्य उजागर गर्न परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया सुरु गरेसँगै औपचारिक अनुसन्धान अगाडि बढ्ने भएको हो।गणेश नेपालीका परिवारका सदस्यहरू सोमबार प्रहरी वृत्त कालीमाटी पुगेर जाहेरी दर्ताको प्रक्रिया अघि बढाएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कुनै पनि अप्राकृतिक मृत्युमा कानुनी रूपमा जाहेरी दर्ता गरिने व्यवस्था भएकाले त्यसैअनुसार अनुसन्धान अघि बढाइनेछ।उनका अनुसार जाहेरीपछि पोस्टमार्टम, आवश्यक प्रमाण संकलन, घटनाको विस्तृत अनुसन्धान तथा कानुनी आ
रामेछाप / गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ । यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ । पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएको उनले जानकारी दिए । घट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.