समाज

    Showing 7,121-7,130 of 11,065 items.
  • बाढीपहिरोमा परी पाँचथरमा दुई जनाको मृत्यु

    पाँचथर— बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको हो भने शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।त्यस्त मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी हुन् । फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएका छन्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 629 पटक पढिएको
  • रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने

    रामेछाप— लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पु¥याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।    गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बिपी राजमार्गमा ठुलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो । अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 575 पटक पढिएको
  • नेपाली सेनाको हेलिकप्टरमार्फत मृगौला रोगीलाई उपचारका लागि काठमाडौं ल्याइयो

    काठमाडौं— अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरु अवरुद्ध रहेका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 698 पटक पढिएको
  • खुकुरी प्रहारबाट गम्भिर घाइते बाजुराका साउँदको उपचारमा आर्थिक सहयोगको अपिल

    बाजुरा— खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज साउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको हो ।  गम्भिर घाईते साउँद र उनको घर परिवारको अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग गर्न सम्पुर्णमा आग्रह गरिएको हो । असोज १५ गते राती त्रिवेणी नगरपालिका २ स्थित छतारास्थित चाल्नेगडा दशैँ मेलामा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका थिए।सोही झडपमा खुकुरी प्रहारबाट गम्भिर घाइते १८ वर्षीय साउँदको घाँटी, निधार र दाँहिने हातमा गम्भिर चोट लागेको थियो । घाइते साउँदको अहिले ट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 475 पटक पढिएको
  • विश्वकपको छनोटको तयारीः आज नेपाल कतारसँग भिड्दै

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 723 पटक पढिएको
  • पानीजन्य रोगको जोखिम बढ्दै, स्वास्थ्य मन्त्रालयको सतर्कता अपनाउन आग्रह

    काठमाडौं— निरन्तर वर्षा र प्राकृतिक विपत्तिपछि पानीजन्य तथा कीटजन्य रोगको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राकृतिक विपद्‌का बेला प्रारम्भिक रूपमा देखिने चोटपटक र भौतिक क्षतिका साथै त्यसपछिका दिनहरूमा पानी र सरसफाइसँग सम्बन्धित रोगहरू देखा पर्न सक्ने भएकाले सावधानी आवश्यक छ।'विपद्पछि खानेपानी प्रदूषित हुने सम्भावना उच्च हुन्छ,' डा. बुढाथोकीले भने, 'त्यसले पखाला, हैजा, डेङ्गी, मलेरिया जस्ता रोगहरू फैलिने खतरा निम्त्याउँछ।'उनका अनुसार हालको अवस्थामा अस्थायी बसोबास, अपुरो सरसफाइ र पोषणको कम

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 765 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

    काठमाडौं— चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भएका शर्मा यसअघि नख्खु कारागारमा थुनामा रहेका थिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला शर्मा कारागारबाट भागेका थिए।शर्मालाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले शर्मालाई पक्राउ गरेको बताए।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 673 पटक पढिएको
  • काभ्रेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर महिलाको मृत्यु

    काभ्रेपलाञ्चोक— काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको हो ।बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 714 पटक पढिएको
  • वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरियो

    काठमाडौं— वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । उनल‍े आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।सो अवधिमा २४ घण्टे अवधिभित्र सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिट

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 600 पटक पढिएको
  • विपद् प्रतिकार्यका लागि २० हजार प्रहरी परिचालन

    काठमाडौं— नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ ।  नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको गुल्महरू र प्रहरी कार्यालयहरूबाट यो सङ्ख्यामा जनशक्ति परिचालित रहेको बताए ।कोशी प्रदेशमा हाल पनि जोखिम रहेको अवस्थालाई मध्यनजर गरी संयुक्त रूपमा सुरक्षाकर्मी परिचालित भइरहेको उनले बताए । काठमाडौंमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले र्‍याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै केन्द्रित गरेर काम गरेको भट्टराईले बताए । विपद् व्यवस्थापन कार्यालय मातहतकै वि

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 2,295 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.