काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।सुनको मूल्य बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघले प्रकाशित गरेको मूल्यसूचीमा उल्लेख छ । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
काठमाडौं— नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’नायिका खड्काले यस्ता गतिविधिबाट सावधान र
काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए।चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए ।
काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सेपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान१ मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सेपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’नायिका खड्काले यस्ता गत
काठमाडौं— नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले सबै बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन मैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार काठमाडौंमा आयोजित अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले नेपालको बैंकिङ प्रणाली अझै पनि अपाङ्गता मैत्री हुन नसकेको बताएका हुन्।उनले एक दृष्टिविहीन व्यक्ति बैंकमा खाता खोल्न जाँदा अदालतबाट साक्षी प्रमाणित गरेर ल्याए मात्र खाता खोल्न मिल्ने भनिएको अनुभव सुनाउँदै यस्ता घटना देशका विभिन्न स्थानमा दोहोरिइरहेको बताए । कतिपय दृष्टिविहीन व्यक्तिहरूले बैंकसँग संघर्ष गरेर भए पनि सेवा लिइरहेका भए पनि सबै दृष्टिविहीन नागरिकले सहज
काठमाडौं— नेपालमा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुलाई बैंकिङ सेवा लिन सकस भएकाले त्यस्ता व्यक्तिलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउन हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्ने नेपाल दृष्टि विहीनसंघका समावेशीकरण सल्लाहकार खोमराज शर्माले बताएका छन् ।अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यशाला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा आफ्ना धारणा राख्दै उनले नेपालका बैंक तथा वित्तिय संस्थाहरु अपाङ्गता मैत्री नभएको उनले बताए । सोहि कारण नेपालमा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा बैंकिङ सेवा लिन नपाएको तितो यर्थाथलाई उनले उजागर गरे ।उनका अनुसार सबै बैंकहरुले एटिएम
काठमाडौं— नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस उद्योग तीव्र रूपमा विस्तार हुँदै गएसँगै व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ।नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित यस एक्स्पो डिसेम्बर २६ देखि २८ (पौष ११–१३) काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएका छन्।हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गर्नेछन्। कार्यक्रमको मिडिया पार्टनर वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फÞर र प्
काठमाडौं— निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ।यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनस्र्थापनाका लागि रि
धनुषा— पछिल्लो एक सातादेखि तराई–मधेश क्षेत्रमा एक्कासी चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। चिसो बढेसँगै बजार क्षेत्रहरू सुनसान देखिन थालेका छन् भने सर्वसाधारणको आवतजावत उल्लेख्य रूपमा घटेको छ।बिहानपख बाक्लो शीत र चिसो हावाका कारण दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन्। विशेषगरी ग्रामीण भेगमा किसानहरू चिसोका कारण ढिलो गरी मात्र खेततर्फ जान थालेका छन्, जसले कृषि गतिविधिमा असर पुगेको छ।गाईभैंसी चराउन जाने किसानहरूलाई पनि चिसोले समस्या थपेको छ। चिसोबाट पशुहरूलाई जोगाउन किसानहरूले गाईभैंसीलाई कपडा बाँधिदिने गरेका छन्। लामो समयसम्म चिसो यस्तै रहेमा बालबालिका, वृद्धवृद्धा तथा गरिब वर
काठमाडौं— संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ ।समितिको आज बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ ।समितिको बैठक बुधबार बिहान ११ः१५ बजे संघीय संसद सचिवालयस्थित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठ घर नं. ४) मा बस्नेछ ।छलफलमा संविध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.