काठमाडौं— निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ ।आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् ।
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ ।चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालयमा पुगेर अनुगमन तथा छलफल गर्ने भएको हो ।बुधबार सरकारी टोलीले दलहरूसँग निर्वाचनको तयारी, राजनीतिक वातावरण र सहकार्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा छलफल गर्ने जनाएको छ । समितिको तालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पु
काठमाडौं— आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।आजको बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको छ ।
सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गरेका छन् ।कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नु भएका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुग्नु भई आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक र प्रशासनिक अप्ठ्याराबारे जानकारी लिएका हुन् ।निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फुकाउन आफूले पहलकदमी लिने बताउनु हुँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिक
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।‘देशको परिस्थिति गम्भिर र संवेदनशील भए
काठमाडौं । राष्ट्रिय सभा अन्तरगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारवाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा छलफल भएको छ ।मंगलबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।सोही क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा.नरेश सुवेदीले स्थानीय सरकारसँगको सहकार्यमा खासगरि संरक्षण क्षेत्रहरुमा थोरै विवाद देखिएको भन्दै त्यो विवाद संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ ले स्थानीय र प्रदेश सरकार नचिनेको कारण उठ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने बताएका छन् । सरकारकै कारण आफू नेपाली हुन पनि नसकेको गुनासो गरे ।मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सदियौँदेखि एउटै वर्ग र समूहले हालीमुहाली गरेको साथै थारुहरुलाई नेपाली हुनै नदिएको उनको गुनासो छ ।टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी भएको एवम पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका नेताहरु राम्रोसँग जानकार रहेपनि आफुहरुलाई नेपाली हुनबाट बन्चित गरेको उनको भनाइ थियो । जेनजी आन्दोलनको मर्म र महत्त्व बुझ्दै फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने उनको धारणा छ ।थारुहरु राज
काठमाडौं— भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार उपस्थित हुन आग्रह गरिएको हो। आयोगले यस घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान संकलन गरिसकेको जनाएको छ।अब अन्तिम चरणमा लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी भइरहेको छ। ओलीलाई समेत औपचारिक पत्रमार्फत बयानका लागि बोलाउने योजना आयोगको छ।
रामेछाप— अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन् ।गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए ।‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ?’ उनले भने ।आफूले मात्र चुनाव जित्नु ठुल
काठमाडौं— साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ ।यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।आज कारोबारमा आएका स्कट मध्ये १३४ कम्पनीको स्टकको शेयर मूल्य बढेको छ भने ११७ अंकको शयर मूल्य घटेको छ । त्यसैगरी ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.