काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले गणेश नेपालीको मृत्युले आफूहरूलाई स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरे । उनले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको गहिराइमा पुगेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरे ।उनले भने, ‘असाध्यै धेरै पीडा भयो, भावविह्वल बनायो। गणेश नेपालीको मृत्यु जुन आत्मदाहपछि भयो, यसले हामी सबैलाई स्तब्ध बनाएको छ। म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा भइरहेको बहसलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केवल औपचारिकतामा सीमित नभई यस्ता घटना दोहोरिन नदिन राज्य र संसदले जिम्मेवारी लिनुपर्ने बताए। ‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो—यसमा छलफल आवश्यक छ,’ उनले भने।उनले कानुनका कारण समस्या सिर्जना भ
काठमाडौं / नेकपा एमालेकी सांसद साजिदा खातुनले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई राज्यको गम्भीर असफलताको संकेत भएको बताउँदै सरकारलाई नागरिकप्रति थप जिम्मेवार बन्न आग्रह गरेकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खातुनले राहदानी विभाग नजिक २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहको प्रयासपछि भएको मृत्यु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै यसको कारण र पृष्ठभूमिप्रति सरकार सचेत हुनुपर्ने बताइन् । उनले नागरिकलाई निराशाको अवस्थामा पुग्न बाध्य बनाउने परिस्थिति सिर्जना हुनुमा राज्यको भूमिका र जिम्मेवारीबारे प्रश्न उठाइन् ।उनले भनिन्, ‘ विरोध त सरकारसँग छ । सबैभन्दा ठूलो कारण हो,
काठमाडौं / प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले मुलुकमा रहेको ठूलो बेरुजु रकम घटाउनु समितिको प्रमुख चुनौती भएको बताएका छन् ।शुक्रबार लेखा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति खड्काले समितिले बेरुजु फस्र्योटका लागि पाँच वटा उपसमिति गठन गरेको जानकारी दिए । उनले उपसमितिका संयोजकसहित सबै सदस्यहरूको व्यवस्थापन गरिएको र अब समितिले प्रभावकारी रूपमा काम अघि बढाउने बताए ।‘आज लेखा समितिको बैठकले पाँचवटा उपसमितिहरू गठन गरेको छ । संयोजकसहित सम्पूर्ण सदस्यहरूको व्यवस्थापन गरिएको छ । यसलाई मैले महत्वपूर्ण कार्यको रूपमा लिएको छु,’ उनले भने ।सभापति खड्काले हाल करिब ७
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले प्रधानमन्त्रीकै विगतको अभिव्यक्ति स्मरण गराउँदै सरकारसँग जवाफ माग गरेका हुन्। उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनाले आफू स्तब्ध भएको बताए। उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गते ९२६ जनवरी २०२३० को स्टाटस उद्धृत गर्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।उनले भने, ‘एकजना नागरिक आफूले देखेको प्रगतिका लागि सक्ने सबै कर्म गर्छन्।
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, जोखिमपूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य भएको बताएकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा हालै आएको बाढीले समस्या थप जटिल बनाएको उल्लेख गरिन् । तीन वर्षअघि नै बजेट विनियोजन भए पनि पुल निर्माण हुन नसकेको र स्थानीयले २० लाख रुपैयाँ संकलन गरेर निर्माणको प्रयास गर्दा पनि मापदण्ड नपुगेको भन्दै काम अघि बढ्न नसकेको उनको भनाइ थियो ।उनले भनिन्, ‘ मेरो झापा क्षेत्र नम्बर २ मा च
काठमाडौं / नेकपा एमालेका सांसद ऐनबहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको बताए । उनले अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताए ।उनले भने, ‘म भर्खरै वीर अस्पतालबाट अलि ढिलो गरिकन सदनमा उपस्थित भएको छु । वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय । त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बने
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले राइड सेयरिङ सेवामा आबद्ध गणेश नेपालीले यात्रु पु¥याएपछि त्रिपुरेश्वरमा मोटरसाइकल पार्क गरेर राहदानीसम्बन्धी कामका लागि जाँदा महानगरपालिकाले ह्विल लक लगाएको र त्यसपछि मानसिक तनावमा परेर आत्मदाह प्रयास गरेको बताइन् ।‘राइड सेयरिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पुर्याएपछि आफ्नो राहदानीसम्बन
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन् ।थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो,’ उनले लेखेका छन् ।उनले यो विषयलाई राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनासँग जोडेर हेर्न आग्रह गरेका छन् ।‘यो कुनै राजनी
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाए पनि त्यसअनुसार सेवा सुविधा दिन नसकेको आरोप लगाएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता आधारभूत सुविधा उपलब्ध गराउन नसकेको बताए । उनले कर तिरेबापत नागरिकले सुविधा पाउनुपर्ने भए पनि अहिले उल्टै दुःख, निराशा र आत्महत्याको अवस्था सिर्जना भइरहेको टिप्पणी गरे । उनले गणेश नेपालीको घटनालाई उदाहरण दिँदै राज्यको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।‘आजका नागरिकले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.