काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सरकारको सय दिनको उपलब्धि सीमित हुँदै गएको आरोप लगाइन् । उनले गरिब तथा विपन्न नागरिकहरूले आफ्ना समस्या समाधान नभएपछि चरम कदम चाल्नुपर्ने अवस्था आएको बताइन् ।‘सरकारको सय दिन सय दिनमै सीमित हुँदैछ । गणेश नेपालीजस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।उनले नेपाली जनता नै देशका सबैभन्दा सार्वभौम अधिकार सम्पन्न शक्ति भएको उल्लेख गर्दै जनताको धैर्य
काठमाडौं / नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घट्नामा प्रधानमन्त्री मैन बसेको भन्दै आपत्ति जनाइन् । जीवनसाथी, सन्तान र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले सरकार नागरिकका पीडा सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाइन् ।उनले भनिन्,‘मिति २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत
काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।उनले भने, ‘ २५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय रु यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ । र यो घटनालाई सरकारले गम्भीर ढंगले छानबिन गर्नुपर्छ ।’राईले पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्
काठमाडौं / राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नेपालको पुस्तकालय क्षेत्रलाई व्यवस्थित, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘पुस्तकालय नीति मस्यौदा, २०८३’ तयार गरेको छ । समितिले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई ज्ञान, अनुसन्धान, प्रविधि, संस्कृति संरक्षण तथा नागरिक सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित नीति मस्यौदा अघि बढाएको हो । प्रस्तावित ‘पुस्तकालय नीति मस्यौदा, २०८३’ कार्यान्वयनमा आएपछि नेपालका पुस्तकालयलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित तथा आकर्षक बनाउँदै अध्ययन, अनुसन्धान र ज्ञानमा आधारित समाज निर्माणमा म
काठमाडौं / काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेक्रममा मृत्यु भएका गणेश नेपालीको घट्नाप्रति नेपाल प्लाटफर्म वर्कस युनियनले आपत्ति जनाउँदै दुःख व्यक्त गरेको छ ।टे्रड युनियन कांगे्रस तथा नेपाल यातायात मजदुरसंग सम्बद्ध युनियनका अध्यक्ष जगनाथ गौतमले एक विज्ञप्ति जारी गर्दै घट्नाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘काठमाडौं त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि गरिखाने श्रमिकले गरेको आत्मदाह प्रयासप्रति यस नेपाल प्लाटफर्म वर्कस युनियनको टे्रड युनियन कांगे्रस तथा नेपाल यातायात मजदुर संग सम्बद्ध गंभिर ध्यानकर्षण भएको छ ।समाचारहरुमा आए अनुसार २५ व
दिपायल / बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा डोटीले गम्भीर आपत्ति जनाएको छ।वर्षौंदेखि निर्माण कार्य अलपत्र पर्दा स्थानीय नागरिकले धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको भन्दै रास्वपाले पूर्वाधार विकास कार्यालय, डडेलधुरालाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्यलाई तीव्रता दिन माग गरेको हो। रास्वपा डोटीका जिल्ला सह–सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै सडक निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीय नागरिकको दैनिक जनजीवन, शिक्षा, स्वास्थ्य र व्यापारिक ग
काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।उनको निधनअघि वीर अस्पतालमा उपचारका क्रममा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन् । वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदनले गणेशले आफूलाई अन्तिम अवस्थामा पनि ‘मेरो गल्ती थिएन’ भनेर पटक–पटक भनेको बताए । मदनका अनुसार घटनाको अघिल्लो दिन गणेश र उनकी श्रीमती उनको कोठामा आएका थिए । साँझ करिब ९ बजेतिर गणेश बाहिर निस्किएका थिए । दुर्गम क्षेत्रबाट आएका कारण काठमाडौंमा मासु खान कठिन हुने गरेको उल्लेख गर्दै मदनले गणेशले खसीको खुट्टा ल्याए
चितवन / चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण भइरहेको छ ।नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता भण्डारीको निधन भएको स्थललाई संरक्षण गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माणको काम अघि बढाइएको हो । पार्क निर्माणसँगै दासढुंगा क्षेत्रलाई पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । वि।सं। २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो । उक्त दुर्घटन
काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क, दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको ठुलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न निर्देशन दिइन् ।उनले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिना भित्र आफ्नो मातहत बा
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। शरीरको करिब ६० प्रतिशत भाग जलेका उनलाई वीर अस्पतालमा सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। प्रहरीले उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ। अस्पताल प्रशासनबाट भने औपचारिक पुष्टि हुन बाँकी छ।चिकित्सकका अनुसार अनुहार, टाउको, घाँटीलगायत शरीरका संवेदनशील भागमा गम्भीर जलन भएकाले उनको अवस्था सुरुदेखि नै अत्यन्त जटिल थियो। २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले उपचार गरे पनि उनलाई बचाउन सम्भव भएन। गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.