समाज

    Showing 8,041-8,050 of 11,082 items.
  • काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन, अधिकार सुनिश्चित गर्न माग

    काठमाडौं— कवाडी व्यवसायी समाजले आफ्नो पेशागत अधिकारका विषयमा गम्भीर चासो व्यक्त गर्दै सोमबार काठमाडौं महानगरपालिका कार्यालय, कमलादी घेराउ गरेका छन्।काठमाडौं महानगरले कवाड व्यवसायी, संकलक र मजदुरमाथि बारम्बार ज्यादती गर्दै आएको प्रदर्शनकारीहरूको आरोप छ। उनीहरूले संविधानले प्रत्याभूत गरेको पेसा–व्यवसाय गर्ने हक सुनिश्चित गर्न माग गर्दै आएका छन्।महानगर प्रहरीबाट भइरहेका कुटपिट, अपहरण, मानसिक यातना र संरचना भत्काउने कार्य तत्काल रोक्न माग उनीहरूले गरेका छन्। साथै, यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन्।सरकारले कवाड व्यवसायसँग आबद्ध व्यक्तिहरूको जिउ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 725 पटक पढिएको
  • पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते

    पोखरा — पोखरा महानगरपालिका–१३ स्थित आर्वाको मडकेल्ना ओरालोमा सोमबार एक माइक्रोबस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।दुर्घटनामा परेको ग १ ख ४०२७ नम्बरको बस आर्वाको मणिदीपबाट काहुँखोलातर्फ जाँदै थियो। मडकेल्ना क्षेत्रमा बस अनियन्त्रित भई सडकको दायाँतर्फको भित्तामा ठोक्किँदा बसमा सवार चालकसहित २३ जना घाइते भएका हुन्।स्थानीय रवि बरालका अनुसार ओरालो सडकमा बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। घाइतेहरूलाई तत्काल उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ।अस्पतालका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था सामान्य रहेकाले उनीहरू

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 760 पटक पढिएको
  • नक्कली सुन बेचेर ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— नक्कली सुनलाई सक्कली भनी विभिन्न व्यक्तिहरूलाई झुक्याएर ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।पक्राउ पर्ने व्यक्ति सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो निवासी ३३ वर्षीय लाक्पा शेर्पा हुन्। उनलाई काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबुको क्वालिटी क्याफेबाट प्रहरीले पक्राउ गरेको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अवैध सुनको किनबेच भइरहेको भन्ने सूचनाका आधारमा शेर्पालाई १ किलोग्राम सुनजस्तो देखिने धातुसहित पक्राउ गरेको हो।प्रारम्भिक अनुसन्धानमा उनले नक्कली सुनलाई सक्कली भनी विश्वास दिलाई विभिन्न व्यक्तिहरूसँग ठगी गर्ने गरेको खुल्न आ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 768 पटक पढिएको
  • स्वास्थ्य सन्देश बोकेको देउडा गीत, लक्षित मातृ–शिशु सुरक्षा

    मुगु— जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ । पछिल्लो समयमा बालबिवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामीझाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरुको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, ब्यक्तिगत तथा सामूहिक, सामूदायिक स्वास्थ्य सरसफाई कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 808 पटक पढिएको
  • हैजा नियन्त्रणमा वीरगञ्जमा सरोकारवाला निकायबीच समन्वयात्मक छलफल

    काठमाडौं— वीरगञ्ज महानगर क्षेत्रमा हैजाको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि नियन्त्रण र रोकथामका प्रयासहरू तीव्र पारिएका छन्। संक्रमणको चपेटामा परेका स्थानीय तहमा व्यापक जनस्वास्थ्य संकट उत्पन्न हुने चिन्ताबीच सरकारी तथा गैरसरकारी निकायहरू सक्रिय भएका छन्।संघीय सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली आइतबारदेखि वीरगञ्जमा परिचालनमा छन्। ती टोलीहरूले हैजासम्बन्धी अवस्थाको स्थलगत अवलोकन गर्दै नियन्त्रणका उपायहरू कार्यान्वयन गरिरहेका छन्यसै सन्दर्भमा सोमबार वीरगञ्जमा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। कार्य

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 781 पटक पढिएको
  • करणी अभियोगमा झापा र नुवाकोटबाट तीन जना पक्राउ

    काठमाडौं— जबरजस्ती करणीको आरोपमा झापाबाट दुई जना र नुवाकोटबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कचनकवल गाउँपालिका–७ निवासी ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङलाई १६ वर्षीया बालिकामाथि करणी गरेको उजुरीको आधारमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।त्यसैगरी, नुवाकोटको बिदुर नगरपालिका–३ मैरीटारका ३५ वर्षीय बाबुराम माझीलाई पनि करणी अभियोगमा पक्राउ गरिएको छ। उनलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ प्रहरी चौकी देवीघाटबाट

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 659 पटक पढिएको
  • वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण गरिने

    रामेछाप— रामेछापको एक मात्र हिमाली स्थानीय तह उमाकुण्ड गाउँपालिकामा नागरिकलाई वडामा नै पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको आयोजनामा सो कार्य हुन लागेको हो । यसअघि विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा आएर बसेका परिचयपत्र लिन आउन तथा नयाँ परिचयपत्रको लागि विवरण र फोटो खिचाउन स्थानीयलाई जिल्ला प्रशासन कार्यालय आउनु नपरोस् भनी गाउँमा नै गएर सो काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । ‘यसअघि बनेका धेरै राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आएर थन्किएका छन्, ती परिचयपत

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 592 पटक पढिएको
  • सरकारले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो, कुन कुन हुन् ?

    काठमाडौं— सरकारले समयमै काम सम्पन्न नगर्ने विभिन्न ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।कार्यालयका अनुसार कालोसूचीमा पर्ने कम्पनीहरुमा उदयपुरको विशाल होम निर्माण सेवा, काठमाडौंको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रालि, मोरङको सगुन फाइबरिक्स प्रालि, नेपालगन्जको सुभास आरएस नबिन जेभी, अछामको नबिन निर्माण सेवा, सुर्खेतको जेएमसी कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालि, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जालपा निर्माण स

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 792 पटक पढिएको
  • बर्दियाबाट ४८ लाख रुपैयाँको विद्युतीय चुरोट (भेप) बरामद

    बर्दिया— बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति करिब १ बजेको समयमा ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) (SPACEMAN SP40000)  बरामद गरिएको सशस्त्र प्रहरीका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार दुई वटा साइकलमा भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा भेप सशस्त्र प्रहरी बल नेपाल बीओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमलबहादुर नेपालीको कमान्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो । उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई देख

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 555 पटक पढिएको
  • आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान

    लन्डन— नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्।लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आइतबार आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बेलायत आउँदा नेपालीहरुले आफ्नो पहिचान, संस्कृति र भाषा पनि सँगै लिएर आएको र त्यो नेपालले गौरव गर्नु पर्ने विषय भएको बताए । उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसार भरि चिनाएको भन्दै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे।‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप&

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 618 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.