डोल्पा— जिल्लाको जगदुल्ला गाउँपालिकामा सोमबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा जगदुल्ला–६ झ्याकोटका ४० वर्षीय भक्तबहादुर बुढाथोकी, उनका ६ वर्षीय छोरा सुजन बुढाथोकी, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का ३६ वर्षीय भीमबहादुर डिसी र चालक जुम्ला चन्दननाथ नगरपालिका–९ का ३२ वर्षीय धर्मराज गिरी रहेका छन्।सोमबार साँझ जगदुल्ला गाउँपालिका–६ झ्याकोटबाट बलासातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए ।घाइतेहरूको अवस्था र उपचारबा
सिरहा— जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ।जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।यसैबीच, सिरहाको धनगढीमाई नग
तनहुँ— जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।संघ–संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण तथा नामसारी, राहदानी दस्तुरलगायत विभिन्न शीर्षकबाट रु एक करोड १८ लाख १५ हजार ८८५ राजस्व संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।राजस्व संकलनका विवरणअनुसार संघ–संस्था दर्ता तथा नवीकरणबाट रु दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट रु तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु एक करोड ११ लाख ५८ हजार र न्यायिक दण्ड–जरिवानाबाट रु एक लाख ३५ हजार ४३५ संकलन भएको छ।यसै अवधिमा कार्यालयमा ६१९ वटा गुना
काठमाडौं— काठमाडौं महानगरपालिकामा भौतिक रुपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय खारेज हुने भएका छन् ।काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै १०७ वटा विद्यालय खारेज गर्ने भएको हो ।विभागले सूचीमा नाम प्रकाशित भएका विद्यालयहरुलाई शिक्षा विभागको सम्पर्कमा आउन भनेको छ ।महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय सातवटा विद्यालय स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको थियो ।स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ।सूचनामा भनिएको छ, ‘संलग्न सूचीमा रहेका विद्य
काठमाडौं— काठमाडौंमा उत्पादन गरिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। सो परीक्षणका क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएपछि उक्त साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहर गरिएको हो।सरकारी मापदण्डअनुसार अर्गानोफस्फेट विषादी ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ
कञ्चनपुर। शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बन्तरिया शिविरका बाढीपीडित परिवार समस्यामा परेका छन् ।हिउँदको सिरेटो सिधै छिर्ने कच्ची झुपडीमा बस्दै आएका यी परिवारलाई अहिले ओढ्ने–ओछ्याउने न्यानो कपडाको चरम अभाव भएको छ । कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्ताले बाढीपीडितलाई पिरोल्न थालेको छ ।डेढ दशकदेखि वनक्षेत्रमा अस्थायी बसोबास गर्दै आएका १९ परिवारका लागि यो हिउँद निकै कष्टकर बनेको ७० वर्षीय वासुदेव रानाले बताउनुभयो । “अत्यधिक चिसो हुन थालेपछि रातिका बेला निद्रासमेत पर्न छाडेको छ”, उहाँले भन्नुभयो, “मुटु कमाउने चिसो छ, न हामीसँग चिसो छेक्ने न्य
सिरहा। लहान नगरपालिकाअन्तर्गत रहेका दलित तथा मुसहर बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ तयार गरी कार्यक्रम अगाडि बढाएको हो ।कार्यविधिअनुसार ट्युसन कक्षा सञ्चालनका लागि शिक्षक पदमा दरखास्त आह्वान गरिएकामा माग गरिएको ३५ पदका लागि करिब १५० जनाको आवेदन परेको शिक्षा शाखा अधिकृत अमिरी यादवले जानकारी दिनुभयो । “मागभन्दा धेरै दरखास्त परेपछि निष्पक्ष छनोटका लागि लिखित परीक्षा लिने निर्णय गरेका छौँ । पुस २५ गते लिखित परीक्षा आयोजना गरी शिक्षक छनोट गरिनेछ”, शिक्षा उहाँले भन्नुभयो । उहाँका अनुसार शिक
रसुवा— रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–६, सरस्यु निवासी फुर्पा तामाङले ६९ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकता प्राप्त गरेका छन। उनले पुस ७ गते जिल्ला प्रशासन कार्यालय रसुवाबाट नागरिकता लिएका हुन् ।जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार फुर्पा तामाङको नागरिकता निर्माणका लागि आवश्यक सम्पूर्ण कागजात र प्रक्रिया सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय तह, वडा कार्यालय तथा स्थानीय सरोकारवालाहरूको समन्वय र सहजीकरणमा पूरा गरिएको हो।लामो समयसम्म नागरिकताविहीन रहँदा पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित हुनुपरेको भन्दै नागरिकता प्राप्त भ
काठमाडौं— लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ । मंगलबार एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढ्ेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि परीक्षा आवेदन भर्न आह्वान गरेको हो।सूचना अनुसार साधारण समयभित्र परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम दाखिला गरिसक्नुपर्नेछ। यदि उक्त अवधिमा शुल्क बुझाउन छुटेमा माघ १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाएर फाराम भर्न सकिने व्यवस्था गरिएको छ।यस पटकको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी सहभागी हुन पा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.