काठमाडौं / नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ। यसै सन्दर्भमा, द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ’स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता भएको छ । यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी
काठमाडौं / संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्तको नियुक्ति प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।बिहीबार बसेको संयुक्त संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित व्यक्तिविरुद्ध परेका उजुरी खोल्ने र त्यसपछि सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको एमाले सांसद पद्यमा अर्यालले जानकारी दिइन् । उनका अनुसार समितिले आगामी ५ गते उजुरी खोल्ने र ७ गतेदेखि सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ । सांसद अर्यालले निर्वाचन आयोग संवैधानिक निकाय भए पनि यसको काम प्रत्यक्ष रूपमा निर्वाचनसँग जोडिएकाले नियुक्त हुने व्यक्ति निष्पक्ष र राजनीतिक रूपमा तटस्थ हुनुपर्ने बताइन् ।उनले न
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले आफूलाई तीव्र गतिमा अघि बढिरहेको देखाएर संस्थागत प्रक्रियालाई बेवास्ता गरेको बताए । उनले भने, ‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ । सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिदैन् । सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पदैन् ।’उनले भने, ‘डिजिटलाइजेसनका कुरा उठी रहेको छ । अल्गोरिदमको पनि कुराहरू उठेको छ । म प्रश्न गर्न चाहन्छु कतै त्यो गाडी अटो ड्राइभमा त छैन । सरक
काठमाडौं / सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने कलेजका लागि नयाँ योग्यता निर्धारण गरेको छ । अब सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने व्यवस्था गरिएको छ ।मन्त्रिपरिषद्बाट स्वीकृत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३ अनुसार अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय विश्वविद्यालयसँग मात्र सहकार्य गर्न पाउने व्यवस्था गरिएको हो । यसअघि गुणस्तरका मापदण्ड अपेक्षाकृत लचिलो रहेकामा अब थप कडाइ गरिएको छ ।नियमावलीले सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन प्रक्रिय
काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वर्तमान सरकारले गठन भएको एकसय दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा विस्तारमा उल्लेख्य काम गरेको दाबी गरेकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका सय दिनका प्रमुख कार्य तथा उपलब्धि प्रस्तुत गर्दै मन्त्री पोखरेलले जनआकांक्षाअनुसार शासकीय सुधारका कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको बताए । उनले सरकार गठनसँगै मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारका एकसय कार्यसूची स्वीकृत गरिएको र प्रत्येक कार्यसूचीका लागि समयसीमा, जिम्मेवार निकाय तथा कार्यसम्पादन सूचक निर्धारण गरी नियमित अनुगमन भइरहेको जानकारी दिए ।
काठमाडौं / नयाँ सरकार गठन भएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले एकसय कार्यदिनमा कृषि तथा पशुपन्छी क्षेत्र सुधारका लागि विभिन्न नीतिगत, प्राविधिक तथा संस्थागत काम अघि बढाएको जनाएको छ । मन्त्रालयले बिहीबार एक कार्यक्रमको आयोजना गरि किसानलाई सहज सेवा प्रवाह, कृषि उत्पादनको संरक्षण, मल तथा बीउ व्यवस्थापन सुधार, कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउनेदेखि अन्तर्राष्ट्रिय सहकार्य विस्तारसम्मका कामलाई प्राथमिकतामा राखेको जनाएको हो । मन्त्रालयले सार्वजनिक गरेको सय कार्यदिनको प्रगतिअनुसार कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान वितरण प्रणालीलाई सहज बनाउन कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइ
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र नभई विश्व मानवअधिकार प्रणालीसँग जोडिएको महत्वपूर्ण संरचना भएको बताए । उनले आयोगले संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणाली तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संस्थाहरूसँग सहकार्य गर्दै नेपालको मानवअधिकार अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने काम गर्दै आएको उल्लेख गरे ।उनले भने, ‘नेपाल राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र हैन यो विश्व मानव
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन् । उनले भनिन्, ‘म सरकारको एउटा गम्भीर कमजोरीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृहमन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार आइरह
काठमाडौं / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित भएका छन् ।बिहीबार बसेको समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूको स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिएको थियो । बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले कार्यक्रमका लागि हालसम्म ५६ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिए ।उनले परियोजना निर्माणका क्रममा अनुमानित लागत १ खर्ब ३० अर्ब रुपैयाँ रहे पनि विभिन्न कारणले अपेक्षित बजेट प्राप्त
काठमाडौं / सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ । यो हाम्रो रहर भन्दा पनि बाध्यता हो ।’संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनले बता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.